महोत्तरी, असोज २० गते । प्रहरीले महोत्तरीको भंगाहा नगरपालिका ६ पर्सामा घरेलु मदिरा भट्टी नष्ट गरेको छ । सोमबार बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरी र अस्थायी प्रहरी पोष्ट जमुनियाबाट गएको संयुक्त प्रहरी टोलिले मदिरा भट्टी नष्ट गरेको हो ।

भट्टीमा रहेको १ सय लिटर तयार मदिरा, २ हजार ५ सय लिटर कच्चा पदार्थ, दुईबोरा मिठ्ठा, १० किलो युरिया मल नियन्त्रणमा लिइ स्थानीय जनप्रतिनिधिको रोहबरमा नष्ट गरेको महोत्तरीका प्रहरी प्रवक्ता समेत रहेको प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here