रौतहट ,२५ आश्विन । नेपाल भारत सिमा खुल्लाउन रौतहटको नागरिक समाजद्वारा सर्वपक्षीय चरण बद्ध आन्दोलनको घोषण गरिएको छ ।

No description available.
सदरमुकाम गौर स्थित रिपोर्टर्स क्लब नेपाल रौतहट शाखाको साक्षात्कार कक्षमा पत्रकार सम्मेलनमा जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य रेवन्त झाले बोल्दै भने विगत सात महिना देखि नेपाल भारत १८०० सय किलो मिटर लामो रहेको सिमा बन्द रहेपनि नेपालमा सरकारी कार्यालय, हवाई उडान, यातायात लगायत अन्य सम्बन्धित कार्यालयहरु पूर्ण संचालनमा आएको छ तर दैनिकी जीवन बिताउन गाह्रो चरको मुल्यमा विभिन्न खाद्यान्न सामाग्री खरिद गर्न सर्वसधारण बाध्य बनेका छन ।

No description available.
बिश्व व्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ कोरोना भाईरसको कारण नेपाल भारतको सीमा बन्द भएपछि सीमाबर्ती क्षेत्रको मजदूरी गरी खाने दुबै देशका गरिब निमुखा जनतालाई धेरै कष्टकर जीवन बिताउन परिरहेको अवस्था सृजना भएको छ । कोरोनाले गर्दा भारतको विभिन्न शहरमा रोजगारी गर्दै आईरहेको नेपाली नागरिकहरुले आफनो घर आएको थियो तर हालको अवस्थामा देशभित्र सरकारले गम्भीर नभएको कारण मुख्य नाकाहरु बन्द भएपनि खुल्ला सिमाना भएको हुनाले चोर बाटोको सहार लिई आजको दिनमा हजारौ युवा, युवती रोजगारीको सिलसिलामा पूर्ण भारत तिर गईरहेको छ । हिन्दुहरुको महान चार्ड पर्व बडादशै, शुभ दिपाली, तिहार र छठ नजिक्दै जादा अतिआवश्य सामाग्रीहरुको आपूर्ति सहज बनाउन सरकारबाट कुनै प्रक्रिया सुरु नभएको छैन । छिमेकी राष्ट्र भारतसँग हाम्रो बेटी रोटीको सम्बन्ध भएको हुनाले दिदीबहिनी, दाजुभाई तथा आफन्तसँग भेटघाट गरी आशिर्वाद लिन वा थाप्न चल्न पराम्परागत देखि चल्दै आएकोले आवतजावत गर्नमा सहज वातावरण बनाउन सीमा नाका खोल्न आग्रह गर्दै गत आश्विन १८ गतेका दिन जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको कार्यालय सिंहदबारमा रौतहटको नागरिक समाजाद्वारा ज्ञापनपत्र बुझाएका नेता झाले बताएका छन ।

No description available.
विश्बको ईतिहासमा कोरोना भाईरसका कारण पहिलो पटक यति लामो समय सम्म नेपाल भारतको सीमाना बन्द रहेको छ । यस मुद्दामा नेपाल र भारतको निति निमार्ण गर्ने व्यक्तिहरुको गलत सोंच दिशा निर्देशनका कारण पछिल्लो केहि महिना देखि दुवै तिरको जनताले दुःख भोग्न वाध्य बनेको समेत कुरालाई उल्लेखित ज्ञापनपत्रमा गरिएको उनले बताए ।
असहाय, गरिब र मजदूर नेपाली जनताले यस्ता दुखको घडिमा दैनिकी जीवन यापनमा एक छाक खाना जुटयाउन गाह्रो हुदाहुदा सबैको जीवन दैनिकी रुपमा सहज हुने उदेश्यले आम नेपाली नागरिकको मौलिक हकअधिकार सम्बन्धि ऐन भएतापनी हाम्रो ज्ञापनपत्र प्रती संघीय नेकपा सरकारले कुनै चासो नदेखाएकोमा नेता झाले दुख प्रक्ट गरे।
नेपाल सरकारसँग मलखाद्यको कुनै व्यवस्थान नरहेकोले कृषि प्रधान देश नारामा मात्र सिमित भएको देशको नागरिक हामी छौँ । अहिले आलु, व्याज, चामल अर्थात अतिआवश्यक खाद्यान्न उपभोग सामाग्री सम्बन्धि कुनै उद्योग कलकारखाना समेत छैन । तराई मधेशको लगभग ७५ प्रतिशत नागरिकले विभिन्न रोगबाट ग्रसित भई भारतको मुख्य शहर बैरगनिया, सितामढी, मोतिहारी, ढाका, मुज्जफरपुर, पटना, रक्सौल र दरभंगा लगायतको बजारबाट उपचार गराएको वा औषधी सेवन गर्दै आएकोले लकडाउन अवधिमै बाध्य भएर अतिआवश्यक औषधी लिन ल्याउन जाने क्रममा रौतहटको लक्ष्मीपुर, वेलविछवा र महादेवपट्टि नाकाको छेउमा खाल्डोमा बाटो राम्रोसँग जानकारी नभएको कारण पानीमा डुबेर ४ जनाले ज्यान गुमाएका नेता झाले बताए ।

No description available.
नेपाल भारतको अधिकांस जिल्लाको मुख्य नाका भएर सिमा वारीपारी गर्न सहज वातावरण बनाइएको छ तर रौतहट जिल्लामा मुल नाका भएर आवतजावत गर्न शक्त मनाही गरिएकोले दैनिकी हजारौ मानिस चोर बाटो भएर आवतजावत गर्ने कार्य जारी नै छ यहाँ आफनो ज्यान जोखिममा राखी बाध्य बनेका स्थानीयलाई प्रहरी प्रशासन मुख दर्शक भई हेरिरहेको कारण नागरिक समाजले आजको दिनमा आन्दोलन गर्न बाध्य बनेको बचाए ।
सीमा खुल्याउन घोषण गरिएको चरणबद्ध आन्दोलनमा जिल्लाकै सम्पुर्ण राजनैतिक दल, समाजसेवी, संचारकर्मी, बृद्धिजीवि लगायतको एकवद्धता रहेको छ । भारतीय सीमानासँग जोडिएको स्थानीय तहका प्रमुखहरुसँग अन्तरक्रिया कार्यक्रम गर्न तयारीमा रहेका छन भने रौतहटको ५ स्थानीय तह राजदेवी, गौर, ईशनाथ, परोहा र बौधिमाई नगरपालिका रहेको छ । देशमा दुई तिहाईको नेकपा सरकारको नियत नेपाल भारत सीमाना प्रति गलत देखिएको छ त्यसको विरुद्धमा सीमाना खुल्याउने अभियानको आन्दोलनमा सम्पूर्ण जिल्लाबासीसँग अनिर्वाय आइदिनु होला भने नेता झाले सबै जनमानसलाई आग्रह गरे ।

No description available.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here