सर्लाही, १३ कात्तिक । सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर–१४ लालदियरमा वुधवार राति एक घर जलेर १५ लाख बराबरको क्षति भएको छ । स्थानीय रामबिहारी महतोको काठले बनेको दुई तल्ले घरमा गए राति आगलागी भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिएका छन ।

घरका व्यक्तिहरु राति नाच हेर्न गएको समयमा घरमा आगलागी भएको उनले बताए । आगलागीबाट धान, गहुँ, चामल, दाल, लत्ता कपडा, भाँडा बर्तन, टिभी, सिलाई मेसिन, दराज, सुन चाँदी लगायत घर भित्र रहेका सम्पूर्ण समान जलेर १५ लाख बराबरको क्षति भएको छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, हरिवन नगरपालिकाको बारुण यन्त्र , स्थानियको सहयोगमा आज बिहान आगो नियन्त्रणमा आएको भए पनि घर पूर्ण रुपमा जलेर क्षति भएकाे र मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here