बारा, माघ ७ गते । खानेतेलमा कालोबजारी गरेको भन्दै बाराका दुईवटा तेल उद्योगलाई तीन–तीन लाख रुपैयाँ जरिवाना तिराइएको छ । बाराको महालक्ष्मी एण्ड सोल्भेन्ट रिफाइनरी प्रालि र अन्नपूर्ण भेजिटेबल प्रालिलाई तीन–तीन लाख रुपैयाँ जरिवाना तिराइएको हो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनको क्रममा दुवै उद्योगलाई नगद जरिवाना गरेको जनाइएको छ । तेलको मूल्य बृद्धि भएको उपभोक्ताहरुबाट गुनासो आएपछि...
काठमाडौँ — प्रतिनिधिसभा विघटनको मुद्दामा सुनुवाइ गरिरहेको सर्वोच्च अदालतको संवैधानिक इजलासमा संविधान निर्माणका क्रममा संविधानसभामा भएको छलफल र त्यसपछि तयार भएको अवधारणापत्रले प्रवेश पाएको छ । अधिवक्ता दीनमणि पोखरेलले सोमबार करिब तीन घण्टा लामो बहसका क्रममा त्यतिबेलाको अवधारणापत्रको सारांश इजलासमा प्रस्तुत गरेका हुन् ।सुनुवाइको प्रारम्भिक दिनदेखि नै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले ‘बहुमत प्राप्त प्रधानमन्त्रीले अरू सरकार गठन हुने विकल्प नहुँदा किन ताजा जनादेशमा जान नमिल्ने ?’ भनी बारम्बार जिज्ञासा राखिरहेका थिए । अधिवक्ता पोखरेलले त्यसको...
महोत्तरी, माघ ५ गते । जलेश्वर उद्योग वाणिज्य संघको निर्वाचनमा लव राजा सिंह भारी मतान्तरले विजयी भएका छन । उनको प्रतिद्वन्दी दिपु कुमार साहले २०५ मत ल्याएकोमा सो को विरुद्ध ८८५ मत ल्याउदै ६८० मतको मतान्तरले उनी विजयी भएका हुन । जलेश्वर उद्योग वाणिज्य संघ निर्वाचन आयोगले सोमवार विहान मत परिणाम घोषणा गर्दै सिंह विजय भएको घोषणा गरेको छ । यता निर्वाचनमा एकजना सदस्य वाहेक सिंहको प्यानल नै विजय भएकोमा...
काठमाडौं, १ माघ । अहिलेसम्मकै ठुलो नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओ भोलीबाट बिक्रि खुला हुँदैछ । हालसम्मकै सर्वाधिक ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ताको आईपीओ माघ २ गतेबाट बिक्रि गर्ने भएको हो । कुल ८ करोडको कित्तामध्ये ७ करोड ५८ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गर्न लागेको बैकले जनाएको छ । ४० लाख कित्ता सामुहिक लगानी कोषका लागि र १ लाख ६० हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुका...
वागमती, २५ साउन : कोरोनाबाट सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएपछि मकवानपुरको हेटौडा बजारमा चहलपहल कम भएको छ । साथै बजार सुनसान छ । यसले व्यापारिक कारोवार समेतमा असर परेको छ । व्यापारिक फर्म, खुद्रा र थोक पसल तथा सहकारी संस्था सञ्चालन भएपनि कारोवार अत्यन्त कम रहेको गुनासो छ । हेटौँडाका व्यवसायी गजेन्द्र चौलागाईंले कोरोनाको त्रास र व्यावसायिक कारोवारको कमीले व्यवसाय चौपट भएको भने । आवश्यक काम नपरेसम्म कोरोनाको त्रासले सर्वसाधारण घरबाहिर...
२५ साउन, काठमाडौं । अंगरक्षक (पीसएओ) लाई कोरोना संक्रमण पुष्टि भएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल आइतबारदेखि आइसोलेसनमा बसेका छन् । शुक्रबार दिइएको स्वाबको रिपोर्ट आइतबार आउँदा पौडेलका पीएसओमा संक्रमण पुष्टि भएको हो । सोही दिन गरिएको परीक्षणको शनिबार प्राप्त रिपोर्ट अनुसार महासचिव पौडेलसहित अन्य सबैको नेगेटिभ आएको स्रोतले जनाएको छ । पीएसओलाई संक्रमण पुष्टि भएपछि महासचिव पौडेल आइतबारदेखिनै आफ्नै निवासमा एकान्तबास (आइसोलेसन) मा बसेका छन्...