असोज २२, सिरहा। सिरहामा बोक्सीको आरोपमा एक महिलालाई मरणासन्न हुने गरेर कुटपिट गरेर फरार रहेक युवक पक्राउ परेका छन् ।

प्रदेश २ प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त टोलीले नेपाल–भारत सीमा क्षेत्रनजिक सिरहाको ठाडी नजिकबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा २० वर्षीय सन्तोष यादव छन् ।

२७ भदौ २०७७ मा सिरहा नवराजपुर गाउँपालिका ५ बस्ने मूर्तिदेवी यादवलाई राति ११ बजे घरबाट बोलाएर ८ जनाको समूहले कुटपिट गरेका थिए ।

पीडित महिलाका श्रीमान रामनारायण यादवले कृष्ण यादव, धर्मनाथ यादव र सन्तोष यादवसमेत ८ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए ।

किटानी जाहेरीपछि प्रहरीले बोक्सी कसुरअन्तर्गत मुद्दा दायर गरेको थियो ।

बोक्सीको आरोपमा कुटपिट गरेको घटनामा फरार रहेका प्रतिवादीहरु खोजतलास गर्ने क्रममा सन्तोष पक्राउ परेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here