Logo
धर्म संस्कृति

फत्तेपुरमा १००८ कन्याद्वारा कलश यात्रा

-मधेश प्रदेश/संवाददाता

रौशन कुमार चौधरी- रौतहट। माघ १७ गते । रौतहट कटहरिया नगरपालिका वडा नम्बर ६ फतेपुरमा श्री राम,जानकी,लक्षमण र हनुमानको प्राणप्रतिष्ठा गर्न १००८ कन्याद्वारा कलश यात्रा निकालिएको छ। सो कन्याद्वारा कटहरिया स्थित लालबकैयाबाट जल बोझी फत्तेपुर सम्म कलश यात्रा निकालिएको थियो। भोलि हुने श्री रामजानकी,लक्षमण र हनुमान जीको प्राण प्रतिष्ठाका लागि आज १००८ कन्याद्वारा कलश यात्रा निकालिएको छ। रौतहटको कटहरिया नगरपालिकाको...

विस्तृत पढ्नुहोस
रौतहटको गौरमा हुने अन्नत विष्णु महायज्ञको तयारी तीब्र

रौतहट, ०४ माघ । रौतहट जिल्लाको सदरमुकाम गौर स्थित ऐतिहासिक मैदान गौर राइस मिलको प्रांगणमा हुन गई रहेको भव्य श्री श्री अन्नत श्री विष्णु महायज्ञको तयारी तीव्र रुपमा भई रहेको छ । सनातन धर्मको रक्षा , संरक्षण तथा विश्व कल्याण हेतु २०७९ साल फाल्गुन ४ गते देखि शुरू हुने श्री विष्णु महायज्ञको लागि भव्य यज्ञ मंडपको निर्माण कार्य तीब्र रुपमा भई रहेका हुन । भगवान श्री रामको जन्म भूमि आयोध्या...

हिन्दु छोरीलाई मायाको जालमा पार्न एवं धर्ममाथि षड्यन्त्र गर्न देशमा ठूलो लगानी मुस्लिम र इसाई संघसंगठनले गर्दै :- संतोषानंद जी महाराज

रौतहट, २२ पुस । देशमा बढ्दो धर्म परिवर्तनले राष्ट्रमाथि ठूलो खतराको संकेत देखिएको छ । हिन्दू परिषद नेपाल गौर नगरपालिका कमिटी द्वारा सदरमुकाम स्थित आयोजित भेटघाट एवं संगठन विस्तार कार्यक्रममा प्रमुख अतिथिको रूपमा राष्ट्रिय अध्यक्ष संतोषानंद जी महाराजले सम्बोधन गर्दै यो एसियामै आफ्नो छुट्टै हिन्दूको नाताले पहिचान बनाउन सफल रहेको नेपाल जस्तो राष्ट्रलाई अहिले इसाई र मुस्लिम करण गर्न ठूलठूला नेताहरू लागि परेको छ । पौने ३ करोड जनसंख्या भएको...

नेपाललाई हिन्दूराष्ट्र कायम गर्न जस्तोसुकै चूनौति दिन तयार छौं : धर्मनिरपेक्षता खारेजी अभियान

काठमाडौं, १९ पुष । धर्मनिरपेक्षता खारेजी अभियानले नेपाललाई हिन्दुराष्ट्र बनाउनु पर्ने माग राखेको छ । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमार्फत अभियानले यस्तो माग गरेको हो । अभियानले धर्मनिरपेक्षता भएपछि मुलुकमा हत्या, हिंसा र धार्मिक द्वन्द्वपनि फैलिएको दाबी गरेको छ । संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र नेपाल र नेपाली जनताको एजेण्डा नभएको अभियानको ठहर छ । विदेशीको इशारामा यी एजेण्डा नेपालमा स्थापित गरिएको भन्दै अभियानले तत्काल खारेजीको माग गरेको हो...

अबको बिकल्प हिन्दू राष्ट्र नेपाल – संतोषानंद महाराज

काठमाडौँ, १८ पूस । हिन्दू परिषद् नेपालका केन्द्रीय अध्यक्ष संतोषानंद महाराजले आज काठमांडूमा पत्रकार सम्मलेन गर्दै भने अबको बिकल्प हिन्दू राष्ट्र नेपाल हो। देशमा धर्म निरपेक्षता सहितको संविधान लागू गरेपछि मात्र ओमकार परिवारका व्यक्ति सँग बदमासी र आस्था केन्द्र माथि धावा बोल्ने कार्य भइरहेको छ । विश्वसामु रहेको नेपालीहरुको पहिचान पनि खोसियो । मुलुकमा आज जबरजस्ती धर्म परिवर्तन, गौ हत्या र तस्करी, जल-जमीन माथि विदेशीको कुदृष्टि एवं कब्जा, मौलिक नेपाली...

संस्कृतमा सपथ लिने सांसद साहलाई हिन्दू परिषद नेपालद्वारा काठमाडौंमा सम्मानित

अभिमनु पटेल-रौतहट, १५ पुस । गत सप्ताह प्रतिनिधिसभा सदस्यहरूको सपथ कार्यक्रममा एउटा छुट्टै आफ्नो पहिचान नेपालको ऐतिहासमा स्थापित गरिएकोले चौतर्फी चर्चा भइरहेको छ । रौतहट जिल्लाको क्षेत्र नं २ मा केही महिनाअघि सम्म भएको प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएर विजयी हुनुभएका सांसद किरण कुमार साहलाई अहिले देशको विभिन्न स्थानमा हिन्दूवादी संघ संगठनहरूले सम्मान गरिरहेको देखिन्छ । हिन्दू परिषद् नेपाल काठमाडौं उपत्यका कमिटी द्वारा अनामनगर स्थित एक कार्यक्रम गरि आज...

नेपालसहित विभिन्न मुलुकमा यसरी मनाइयो ‘हजुरबुबा-हजुरआमा दिवस’

काठमाडौं, पुस ३ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) क्यानाडाले ‘हजुरबुबा(हजुरआमा दिवस’ मनाएको छ। गत असार २९ गते भानुजयन्तीका अवसरमा यो दिवस मनाउने घोषणा गरेको अनेसास क्यानडाले यहि मंसिर २४ गते हजुरबुबा(हजुरआमाप्रति विशेष सम्मान व्यक्त गर्दै उक्त दिवस मनाइएको हो। नेपाली राजदूताबासका तर्फबाट कन्सुलर रोजिना ताम्राकार प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा जूम प्रविधिमार्फत् क्यानडाको अटावा, लण्डन अन्टारियो, किच्नर, विण्डसर, टोरन्टो, एडमन्टन, क्यूबेकलगायत ठाँउमा रहेका नेपालीहरुले सहभागिता जनाएका छन् । यस्तै,...

इन्द्रजात्राका लागि बत्तीस हाते लिङ्गो हनुमानढोका ल्याईदै

काठमाडौं १९ भदौ ।। इन्द्रजात्राको दिन हनुमानढोकामा परिसरमा ठड्याउन भक्तपुरको चित्तापोलबाट लिङ्गो ल्याउन सुुरु गरिएको छ । चित्तापोलबाट ल्याइउन लागिएको ३२ हातको लिङ्गो आइतबार बिहानको शुभसाईटमा तानेर हनुमानढोका परिसर ल्याउन लागिएको हो । लिंगोलाई अरनिको राजमार्ग भएर तान्दै काठमाडौं पुर्‍याउने चलन छ । हरेक वर्ष भाद्र शुक्ल चौथीका दिन इन्द्रजात्राको लागि आवश्यक लिंगो यही ठाउँंबाट तानेर काठमाडौं ल्याउने गरिन्छ । ऐतिहासिक र धार्मिक महत्व बोेकेको काठमाडौंको इन्द्रजात्रा पर्वका लागि चाहिने...

तराई-मधेससहित मिथिलाञ्चलमा आज चौरचन पर्व मनाइँदै, तीज पनि आजै

रौतहट १४ भदौ ।। तराई मधेससहित मिथिला क्षेत्रमा अत्यन्तै श्रद्धा र विधिपूर्वक चौरचन (चौरचण्ठ) पर्व आज मनाइँदैछ । भदौ शुक्लपक्ष चतुर्थीका दिन खासगरी मिथिला क्षेत्रमा मधेशी र थारु समुदायले बिशेष महत्वका साथ उक्त पर्व मनाउने गर्दछन् । यस वर्ष तिथि फरक भएपनि हरितालिका तीज र चौठचन पर्व आज एकै दिन परेको छ । सो पर्वका दिन पूजामा सहभागी हुने परिवारका एक जना महिला सदस्य दिनभरी उपवास बसेर साँझपख गणेश र...

आज कुशे औँसी, बुबाको मुख हेर्ने दिन

न्युज डेस्क ११ भदौ ।। आज कुशे औँसी धुमधामका साथ मनाइदै छ । कुशे औँसीको दिनलाई बुबाको मुख हेर्ने दिन पनि भनिन्छ । आजको दिन आफ्नो जन्म दिने बुबालाई विशेष सम्मान गर्ने र बुबा नहुनेले नजिकको तीर्थमा गएर श्राद्ध, तर्पण, दान गर्ने परम्परा छ । आज आफ्ना बुबालाई मनपर्ने विभिन्न खानेकुरा, लत्ताकपडालगायत दिँदै सम्मान गरिन्छ । बुबा जीवित हुनेले मिठामिठा परिकार बनाएर खुवाउने तथा लुगाफाटो तथा विविध उपहार दिने चलन...

जनकपुरधामबाट १३५ वृद्ध–वृद्धालाई लिएर अयोध्याको धार्मिक यात्रामा निस्के वडाध्यक्ष साह

जनकपुरधाम, साउन २९ गते । जनकपुरधाम उपमहानगरपालिका २ का वडाध्यक्ष शिवकुमार साहले १३५ जना वृद्ध–वृद्धालाई लिएर राम जन्मभूमी अयोध्याका लागि निस्केका हुन् । आइतबारदेखि धार्मिक यात्रा प्रारम्भ भएको हो । वडाध्यक्ष साहले आफ्ना वडाका १३५ जना जेष्ठ नागरिकहरुलाई लिएर भारतको अयोध्या, बनारस सहितका तिर्थधामका लागि प्रस्थान गरेका हुन् । उक्त अवसरमा विदाई गर्न पुगेको नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले मंसिर ४ मा हुने प्रतिनिधिसभाको निर्वाचनमा धनुषा ३ बाट उम्मेदवारी दिने...