रौतहट, १८ कार्तिक । रौतहट जिल्लाको बौधिमाई नगरपालिका वड़ा नम्बर ४ इनरवारीमा जनता समाजवादी पार्टी नगर स्तरीय कमिटीले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रम सोमबार रुपमा संपन्न भएको छ ।


नगर कार्य समिति बौधिमाई नगरपालिकाले शुभ दीपावली छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना कार्यक्रममा जनता सामजवादी पार्टीका केंद्रीय सदस्य एवं प्रदेश सभा सदस्य रामकिशोर राय यादवले देशमा नेतृत्व गरिरहेका बाम सरकारको कारण नेपाली जनता समस्यामा परेको बताउनु भएको छ । प्रमुख अतिथिको आसन्नबाट सम्वोधन गर्दै प्रदेश सांसद यादवले मधेशी जनताको हकÞ अधिकारको लागि आन्दोलन गर्दै आएको तत्कालीन मधेशी जनाधिकार फोरम नेपाल पार्टी अहिले मधेशी जनताको चाहना र भावना अनुसार एकीकृत भई देश कै तेस्रो दलको रुपमा आएको बताए ।
उनले भने नेपाली कांग्रेस र सरकारका नेतृत्व गर्ने दलले मधेश र मधेशी आदिवासी जनजाति ,महिला ,मुस्लिम ,पिछड़ावर्ग , विपन्न समुदाय र सिमान्तकृत बर्ग सित विभेद गर्दै आएको छ ।


सदियौ देखि दमन शोषण गरेका खसवादीले अहिले संघीयता विरोधी कार्य गर्दै आएको आरोप समेत लगाए ! सांसद यादवले आगामी दिनमा जनता समाजवादी पार्टी देशको नेतृत्व गर्ने दावी समेत गरे !
कार्यक्रममा पार्टीका केंद्रीय सदस्य रेवन्त झाले संघीय सरकारले कोरोनाको बहानामा नेपाल भारत विचको सम्वन्ध विगार्ने सडयंत्र गरिरहेको आरोप लगाएका छन । जनताको माथि कर थुपार्दै आएका बाम सरकारले सिमा बंद गरेर मधेशी जनतालाइ दुःख दिदै आएको टिपण्णी गरे । नेता झा ले नेकपाका कार्यकर्त्तालाइ आफ्नो पार्टीका नेतालाइ नेपाल भारत सीमा खुलाउनको लागि दवाव दिन समेत आग्रह गरे ।


विगतको समयमा भएको आन्दोलनको स्मरण गर्दै पार्टी एकीकरण भएकोले आगामी दिनमा मधेशी जनताको मुद्दा सम्वोधन हुने गरी बहुमत दिन समेत आम जनता सित अपील गरे । नेकपा भित्र उत्पन्न भएको आतंरिक विबाद पद लोलुपताको उपज मात्र रहेको संज्ञा दिदै बाम सरकारको कारण मुलुकमा हत्या ,बलात्कार ,भ्रस्टाचार मौलाएको दावी गरे । नेता झा ले बाम र कांग्रेसबाट जोगिनु पर्ने अहिलेको अवस्था रहेको जिकिर गरे ।


जनता समाजवादी पार्टीका जिल्ला इंचार्ज एवं रौतहट निर्वाचन क्षेत्र नम्बर ३ ख विधान सभाका प्रत्यासी ब्रिज कुमार यादवले संघियसरकार ले प्रदेश सरकारलाइ असफल बनाउने खेलमा लागेको बताएका छन । प्रदेश र स्थानीय सरकारको विकास निर्माणको कार्य प्रभावित गर्ने उदेश्यले नेकपाका नेता मंत्री कर्मचारी सरुवा गर्ने गरेको आरोप समेत लगाए ।
आफ्नो अनुकूल प्रदेश र स्थानीय तहमा मुख्य सचिव र प्रमुख प्रसाशकीय अधिकृत ल्याउने स्वार्थ पूरा नभए सरुवा गराउने र प्रदेश सरकारले विकास निर्माण गर्न नसकेको गलत अफवाह फैलाउने गरेको टिपण्णी गरे ! युवा नेता यादवले रौतहट निर्वाचन क्षेत्र नम्बर ३ मा पर्ने स्थानीय तहमा भई रहेको कर्मचारी हेरफेर प्रति लक्षित गर्दै गराउने कार्य नेकपाका सांसदको रहेको ठोकूवा गरे ।


वड़ा अध्यक्ष हृदय नारायण यादवको सभापतित्वमा संपन्न भएको शुभकामना आदान प्रदान कार्यक्रममा माधव नारायण नगरपालिकाका मेयर वीरेन्द्र यादव , देवाही गोनाही नगरपालिकाका प्रमुख धर्मेन्द्र पटेल , बौधिमाई नगरपालिका प्रमुख राजीव रंजन यादव ,पूर्व केंद्रीय सदस्य रामेश्वर प्रसाद यादव , पूर्व जिल्ला कार्य समितिका उपाध्यक्ष श्याम विहारी यादव लगायतका वक्तहरुले पार्टीलाइ बलियो बनाउन एकता सहकार्य ,समन्वय , आपसी सदभाव कायम गर्नु पर्ने जोड़ दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here