रौतहट, १६ कात्तिक। प्रदेश नं २ अन्तर्गत पर्ने शहरी विकास तथा भवन कार्यालय पर्साको शौतेला व्यवहारले गर्दा ईकाई कार्यालय रौतहट जिल्लाको सदरमुकाम गौर स्थित आज पीडित दलितहरुले तालाबन्दी गरेको छ ।


गतवर्ष देखि जनता आवास कार्यक्रममा ३ हजार घरको निर्माण कार्य जिम्मेवारी पाएका शहरी विकास तथा भवन कार्यालयको कर्मचारीहरुको चरम लापरवाहीले गर्दा १ अर्ब भन्दा बढी रकम फ्रीज भएको छ । दलित समाजको शिक्षा रोजगारी लगायत अन्य आर्थिक स्रोत राम्रो नभएको बारै सबै सर्वसधारणमा अवगत नै रहेको छ तर पनि एउटा फर्म दर्ता गराउन गाउँबाट गौर आउदा सम्पूर्ण खर्च ४ देखि ५ हजार सम्म गर्न बाध्य पक्की घरको सपना देखेका छन ।


पहिलाको पुरानो घर भत्काएर नयाँ घर बन्छन भने आसमा गरिब दलित समुदायहरुले बर्ष भरि मन्सुन महिनामा बर्षाको पानीको बिचमा बाच्न बाध्य बनेपनि सम्बन्धित निकाय र यहाँ निर्वाचित जनप्रतिनिधिहरुले कुनै प्रकारको पहल वा सकरात्मक भुमिका निर्वाह गर्न नसकेको कारण आजको दिनमा रौतहटको गौर स्थित ईकाई कार्यालयमा तालाबन्दी गर्न मजबुर बनेको दलित समाजका अगुवा नेता धर्मेन्द्र पासवानले बताएका छन ।

पासवानका अनुसार आषाढ महिना आउँदा कर्मचारी सरुवा गरिने, दलितलाई होच्याउने, अशिक्षित देखिने बितिकै वस्ता नगर्ने, जब सम्म हाम्रो माग पूरा हुदैन तब सम्म हाम्रो आन्दोलन चरणबद्ध प्रतिस्थितिमा हुने बताए । नेपाल राष्ट्रिय मुसहर संघ, मधेसी दलित विकास महासंघ लगायतको संयुक्त अगुवाईमा जनता आवास कार्यक्रम कार्यव्यन ईकाई कार्यालय गौर रौतहटको कार्यालयमा आज आईतवार तलाबन्दी अर्थात कार्यालयको निमित्त कामकाज रोका गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here