रौतहट, १८ कार्तिक । नेपाल पिछड़ावर्ग ओबीसी महासंघ जिल्ला कार्य समिति रौतहट र अन्तर पार्टी महिला संजाल रौतहटले संयुक्त रुपमा रौतहट निर्वाचन क्षेत्र नम्बर १ का सांसद अनिल झालाइ निर्वाचन क्षेत्र भित्रमा कुनै कार्यक्रम गर्न नदिने घोषणा गरेका छन ।

आइतवार महासंघका जिल्ला अध्यक्ष गीता कुशवाहा र संजालका जिल्ला अध्यक्ष भुवनी श्रेष्ठले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै महिला दीदी बहिनीहरुको मान मर्दन सम्मान प्रतिष्ठामा आघात पर्ने चरित्र हत्या गर्ने सांसद झा को अभिव्यक्तिको घोर निन्दा गर्दै सांसद पदबाट राजीनामा दिन जोड़दार रुपमा मांग गरेका छन ।
जरिगरिएको विज्ञप्तिमा सार्वजानिक रुपमा मञ्च प्रयोग गरी महिलाहरुको इज्जतलाई खुल्ला मञ्चबाट घृणित अपशव्द प्रयोग गरी दिएको अभिव्यक्तिलाइ घोर भत्सर्ना गर्दछौ उल्लेख गरिएका छन ।
नियम कानून बनाउने सांसदले आफ्नो पदिय मर्यादा , दायरा ,क्षेत्र भन्दा बाहिर गएर दिएको अभिव्यक्ति दिएको हुदा कार्तिक १७ गते देखि राजीनामा नआउन्जेल सम्म कड़ा संघर्ष गर्ने घोषणा गरेको छ । संघीय सांसद झा ले कानूनको खुल्ला रुपमा धज्जिया उडाएकोले कानून अनुसार कार्यवाही हुनु पर्ने मांग संजालले उठाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here