पर्सा जिल्लाको बिरगंज महानगरपालिका वडा-३१ मा आज छाँ या नेपाल , काठमाडौंको आर्थिक सहयोग र पिसफोर दलित फाउन्डेसन नेपालको बिशेष पहलमा ५० घरधुरीलाई राहत वितरण गरिएको छ ।
खाद्यान्न राहतमा चामल , दाल , नुन , तेल , साबुन , चिनी वितरण गरिएको छ । यस कोभिड-१९ बाट प्रभावित लागि राहत सहयोग कार्यक्रमको अध्यक्षता बिरगंज महानगरपालिका -३१ वडाको वडा अध्यक्ष चुमन दास चौधरी , प्रमुख अतिथि बरिस्ठ सामाजिक अभियान्ता प्रकाश थारु चौधरी , विशेष अतिथि छाँ या नेपालको प्रतिनिधि हिरालाल चौधरी ज्युले गर्नु भएको छ। यसै कार्यक्रममा स्थानीय दलित अगुवा अजय पासवान , जितेन्द्र हजारा, रामवतार पासवान ,लक्ष्मी हजारा, धयानी राम, सन्जोग राम तथा दलित युवाहरुको उपस्थिति रहेकोे थियोे ।
यस कार्यक्रमको संचालन पिसफोर दलितस फाउन्डेसन नेपालको अध्यक्ष/ दलित सामाजिक अभियान्ता मनोज राम ज्युले गर्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here