Logo
कोरोना भाइरस

तपाईको मास्क खोई कार्यक्रम पुन नेपाल रेडक्रस सोसाइटी गौर शाखाका द्धारा संचालन

-Abhimanyu Patel/संवाददाता

रौतहट, २८ पुस । विश्वव्यापी रुपमा फैलिएको कोभिड(१९ नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण क्रमिक रुपमा फैलिरहेको अवस्थमा सो संक्रमणबाट बच्न, नियन्त्रण तथा रोकथाम गर्न उदेश्यले तपाईको मास्क खोई कार्यक्रम पुन जिल्लाको सदरमुकाम गौरमा आज देखि संचालन गरेको छ । नेपाल रेडक्रस सोसाइटी गौर शाखाका द्धारा मधेशी क्रान्ति चोकमा स्वयमसेवकहरुको टोलिले मास्क नलाएर बजारमा निस्केका व्यक्तिहरुलाई मास्कको लगाउन र कोभिड १९ को...

विस्तृत पढ्नुहोस
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेसँगै प्रदेश-२ का भारतीय सीमानाकामा कडाइ

वीरगञ्ज, २५ पुष । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेसँगै प्रदेश–२ का भारतीय सीमानाकामा कडाइ गरिएको छ । छिमेकी राष्ट्र भारतमा दैनिक हजारौंको संख्यामा संक्रमित देखा परेपछि त्यसको असर नेपालमा पर्न सक्ने भन्दै सुरक्षा निकायहरूले सीमा नाकामा कडाइ गरेका हुन् । प्रत्येक नाकामा हेल्प डेस्क राखेर एन्टिजेन लगायतका प्रविधिबाट कोरोना पहिचान गर्ने र पोजेटिभ देखिए तत्काल स्वास्थ्य चौकीमा पठाइने गरेको सशस्त्र प्रहरी बल प्रदेश–२ का प्रमुख गणेश ठाडा मगरले...

भारतसँग खुल्ला सीमा जोडिएका वीरगञ्जमा कोभिड–१९ परीक्षणको दायरा बढाउन थालियो

वीरगञ्ज, २५ पुष । नेपालमा पछिल्लो पटक कोरोना भाइरस सङ्क्रमण (ओमिक्रोन भेरियन्ट) को प्रकोप बढ्न सक्ने अनुमान गरी पर्साको वीरगञ्जसहित जिल्लाका सबै नाकामा कडाइ गर्नाका साथै कोभिड परीक्षणको दायरा बढाउन थालिएको छ । भारतसँग खुल्ला सीमा जोडिएका वीरगञ्जसहित जिल्लाका सबै नाकामा कडाइ गर्नाका साथै  कोभिड परीक्षणको दायरा बढाउन थालिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को निर्णयानुसार वीरगञ्ज महानगरसँगै जिल्लाका अन्य पालिकालाई...

कोरोना संक्रमण बढ्दै गएपछि चीनको सियान शहरमा लकडाउन

एजेन्सी, ८ पुस । कोरोना संक्रमण बढ्दै गएपछि चीनको सियान शहरमा लकडाउन गरिएको छ । एक करोड ३० लाख जनसंख्या भएको उक्त शहरमा मानिसहरुलाई घरमै बस्न भनिएको चिनियाँ संचारमध्यमहरुले जनाएका छ । डिसेम्बर ९ यता साङ्सी प्रान्तको सियानमा १ सय ४३ जनामा ​​कोरोना संक्रमण देखिएको छ । हिजो (बुधबार) शहरमा लगाइएको नयाँ प्रतिबन्ध अनुसार प्रत्येक दुई दिनमा घरमा एक जनालाई मात्र अत्यावश्यक वस्तुहरू किन्न बाहिर निस्कन दिइनेछ भने सरकारी कर्मचारीहरूलाई...

प्रदेश २ मा सुरु भएन मोडर्ना खोप अभियान

जनकपुरधाम, पुस ४ गते । प्रदेश २ को कुनै जिल्लामा मोडर्ना खोप अभियान सञ्चालन हुन सकेको छैन् । नेपाल सरकारले प्रदेश २ का ५ जिल्ला सहित देशको ५७ जिल्लामा एकै साथ मोडर्ना खोप दिने अभियान सञ्चालन गरेपनि यस प्रदेशमा सञ्चालन हुन सकेको छैन् । पहिलो चरणमा प्रदेश २ को पाँचवटा जिल्लामा पुस ४ देखि १४ गते सम्म मोडर्ना खोप दिने समय निर्धारण गरिएको थियो । प्रदेशको सिरहा, महोत्तरी, रौतहट र...

रुससँग कोभिड–१९ खोपका लागि नेपाल सरकारले गर्यो पत्राचार

काठमाडौँ, २८ मङ्सिर: नेपाल सरकारले रुसमा उत्पादित कोभिड–१९ विरुद्धको खोप प्रयोग र सहयोग प्राप्त गर्ने सन्दर्भमा आवश्यक कागजात उपलब्ध गराउन पत्राचार गरेको छ । विश्वभर कोभिड–१९ को सङ्क्रमणको नयाँ भेरियन्ट फैलिरहेकै बेला सरकारले हालै रुसको खोप निर्माता सरकारी कम्पनीलाई खोपसम्बन्धी आवश्यक कागजातसहित विस्तृत जानकारी पठाउन अनुरोध गर्दै पत्राचार गरेको हो । रुसी प्रत्यक्ष लगानी कोषका कार्यकारी अधिकृत किरिल डिमिष्ट्रिएभलाई केही समयअघि नै त्यस सम्बन्धमा पत्रचार गरिएको सचिव डा रोशन पोखरेलले...

नेपालमा पनि दुईजनामा भेटियो ‘ओमिक्रोन’

मंसिर २० गते । नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको जनाएको हो। दक्षिण अफ्रिकाबाट आएका दुई जनाको नमुना संकलन गरेर जिन स्विकन्सिङ गर्दा ओमिक्रोन ​भेरियन्टको सङ्क्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले जानकारी दिए । पछिल्लो समय सबैभन्दा संक्रामक मानिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमीक्रोनका दुईजना संक्रमित नेपालमा पनि भेटिएका...

पर्सामा विशेष खोप अभियान मंसिर २२, २३ र २४ गते सञ्चालन गरिने : प्रमुख जिल्ला अधिकारी ढकाल

वीरगञ्ज, १९ मंसिर । पर्सामा कोरोना भाइरसविरुद्ध विशेष खोप अभियान सञ्चालन हुने भएको छ । ‘हाम्रो खोप, हाम्रो सुरक्षा, खोप लगाउ सुरक्षित बनौँ’ भन्ने नाराका साथ यही मंसिर २२, २३ र २४ गते खोप अभियान सञ्चालन गर्ने तयारी गरिएको खोप समन्वय समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । जिल्लाभरी पूर्ण खोप लिन बाँकी रहेका १८ वर्ष उमेरभन्दा माथिका सबै व्यक्तिलाई खोप लगाउने गरी तयारी थालिएको स्वास्थ्य...

माघ २ र ३ गते कक्षा १२ को ग्रेडवृद्धि परीक्षा हुने

काठमाडौं, मंसिर १९ गते । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षा माघ २ र ३ गते सञ्चालन गर्ने भएको छ । शुक्रवार बोर्डले सार्वजनिक गरेको नतिजामा कम जीपीए प्राप्त गरेका विद्यार्थीले ग्रेड वृद्धि परीक्षा दिन पाउने भएका हुन् । बोर्डले एक सूचना जारी गर्दै अन्य सबै विषयमा सी प्लस वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढीमा दुई विषयमा सी वा डी प्लस ग्रेड प्राप्त गरेका परीक्षार्थीले उक्त...

ओमिक्रोन कोभिड भेरियन्टको कारण अहिले नै लकडाउन गर्नुपर्ने स्थिति आएको छैन : बाइडेन

एजेन्सी-मंसिर १४ गते । अमेरिकी राष्ट्रपति जो बाइडेनले ओमिक्रोन भेरियन्टका कारण अहिले नै लकडाउन लगाइहाल्नै पर्ने स्थिति नभएको बताएका छन् । बाइडेनले ओमिक्रोन कोभिड भेरियन्ट चिन्ताको कारण त हो त तनावको कारण नभएको बताएका छन् । यो बयान बाइडेनले उत्तरी अमेरिकामा ओमिक्रोनको संक्रमण देखिएपछि दिएका हुन् । उनले भने, ‘यदि मानिसहरुले भ्याक्सिन लगाएका छन् र मास्क लगाइरहेकमा छन् भने अहिले नै लकडाउन गर्नुपर्ने स्थिति छैन ।’ क्यानडामा ओमिक्रोन भेरियन्ट भेटिएको...

भारतमा छ हजार नौ सय नयाँ सङ्क्रमित

१४ मङ्सिर : भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा कमी आएको छ । पछिल्लो एक दिनमा थप छ हजार ९९० जना मात्रै कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । यो सङ्ख्या निकै कम हो । भारतमा यसअघि औसतमा दैनिक दश हजार मानिस कोरोनाभाइरसबाट सङ्क्रमित हुने गरेका थिए । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या एक लाख ५४३ मा झरेको अधिकारीहरुले जानकारी दिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले १० हजार ११६ जना पछिल्लो एक...