रौतहट, असोज २२ गते । रौतहटमा गाउँकै युवकसँगको प्रेम सम्बन्धको विषयलाई लिएर एक किशोरीको हत्या भएको छ ।रौतहटको दुर्गा भगवती गाउँपालिका ४ छतौनाटोलकी १७ वर्षीया रोबिना मन्सुरीको हत्या भएको हो ।

किशोरीको गाउँकै जुनेस मिया कबाडीसँग प्रेमसम्बन्ध भएपनि परिवारले अस्वीकार गर्दै आएको रौतहटका प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहले जानकारी दिए ।

उनका अनुसार परिवारले ती किशोरीको भारतका मोति रहमानसँग विवाह गरिदिने तयारी गरेका थिए ।

बुधबार किशोरीलाई मारेको वा आफैं मरेको भन्ने खुल्न सकेको छैन । तर मृत किशोरीको शव उनका काका–काकीहरुले प्रेमी जुनेसको घरमा लगेर राखिदिएका थिए ।

सोही गाउँका १९ वर्षीय युवकसँगको प्रेम सम्बन्धका कारण उनको हत्या गरिएको प्रहरीको आशंका छ । परिवारले भारतका युवकसँग विवाह गरिदिन खोजे पनि किशोरी नमानेपछि उनको घरमै हत्या गरिएको अनुमान गरिएको छ ।

ती युवकसँग किशोरीलाई छुटाउन परिवारले दुवै जनालाई दबाब दिँदै आएका थिए । युवतीको हत्याको आशंकामा सोही ठाउँका ३३ वर्षीय फुल महम्मदलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

उनीसहितका ४ जनाले किशोरीको शव जनरल कवाडीको घरमा पु¥याएका थिए । ४३ वर्षीय लाल महम्मद, ५० वर्षीय नसरुदिन मन्सुरी र उनकै श्रीमती ४३ वर्षीया सहनाज मन्सुरी हाल फरार रहेको एसपी शाहले बताए । किशोरीका बुबा रोजगारीका लागि भारतमा छन् । किशोरीकी आमा बुधबार दिउँसो घाँस काट्न गएको समयमा घटना भएको थियो ।

प्रेमी भनिएका युवकलाई फसाउन यस्तो गरिएको प्रहरीको बुझाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here