चितवन, चैत ३० गते । चितवनको राप्ती नगरपालिकामा हिजो साँझ ट्याक्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । चितनव जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार मृत्यु हुनेहरुमा राप्ती नगरपालिकाकै वडा नम्बर ५ का ३५ वर्षीय खड्क लामा, सोही नगरपालिकाकै वडा नम्बर ४ का ४५ वर्षीय सीताराम श्रेष्ठ, ४५ वर्षीय सूर्यबहादुर श्रेष्ठकोचितवनकै खैरहनी नगरपालिका–९ का ४०...
जनकपुरधाम, चैत ३० गते । प्रहरीले १ हजार ४ सय ५० एम्पुल लागुऔषधसहित दुईजना पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीका हरिहरपुर २३ का यज्ञबहादुर श्रेष्ठ र बारा कलैयाका धर्मेन्द्र माझी छन् । उनीहरूलाई सर्लाहीबाट काठमाडौं आउँदै गरेको ग१ख ८७८७ नम्बरको बस चेकजाँच गर्दा सोमबार बिहान थानकोटबाट पक्राउ गरेको हो । उनीहरूको साथबाट ५ सय ४० ट्याबलेट, डाइजेपाम ३ सय र ३ सय एम्पुल नुफिन बरामद गरेको हो । पक्राउ...
सिरहा, चैत ३० गते । सिरहाको लहानमा सुनचाँदी व्यवसायीको घरमा लुटपाट भएको छ । लहान-२३ मा सुनचाँदी व्यवसायी प्रदीप विश्वकर्मा हत्या र लुटपाट घटनाको ३६ घण्टा पनि नबित्दै लहान-७ मा फेरि लुटपाट भएको हो । लहान-७ का सुनचाँदी व्यसायी राजेश सारडाको घरमा साँझ लुटपाट भएको प्रहरीले जनाएको छ । लहानका सुनचाँदी व्यापारीको लहान नगरपालिका–७ स्थित घरमा डकैती भएको छ। हतियारधारी समूह राजेश सारडाको घरमा प्रवेश गरी उनका पिता भगिरथ सारडा...
सप्तरी, फागुन २३ गते । सप्तरीमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भई उपचारको क्रममा एका पुजारीको निधन भएको छ । रौतहटको देवाही गोनाही नगरपालिका– ९ घरहरीका ब्रम्ह देव साह भनिने ६५ वर्षीया रेखा दासको अस्पतालमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ । दास ईटवालस्थित राम मन्दिरका महन्थ थिए । गत शुक्रवार पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका– ५ तारखोला पुलस्थित बा ४० प २२१५ नम्वरको मोटरसाइकलले ठक्कर दिएपछि दास...
सप्तरी, फागुन २३ गते । सप्तरीको राजविराजबाट कटुवा पेस्तोल सहित २ युवक प्रहरीको फन्दामा परेका छन् । जिल्लाको बिष्णुपुर गाउँपालिका वडा न.–७ बस्ने २० वर्षीय महेन्द्र कुमार शर्मा र सोही गाउँपालिका–५ बस्ने १९ वर्षीय प्रभु साहलाई पक्रेर जिल्ला प्रहरी कार्यालय सप्तरीले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । सप्तरीको राजबिराज नगरपालिका वडा न.–६ मेहतर टोलबाट कटुवा पेस्तोल र २ राउण्ड गोलीसहित २ जनालाई शनिबार दिउँसो समातेको थियो । बिशेष...
सप्तरी ,१५ फाल्गुन । सप्तरीमा एक महिलालाई कुटपिट गरि गर्भपतन गराएको अाराेपमा अाज तीन जनालाई सप्तरी प्रहरीले पक्राउ गरेकाे छ । सप्तरीकाे महादेवा गाउँपालिका वडा न.–४ की २४ वर्षीया पुनितादेवी यादवलाई कुटपिट गरी गर्भपतन गराएको आरोपमा सप्तरी प्रहरीले सोही ठाउँका तीन जनालाई पक्राउ गरेको हाे । पक्राउ पर्नेहरुमा सप्तरीको महादेवा गाउँपालिका वडा न.४ का ५८ वर्षीय लक्ष्मण राउत बरै, ६५ वर्षीय रामजी साह र २७ वर्षीय श्याम राउत रहेको जिल्ला...
सिरहा, फागुन १३ गते । सिरहामा एकजना महिलाको शव फेला परेको छ । मिर्चैया नगरपालिका ७ स्थित हरियो सामुदायिक वनमा कुहिएको अवस्थामा महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार अन्दाजी ३० वर्षकी मृतक महिलाले रातो कुर्ता, हरियो सुरुवाल, खुट्टामा पाउजु लगाएकी छिन् । तर उनको पहिचान भने हुन सकेको छैन। स्थानीय गोठालाहरुले जंगल जाँदा महिलाको लाश देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी...
फागुन १३ गते । काठमाडौंको याङरिमा हिलसिटीबाट उपहार परेको भन्दै ठगी गरेको अभियोगमा तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको पोखरिया नगरपालिका–७ घर भई काठमाडौंमा बस्दै आएका २६ वर्षीय दीपककुमार दुवे लगायत तीनजना छन् । विभिन्न मितिमा उपहार पर्यो भनी प्रलोभनमा पारी पीडितलाई आईएमई मार्फत पैसा पठाउन लगाइ ठगी गरेको सूचनाको आधारमा बुधबार साँझ ५३ हजार नगदसहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । अन्य दुई जनाको भने पहिचान नखुलेको...
जनकपुरधाम, फागुन ७ गते । श्रीमतीलाई एसिड छयाप्ने जनकपुरका एक युवकलाई क्षतिपुर्ती सहित १५ वर्ष ६ महिना जेल सजाय माग गरिएको छ । गत कात्तिक २९ अर्थात् लक्ष्मी पूजाको दिन बिहान सञ्जीवले जनकपुरधाम–७ स्थित डेरामा आरती साहलाई एसिड छयापेको थियो । सरकारी वकिल कार्यालय धनुषाका न्यायाधिवक्ता सीताराम अर्यालका अनुसार सञ्जीवविरुद्ध एसिड प्रहार गरी अंगभंग गरेको कसुरमा ५ वर्ष, शरीर कुरूप बनाएको कसुरमा ८ वर्ष र एकीकृत कसुरमा २ वर्ष ६...
रौतहट, फागुन ७ गते । रौतहटमा ट्र्याक्टर दुर्घटनामा परी एक वृद्धाको मृत्यु भएको छ भने ट्र्याक्टरमा सवार ७ महिला घाइते भएका छन् । चन्द्रपुर–९ चेतनगर बस्ने ६५ वर्षीया कलावती चौधरीको मृत्यु भएको हो । उनी ट्र्याक्टरमा सवार थिइन् । संग्रामपुरबाट मोथियाही गाउँमा बिहीबार आउँदै गरेको ना ७ त १३२५ नम्बरको ट्र्याक्टर दुर्घटना भएको थियो । चन्द्रपुर–१० पडहरिया चोक नजिक ट्र्याक्टर सडकबाट तल खसेर दुर्घटना हुँदा घाइते भएकी कलावतीको उपचारका लागि...
रौतहट, माघ २६ गते । रौतहटमा जंगली जनवारहरुबाट बाली जोगाउन गहुँ खेतमा राखिएको विद्युतीय धरापमा परेर एक युवकको मृत्यु भएको छ । चोरी गर्न गएका युवक भाग्ने क्रममा करेन्ट प्रवाह भएको तारमा अल्झिएका थिए । गत बिहीबार वृन्दावन नगरपालिका ९ भुसहामा मृत अवस्थामा भेटिएका गुजरा नगरपालिका ७ का रितु महराको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । वृन्दावन ९ भुसहाका महम्मद आलमको घरमा चोरी गर्न गएका रितु महरालाई घरधनीले...