बारा, माघ ७ गते । बारामा एक भैंसी व्यापारीसँग बोर्डर आउट पोस्ट (बीओपी) पचरौतामा खटिएको सशस्त्र प्रहरीले लिएको ४० हजार घुस रकम फिर्ता गरेका छन् । पोस्टका सशस्त्र प्रहरी निरीक्षक सिंहवीर (सागर) मल्लले व्यापारीका भाइ गजेन्द्र यादवलाई मंगलबार कार्यालयमै बोलाएर उक्त रकम फिर्ता गरेका हुन् । पचरौता नगरपालिका–३ का देयाली यादवले गाउँघरबाट ६ वटा भैंसी र राँगा खरिद गरी चितवनको...
रौतहट, माघ ७ गते । रौतहटको राजदेवी नगरपालिका ८ लक्ष्मीपुर सीमाईलाकाबाट दुई लाख रुपैयाँ सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको शिवहर ग्राम पञ्चायत-९ घर बताउने ३१ वर्षिय असरथ मन्सुरी र ३० वर्षिय ओसी मोहमद छन् । नेपाल बोर्डर आउट पोष्ट बेलविछुवाबाट खटिएको एपीएफ टोलीले चेकजाँच गर्ने क्रममा बीआर ३०वाई ५४३७ नम्बरको भारतीय मोटरसाईकलमा सवार उनीलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीहरुलाई मोटरसाईकलसहित आवश्यक कारवाहीको...
रौतहट, माघ ५ गते । उखु किसानलाई तिर्न बाँकी बक्यौता दिने समय चिनी उद्योगीहरुको सकिएको छ । सरकारले किसानसँग गरेको सम्झौताको समयसीमा २१ दिन सकिएको हो । तर किसानले भने अझै भुक्तानी पाएका छैनन् । यो अवधिमा पनि उद्योगीले किसानको सबै रकम तिरेका छैनन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार चिनी मिलबाट पाउनुपर्ने रकम भुक्तानीको माग राख्दै गत मंसिर २८ गतेबाट आन्दोलन सुरु गरेका उखु किसानले पुस १३ गते...
प्तरी, माघ ५ गते । सप्तरीको विभिन्न ग्रामीण भेगहरुमा अवैध रुपमा लगाइएको गाजाको बाेट प्रहरीले नष्ट गर्ने अभियान चलाएको छ । यसै क्रममा इलाका प्रहरी कार्यालय हनुमाननगरकाे टाेलिले सप्तरीको तिलाठि काेइलाडि गाउपालिका वडा न.८ सडेपार र महदेवा गाउपालिकाकाे वडा न.२ मा अवैध रुपमा लगाएको झण्डै ७५० वटा गाजाकाे बाेट नष्ट गरिएको हाे । प्रहरीकाे टाेलिले अवेध रुपमा घर अागन तथा खेतबारिमा लगाइएको अवेध गाजाकाे बाेट नष्ट गरिएको इलाका प्रहरी कार्यालय...
काठमाडौं, ४ माघ । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायलाई मासिक २ लाख ५० हजारको दरले मासिक तलब भुक्तानी गरेको प्रतिवेदनमा उल्लेख छ । संचालक समितिले उनलाई औषधि उपचारबापत ५० दिनको तलब थप दिएको छ भने टेलिफोन र मोवाइल शुल्क बापत मासिक २५ हजार रुपैयाँ उपलब्ध गराउदै आएको छ । पुस २९ गते प्रस्तुत भएको वार्षिक प्रतिवेदनमा यो विवरण उल्लेख छ । एक वर्षमा उपाध्यायले ३९ लाख १६...
काठमाडौं, ४ माघ । सिटिजन्स बैंकले ग्राहकहरुलाई वस्तु तथा सेवा खरिद गर्न सजिलो हुने उद्देश्यले ‘इन्स्टा बाई’ नयाँ योजना संचालन गरेको छ । बैंकले देशभरका जुनसुकै मर्चेन्टहरुमा क्रेडिट कार्डमार्फत न्युनतम १० हजार देखि २ लाख ५० हजार सम्म भुक्तानी गर्दा सो खरिद रकमलाई मासिक किस्ताबन्दीमा परिर्वतन गर्नलाई ‘इन्स्टा बाई’ योजना संचालनमा ल्याएको जनाएको छ । यो योजनाअन्तर्गत क्रेडिट कार्ड प्रयोगकर्ताहरुले एकै पटकमा सामान तथा वस्तु खरिद गरेर रकम भुक्तानी गर्न...
काठमाडौं, ४ माघ । मुत्तिनाथ विकास बैंकको नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा भएको जनाएको छ । शेयरधनीहरुको खातामा ४.२५४७ प्रतिशत नगद लाभांश जम्मा भएको हो । पुस २५ गते सम्पन्न भएको साधारण सभाले उक्त लाभांश पारित गरेको थियो । बैंकले पुस १२ गतेसम्म हितग्राही खातामा बैंक खाता अध्यावधिक गराएका शेयरधनीहरुको खातामा उक्त लाभांश जम्मा गरिदिएको जनाएको छ ।
साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ७०० रुपैयाँले घटेको छ । शुक्रबार छापावाला सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने आइतबार घटेर प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी आज बजारमा तेजावी सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा चाँदीको भाउ ३० रुपैयाँले घटेर प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भइरहेको छ...
वीरगञ्ज, माघ ३। धितोपत्र दोस्रो बजारमा हुने कारोबारको राफसाफ तथा फछर्यौट चक्र माघ ११ गतेदेखि २ दिनभित्र हुने भएको छ ।शुक्रवार केन्द्रीय निक्षेप प्रणाली (सीडीएससी) र दलाल व्यवसायी बीच भएको सहमति अनुसार आगामी माघ ११ गतेदेखि टि प्लस टु लागु हुनेछ ।‘टी प्लस टु’ लागू भएपछि शेयर खरीदविक्री गरेपछिको अर्को २ दिनभित्र अर्थात् टी प्लस टु मा राफसाफ गरिसक्नु पर्नेछ । नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबारको राफसाफ चक्र दुई दिन...
सिरहा, पुस २९ गते । सिरहाबाट स्रोत नखुलेको झण्डै साढे ९ लाख रुपैयाँ सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको बरियारपट्टि गाउँपालिका २ खोक्सीका ४० वर्षीय मोहमद सगिर मियाँ र २४ वर्षीय मेहदि मंसुर छन् । भारतबाट नेपाल तर्फ आउँदै गरेको मोटरसाईकललाई सिरहा बरियारपट्टी गाउँपालिका वडा नं. १ कचनारीस्थित प्रहरीको गस्ती टोलीले चेकजाँच गर्दा स्रोत नखुलेको ९ लाख ३९ हजार ९ सय १५ रुपैयाँ सहित दुईजनालाई नियन्त्रणमा...
काठमाडौँ, २८ पुस: हरेक दिन नयाँ–नयाँ रेकर्ड राख्दै अगाडि बढेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ । नेप्सेको वृद्धिसँगै नेपालको शेयर बजारको इतिहासमा आज हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । यस्तै बजार पूँजीकरण पनि रु साढे ३० खर्बको हाराहारीमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २८.३१ बिन्दुले उकालो लागेर दुई हजार २६७.७३ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर...