असोज २२, धनुषा गते । धनुषामा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । बुधबार राती प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा ७० वर्षीय बृद्धको मृत्यु भएको हो ।

कोरोनाबाट मृत्यु हुनेमा धनुषाको शहीदनगर नगरपालिका-१ का ७० वर्षीय वृद्ध रहेकोे स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक विजय झाले जानकारी दिए ।

ज्वराे आउनुका साथै श्वासप्रश्वासमा समेत समस्या भएपछि उनी असोज २० गते अस्पतालमा भर्ना भएका थिए । सोही दिन पीसीआर परीक्षण गर्दा बुधबार दिउँसो उनको रिपोर्ट पोजिटिभ आएको थियो ।  मुटुका रोगी समेत रहेका उनको उपचारकै क्रममा बुधबारै राति मृत्यु भएको निमित्त निर्देशक झाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here