Logo
दुर्घटना / सुरक्षा

यति एअरलाइन्सकाे विमान दुर्घटनाकाे कारण मानवीय त्रुटि : प्रतिवेदन

-मधेश प्रदेश/संवाददाता

काठमाण्डाै, १२ पुस ।। गएकाे वर्ष पोखरामा भएको यति एअरलाइन्सको विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको निष्कर्ष निकालिएको छ । विमान दुर्घटनापछि गठित जाँचबुझ आयोगले मानवीय त्रुटिका कारण विमान दुर्घटना भएको निष्कर्षसहितको प्रतिवेदन बुझाएको छ । पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले आठ महिना तीन दिन लगाएर तयार पारेको प्रतिवेदन आज बिहीवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई...

विस्तृत पढ्नुहोस
सर्लाहीमा मोटरसाइकल पोलमा ठोक्किँदा दुई युवकको ज्यान गयो

सर्लाही, चैत १५ गते । सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको ज्यान गएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक मलंगवा नगरपालिका ३ का २७ वर्षीय तौखिन मिकरानी र मोटरसाइकलको पछाडि बसेका मलंगवाकै २६ वर्षीय मकवुल लहेरीको मृत्यु भएको प्रहरीले जनाएको छ। सोमबार साँझ कविलासी नगरपालिका १० सलेमपुरमा प्रदेश–२–०३–०१८ प ९६८३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। दुर्घटनामा घाइते भएका मिकरानीको प्रादेशिक...

टिपरको ठक्करबाट विद्यालय जाँदै गरेकी दिदीबहिनीको मृत्यु

काठमाडौँ, चैत १६ गते । टिपरको ठक्करबाट काठमाडौंको गोकर्णेश्वर नगरपालिका सुन्दरीजलमा दिदीबहिनीको मृत्यु भएको छ । टिपरको ठक्करबाट ८ वर्षीया सृष्टि तामाङ र ४ वर्षीया श्रेया तामाङको मृत्यु भएको हो । बुधबार बिहान बुवा रोहन तामाङसँग मोटरसाइकलमा विद्यालय जाँदै गरेका उनीहरूको घटनास्थलमै मृत्यु भएको स्थानीय विनय सिम्खडाले जानकारी दिए । बा ५१ प ८७३३ नम्बरको मोटरसाइकललाई बा ४ ख ६९६५ नम्बरको बालुवा बोकेको टिपरले ठक्कर दिएको हो । दुर्घटनामा गम्भीर...

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परेर जनकपुरधामका एकजनाको मृत्यु

महोत्तरी, चैत १२ गते । महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परेर जनकपुरधामका एक पुरुषको मृत्यु भएको छ । शुक्रवार राति करिब १० बजे महोत्तरीको पिपरा गाउँपालिका–५ चाँदनी चौक नजिक मोटरसाइकल आफै अनियन्त्रित भएर लड्दा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । जनकपुरधामबाट जलेश्वर तर्फ जाँदै गरेको प्र २–०२–००३ प ७८७५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर लड्दा मोटरसाइकल सवार धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. २१ कुर्थाका करिब ४५ वर्षीय...

संघीय सांसद साहमाथि एमालेका कार्यकर्ताले आक्रमण गरेको जसपाको आरोप

सर्लाही, १२ चैत । सर्लाहीको इश्वरपुर नगरपालिकामा बाटो बनाउने विषयलाई लिएर शनिवार विहान भएको दुई पक्षिय झड्पमा परेर संघीय साँसद प्रमोद साह सहित दुई जना गम्भीर घाईते भएको छ । संघीय सांसद तथा जनता समाजवादी पार्टीका संसदीय दलका नेता प्रमोद साहमाथि भएको आक्रमणलाई एमालेले गरेको जसपाले आरोप लगाएको छ । शनिवार विहान सर्लाहीको इश्वरपुर नगरपालिका बयलवासमा नेकपा एमालेका कार्यकर्ताले साहसहित आफ्ना कार्यकर्तालाई साङ्घातिक हमला गरी गम्भीर घाइते बनाएको भन्दै जसपाले...

सर्लाहीबाट लागुऔषध सहित भारतीय युवक पक्राउ

सर्लाही, चैत १० गते । सर्लाहीमा लागुऔषध सहित एकजना भारतीय युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला मधुवनी ग्राम पोष्ट बिरौल थाना खजौली वडा नं १३ का २४ वर्षीय उमेश कुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । बुधवार राति करिब ८ बजे जिल्लाको पर्सा गाउँपालिका–६ स्थित प्रहरी चौकी पर्साबाट खटेको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा प्रदेश ३–०२–०११ प ७०३२ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा...

महोत्तरीमा पोखरीमा डुबेर एक युवकको मृत्यु

महोत्तरी, चैत ६ गते। महोत्तरीको मटिहानी नगरपालिका–७ स्थित पोखरीमा पौडी खेल्नेक्रमा एक युवकको डुवेर मृत्यु भएको छ । मृत्युहुनेमा  मुखियापट्टी मुसरनियाँ गाउँपालिका–३ का १८ वर्षीय सुमन ठाकुर छन् । सो पोखरीमा तीन युवक पौडी खेल्न गएका जनाइएको छ । स्थानीयवासीले पानीमा डुबेका ती युवालाई जिवितै उद्धार गरे थिए । उचारका क्रममा लैजादै गर्दा ठाकुरको मृत्यु भएको जनाइएको छ । यसैबीच महोत्तरी गाउँपालिका–५ गौरीगामा गाउँमा पोखरीमा डुबेर बेहोस भएका एक युवकको...

पर्सामा टेप्मो दुर्घटना हुँदा चालकको ज्यान गयो, दुईजना घाइते

पर्सा, चैत ६ गते । पर्सामा टेप्मो दुर्घटना हुँदा चालकको ज्यान गएको छ । अन्य दुईजना घाइते भएका छन् । ठोरी गाउँपालिका ३ मा दुर्घटना हुँदा चालक वडा नं. ४ बस्ने ३५ वर्षीय बीरबहादुर विश्वकर्माको मृत्यु भएको हो । रामनगरबाट बिजयवस्ती तर्फ जाँदै गरेको प्रदेश २(०३(००१ह ६२८ नम्बरको टेम्पो आज बिहान साढे ३ बजे दुर्घटना हुँदा भएको हो । दुर्घटनामा टेम्पोमा सवार ठोरी ३ का खेल बहादुर विश्वकर्मा र विजय...

धनुषामा करेन्ट लागेर र पोखरीमा डुबेर दुईजनाको मृत्यु

जनकपुरधाम, चैत ५ गते । धनुषामा करेन्ट लागेर र पोखरीमा डुबेर दुईजनाकोे मृत्यु भएको छ । शनिबार दिउँसो करिब दुई बजे जनकपुरधाम उपमहानगरपालिका ११ लक्ष्मण अखडाका १२ वर्षीय कर्ण कुमार दासको अरगजा पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो। पोखरीमा डुबिरहेको देखेपछि स्थानीयले उद्धार गरी प्रादेशिक अस्पताल जनकपुरमा लैजाँदै गर्दा दासको बाटोमै मृत्यु भएको हो। त्यस्तै मुखियापटी मुसहरनिया गाउँपालिका ६ वैरियाका २६ वर्षीय ललित यादवको करेन्ट लागेर मृत्यु भएको प्रहरीले...

ठेकेदार साहको गाडीले ठक्कर दिदा दुई जनाको मृत्यु

रौतहट ०३ चैत ।। रौतहट स्थित चन्द्रनिगाहपुर गौर सडकखण्ड अन्तर्गत हर्साहा चौकमा स्कर्पियो पिकअप गाडीको ठक्करबाट २ जना युवकको ज्यान गएको छ । चन्द्रनिगाहपुर बाट घरतर्फ गइरहेको बा१७ च ६१६३ नम्बरको स्कार्पियो पिकअपले गएराती साढे ८ बजे हर्साहा चौकमा ठक्कर दिंदा २ जना पैदलयात्रुको मृत्यु भएको हो । मृत्यु हुनेमा बृन्दाबन नगरपालिका ६ स्थानीय हर्साहा गाउँका बर्ष ३५ का जितेन्द्र पटेल र सोही ठाउँका २८ बर्षिय हरिकुमार ठाकुर रहेको घटनास्थल...

रौतहटमा भारतीय गाडीको ठक्करबाट एक महिलाको मृत्यु

रौतहट, फागुन २८ गते । रौतहटमा भारतीय गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । बीआर ०५ पिए ५००० नम्बरको गाडीको ठक्करबाट गुजारा नगरपालिका–३ की ४० वर्षीय गीतादेवीको मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । महिलालाई ठक्कर दिएलगत्तै आक्रोशित स्थानीयवासीको भीडले गाडीमा आगजनी गरेका छन् । गाडी पूर्णरुपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरका प्रमुख लिलाराज लामिछानेले बताए । उक्त गाडीको ठक्करबाट अर्की एक...