धनुषा, असोज १२ गते । मगही भाषा अभियानी बिजय कुमार दासको स्वरमा “हमरा ओठपरसे तोहर नाम नै जाय” भन्ने बोलको मगही भाषाको अडियो गीत सार्वजनिक हुने भएको छ । सोमबार साँझ ६ बजे अनुप काला युटुव च्यानल मार्फत गीत सार्वजनिक हुने भएको हो ।

गीतको लेखक विजयकुमार दास छ भने संगीत अमरेन्द्र महतोले दिएका छन् ।

साथै मगही भाषा गीतमा संगीत पनि गायक दासले दिएका छन् । गीतको म्युजिक बनाउनमा देबान्नद सिंहले सहयोग गरेका हुन् । मगही भाषा प्राचीन भाषा भएतापनि संगीत क्षेत्रमा पछाडि परेको देखिन्छ । यस मगही भाषा गीतमा प्रेम स्नेहको पीडा वर्णन गरिएको छ । अडियो सार्वजनिक हुनुका साथ भिडियो पनि बजारमा चाडै आउने बताइएको छ ।

यसअघि मगही भाषाको गीत विजयकुमार दासको स्वरमा विद्यालय निर्माण मे चलु सबकोइ जुटु यौ भन्ने अभियान मुलक गीत भिडियोसहित सर्वाजनिक भइसकेको छ भने अर्को गीत लेने जय हे हमरो सन्देश रे सुगबा बोलको मगही भाषामा सार्वजनिक भइसकेको छ ।

गायक दासले अहिलेसम्ममा तेश्रो पटक मगही भाषाको गीत गाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here