Logo
धर्म संस्कृति

वीरगञ्जमा कर्फ्यूको क्रममा पक्राउ परेका २१ जना रिहा

-Madhesh Pradesh/संवाददाता

वीरगञ्ज, ९ फागुन । वीरगञ्जमा कर्फ्यूको क्रममा पक्राउ परेका २१ जना रिहा भएका छन्।  कर्फ्यू लागेको बेला प्रदर्शन गरेको र कर्फ्यू उल्लङ्घन गरेको आरोपमा पक्राउ परेका २१ जनालाई गयराति रिहा गरिएको हो। मङ्गलवार दिउँसो वीरगञ्जका विभिन्न स्थानबाट २१ जनालाई पक्राउ गरिएको थियो।  जिल्ला प्रशासन कार्यालय पर्सामा हिन्दु समाज पर्सा र स्थानीय प्रशासनबीच सहमति भएपछि प्रहरीले उनीहरू राति १०ः३० बजे रिहा...

विस्तृत पढ्नुहोस
जनकपुरधामलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन सरकार प्रतिबद्ध : मन्त्री चौधरी

जनकपुरधाम २४ असार ।। सहरी विकासमन्त्री मेटमणि चौधरीले जनकपुरधामलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । जनकपुरधामस्थित बसपार्क निर्माण कार्यको शिलान्यास गर्दै मन्त्री चौधरीले धार्मिक, सांस्कृति र ऐतिहासिक नगरी जनकपुरधामलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन सरकार गम्भीर रहेको बताए । जनकपुरधाममा रहेका पोखरी तथा मठ, मन्दिरको जीर्णाेद्धार लगायतका काम भइरहेको जानकारी दिदै मन्त्री चौधरीले मधेश प्रदेशको राजधानीसमेत रहेको जनकपुरधामको सडक पूर्वाधार स्तरोन्नतिको कामलाई समेत प्राथमिकतामा राखेको उल्लेख गरे...

मुस्लिम संगठनले ल्याएको प्रस्ताव राष्ट्रघाती रहेको भन्दै विहिप पर्साले बुझायो ज्ञापन

पर्सा १४ असार ।। विश्व हिन्दु परिषद नेपाल, पर्साले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको सहभागितामा जमियत उलेमा ए— नेपाल नामक मुस्लिम संगठनले नेपाली जनताको भावना विपरित ल्याएको प्रस्तावको विरोध गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ । हालै जसपा अध्यक्ष यादव र मुस्लिम आयोगका अध्यक्ष समिम अंसारीको सहभागितामा जमियत उलेमाले आयोजना गरेको एक कार्यक्रममा, बक्फ बोर्ड गठन, मदरसा विध्येक, विभिन्न बहानामा नेपाल बसेका रोहिङ्गयाहरुलाई आधिकारीकता...

रोहिंग्या मुसलमान देशको लागि खतरा : विहिप नेपाल

रौतहट १४ असार ।। काठमाडौं स्थित संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालय (यूएनएचसीआर) अगाडी रोहिंग्या मुसलमानहरूले गरेको बिरोध प्रदर्शन प्रति विश्व हिन्दू परिषद नेपालको गम्भिर ध्यानाकर्षण भएको छ । रोहिंग्या मुसलमानहरु शरणका लागि जुन देशमा गए पनि त्यहाँ उनलाई आन्तरिक सुरक्षाका लागि खतराको रुपमा देखिदैँ आएको छ । रोहिंग्या मुसलमानहरुमाथि आतंकवादीहरुसँग साँठगाँठको आरोप समेत लाग्दै आएको छ, त्यस कारण इस्लामिक देशहरुले समेतले पनि यिनलाई शरण दिन अस्वीकार गर्दै आएको छ ।...

देशकै जेठो गुरुकुल मटिहानीको जीर्णोद्वार हुँदै

महोत्तरी, असार १३ गते । देशको जेठो गुरुकुलको रुपमा रहेको राजकीय सँस्कृत माध्यमिक विद्यालय मटिहानीको जीर्णोद्धार थालिएको छ। यो गुरुकुल मधेश प्रदेशस्थित महोत्तरीको मटिहानीमा अवस्थित छ। ३०४ वर्ष प्राचीन गुरुकूल देशकै जेठो शैक्षिक धरोहर हो। तर, यसको संरक्षण, सम्वर्द्धन र विकास ओझेलमा थियो। कालान्तरमा गुरुकुलले बालगुरु षडानन्दजस्ता थुप्रै ‘लाल’ जन्माएका थिए। २०७८ साउन ९ मा अन्नपूर्ण पोष्ट्ले गुरुकूलबारे विशेष खोज रिपोर्ट प्रकाशित गरेको थियो। त्यसपछि राज्यस्तरबाटै चासो जागेको थियो। अहिले...

देशकै जेठो गुरुकुल मटिहानीको जीर्णोद्वार हुँदै

महोत्तरी १३ असार ।। महोत्तरीमा रहेको देशको जेठो गुरुकुलको रुपमा राजकीय सँस्कृत माध्यमिक विद्यालय मटिहानीको जीर्णोद्धार थालिएको छ । यो गुरुकुल मधेश प्रदेशस्थित मटिहानीमा अवस्थित छ । ३०४ वर्ष प्राचीन गुरुकूल देशकै जेठो शैक्षिक धरोहर हो । तर, यसको संरक्षण, सम्वर्द्धन र विकास ओझेलमा थियो । कालान्तरमा गुरुकुलले बालगुरु षडानन्दजस्ता थुप्रै ‘लाल’ जन्माएका थिए । २०७८ साउन ९ मा अन्नपूर्ण पोष्ट्ले गुरुकूलबारे विशेष खोज रिपोर्ट प्रकाशित गरेको थियो। त्यसपछि राज्यस्तरबाटै...

लाइन काट्ने अल्टिमेटमपछि जानकी मन्दिर ७८ लाख रुपैयाँ विद्युत महसुल तिर्न तयार

जनकपुरधाम ०१ असार ।। जानकी मन्दिरले विजुलीबत्तीको बक्यौंता ७८ लाख रुपैयाँ महसुल किस्ताबन्दीमा तिर्ने भएकको छ । महसुल नतिरे लाइन काटिदिने ३ दिने अल्टिमेटम पश्चात जानकी मन्दिर किस्ताबन्दीमा महसुल तिर्न सहमत भएको हो । विद्युत प्राधिकरणको जानकी मन्दिरमाथि लामोसमयदेखिको ७८ लाख १३ हजार २९७ रुपैयाँ बाँकी छ । पटक पटक महसुल तिर्न प्राधिकरणले तिर्न ताकेता गरेपनि जानकी मन्दिरले बेवास्ता गर्दै आएको थियो । गत जेठ २३ गते प्राधिकरण जनकपुरले तीनदिन...

सौन्दर्यकरणका नाममा जानकी मन्दिरमा भ्रष्टाचार भयो : महन्थ दास

जनकपुरधाम ३१ जेठ ।। जानकी मन्दिरका महन्थ रामतपेश्वर बैष्णवले निकाय जानकी मन्दिरलाई भ्रष्टाचार गर्ने थलो बनाएको आरोप लगाएका छन् । मधेश सरकारको मुख्यमन्त्री स्वच्छता कार्यक्रम अन्तर्गत भएको जानकी मन्दिर सौन्दर्यकरण र वृहत्तर क्षेत्र विकास परिषदबाट मन्दिरमा जडान भएको लाइटमा भ्रष्टाचार भएको उनले गुनासो गरे । मन्दिर सौन्दर्यकरणमा मेधश सरकारले टाइल्स मार्वल, मर्मत लगायतको सौन्दर्यकरण लागि ७ करोड २० लाख छुट्याएको थियो । सौन्दर्यकरणको काम अन्तिम चरणमा छ । महन्थ दासले...

हिन्दू परिषद नेपालको केन्द्रिय सचिवालय बैठक ९ बूंदे निर्णय गर्दै बीरगंज सम्पन

बीरगंज, २७ जेष्ठ । हिन्दू परिषद नेपाल केन्द्रिय सचिवालय कमिटिको ९ बूंदे निर्णय गर्दै गीता मन्दिर बीरगंजमा बैठक सम्पन भएको छ । केन्द्रिय अध्यक्ष संतोष पटेलको सभापतित्वमा भएको बैठक सहभागी भएका पदाधिकारी, केन्द्रिय सदस्य,सल्लहकारहरुले आ-आफ्नो धारण राखेका थिए।बैठकमा बोल्दै परिषद अगुवाहरुले संगठन बिस्तार कार्य लाई तीब्रता दिने, हिन्दू राष्ट्रको लागी कार्य गर्ने संस्थाहरु संग एकता वा सहकार्य गर्ने,सनातन धर्म माथि आक्रमण गर्ने हरुको प्रतिकार र भंडाफोर गर्ने, सनातन धर्म रक्षाको...

भोलि शनिबार देशभर मछिन्द्रनाथको भोटो देखाउने परम्पराको उपलक्ष्यमा सार्वजनिक बिदा

रौतहट २० जेठ ।। सरकारले भोलि शनिबार देशभर सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै भोलि शनिबारका लागि सार्वजनिक विदा दिएको हो । रातो मछिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जावलाखेल पुगेको चौंथो दिन रातो मछिन्द्रनाथको भोटो देखाउने परम्परा रहेकोले सार्वजनिक बिदा दिइएको जनाएको छ । गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘रातो मछिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जावलाखेल पुगेको तथा जावलाखेल...

मधेशका महिलाहरु आज वरको पूजा गर्दै बट-सावित्री पर्व मनाउँदै

रौतहट १६ जेठ ।। रौतहटमा आज महिलाहरु आज बट सावित्री पर्व धुमधामका साथ मनाउँदै छन् । पतिको दिर्घायुको कामना गर्दै मिथिलाञ्चलसहित मधेशका महिलाहरु आज बट सावित्री पर्व मनाउँदै छन् । रौतहट,जनकपुरधाम लगायत मधेशको ग्रामीण क्षेत्रका महिलाहरुले वरको रुखमा रातो पहेलो धागो बाँधी पतिको दिर्घायुको कामना गर्दै बट सावित्री पर्व मनाइरहेका छन् । सोमबार बिहानैदेखि रौतहट,जनकपुरधाम लगायत मधेशको ग्रामीण भेगमा रहेको वरको रुखमुनि पुजाअर्चना गर्ने नवविवाहिता महिलाहरुको भीड लागेको छ ।...