Logo
मनोरन्जन

अभिनेता पल शाह जेलमुक्त

-Madhesh Pradesh/संवाददाता

काठमाडौं, फागुन १५ । अभिनेता पल शाह जेलमुक्त भएका छन् । उच्च अदालत पोखराको फैसलाअनुसार उनी तनहुँ कारागारबाट आज रिहा भएका हुन् । उनी आज जेलमुक्त हुनेभएपछि विहानैदेखि कारागार बाहिर उनका समर्थकको भिड लागेको थियो । बलात्कारको आरोपमा जाहेरी परेपछि पलले गत वर्षको १५ फागुनमा (आजकै दिन) जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर आत्मसमर्पण गरेका थिए ।

विस्तृत पढ्नुहोस
‘महिलाहरु आफूलाई कमजोर नठान्नुस- ब्राण्ड एम्बेस्डर अनिता

तपाइँ हालै द मिसेज नेशनल–२०२३ को ब्राण्ड एम्बेस्डरमा चुनिनुभएको छ, यो के हो ? — यो महिलाहरुका लागि एउटा ब्युटी प्रजेन्ट्स हो । विवाह पछि कतिपय महिलाहरु सोच्छन् कि हाम्रो जीवन अब सीमित भयो, तर होइन । जहिले पनि आफूलाई अपडेट राख्नुपर्छ । विवाहपछि महिलाको जीवन घरको चुलोचौकासम्म मात्र सीमित होइन । केही अध्ययन गर्न वा नयाँ कार्य गर्नका लागि उमेरले रोक्दैन । एउटा गृहिणीमा मात्रै सीमित नभएर आफूभित्र रहेका प्रतिभा पहिचान गर्नुपर्छ । जहिले पनि...

अंग्रेजमाथी विजय प्राप्त गरेको सम्झनामा रौतहटको समनपुरमा फागु बैरिया मेला महोत्सव आयोजना हुँदै ।

ओम प्रकाश यादव - रौतहट, ०१ फाल्नुन। नेपाल र अंग्रेजबीच भएको युद्धसँग सम्बन्धित रहेको रौतहटको समनपुरमा यस वर्ष पनि आउँदो फागुण १९ गतेदेखी २३ गतेसम्म फागु बैरिया मेला महोत्सव आयोजना हुने भएको छ । स्थानीयहरुले ब्रिटिश फौजलाई पराजित गरेको सम्झनामा गढिमाई नगरपालिका–१ समनपुरमा प्रत्येक वर्ष आयोजना हुँदै आएको एतिहासिक फागु बैरिया मेला महोत्सव २०७९ यस वर्ष पनि आयोजना हुन लागेको हो । गढिमाई नगरपालिकाले आइतवार नगरपालिका कार्यालयको सभाहलमा पत्रकार सम्मेलनको...

एमाले अध्यक्ष ओली खुमलटार पुगे

काठमाडौं, १३ पुष । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न खुमलटार पुगेका छन् । ओली अहिले भर्खरै खुमलटार पुगेका हुन्।ओलीकै अग्रसरतामा दाहाल मुलुकको ४४औं प्रधानमन्त्री बनेका हुन् । खुमलटारको आजको बैठकमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालपनि मिसिने बताइएको छ । यसअघि प्रधानमन्त्री दाहालले माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवसँग संयुक्त भेटवार्ता गरेका थिए ।  

सलिनमान बानियाँको बिहेको डेट पोस्टपोण्ड

रौतहट, १६ मंसिर । स्टाइलिस स्टार’ सलिनमान बनियाँ डेब्यू फिल्म ‘ए मेरो हजुर २’मा काम गर्नुभन्दा अगावैदेखि प्रोफेसनल मेकअप आर्टिस्ट अस्प्रिना जिन्हा श्रेष्ठको प्रेममा थिए । उनले कहिल्यै प्रेम सम्बन्ध लुकाउन जरुरी पनि ठानेनन् । सामाजिक सञ्जालमा उनले अस्प्रिनासँगका रोमान्टिक तस्विरहरु बाक्लै रुपमा साझेदार गरिरहेका हुन्छन् भने मिडियामा पनि प्रेम सम्बन्धको बारेमा खुलेरै बोल्ने गरेका छन् । सलिन र अस्प्रिनाले यस वर्ष बिहे गर्ने योजना बनाएका थिए । दुवै पक्षका...

पुजा शर्माले खोलिन आफ्ना ब्वाईफ्रेण्डको गोप्य कुरा

रौतहट, १६ मंसिर । नेपाली सिने क्षेत्रमा विवादको पर्याय बनेकी लोकप्रिय अभिनेत्री हुन पुजा शर्मा । नेपाली सिने जगतमा एक अभिनेत्रीलाई सदावहार चर्चाको शिखरमा बसिरहन निकै सङघर्ष गर्नुपर्दछ जुन कुरा असफल हुने र बिदेश भासिने नायिकाहरुको संख्याले पनि पुष्टि गर्दछ । नेपाली सिने जगतमा आफ्नो प्रतिभा र कामप्रतिको लगावले स्थापित भएको नाम हो पुजा शर्मा । आफुलक्षित भएका टिप्पणीहरु र आलोचनालाई सहर्ष स्विकार्ने खुबी थोरै मात्रै नायिकामा हुन्छ । आफ्ना...

राजु श्रीवास्तवपछि जिम गर्दागर्दै अभिनेता सिद्धान्तको पनि निधन

२६ कार्तिक  भारतीय टेलिफिल्म ‘कुसुम’, ‘कसौटी जिन्दगी की’, ‘कृष्णा अर्जुन’ लगायतका अभिनेता सिद्धान्त वीर सूर्यवंशीको हृदयघातका कारण निधन भएको छ । ४६ वर्षीय सिद्धान्तलाई जिममा वर्क आउट गरिरहँदा हृदयघात भएको थियो । उनलाई तुरुन्तै अस्पताल पुर्‍याइए पनि डाक्टरको टिमले करिब ४५ मिनेट उपचार गरेपछि उनको निधनको घोषणा गरेका थिए । सिद्धान्त पछिल्लो पटक ‘जिद्दी दिल माने ना’ शोमा देखिएका थिए । सिद्धान्त फिटनेसका सौखिन थिए । सामाजिक सञ्जालमा उनी प्रायः...

९० को दशकमा बोल्ड सीन दिन्थिन् सोनम, फिल्मको टिकटका लागि लाग्थ्यो लाइन

एजेन्सी १७ भदौ ।। के तपाईले ‘त्रिदेव’ र ‘विश्वात्मा’ फिल्म हेर्नु भएको छ ? छ भने, तपाईलाई सोनम अर्थात बख्तावर खान त याद होला । सोनम ९० को दशकमा बोल्ड अभिनेत्री थिइन् । उनको बास्तबिक नाम बख्तावर खान थियो । १४ वर्षको उमेरमा बलिउडमा प्रवेश गरेकी उनको ९० को दशकमा यति चर्चा थियो कि उनलाई फिल्ममा लिन निर्माता घरको चक्कर लगाउँथे । राम्रो करियरमा पनि उनले जम्मा २५ फिल्म अभिनय...

कलाकारको तीज : अरूलाई नचाउँदै, आफू पनि मनाउँदै

काठमाडौँ १४ भदौ ।। अभिनेत्री अनु शाहलाई मनपर्ने चाडमध्ये तीज पनि एक हो । “यो चाड विशेषत महिला दिदीबहिनीका लागि भएर पनि होला मलाई एकदमै मन पर्छ । मलाई तीज भन्नेबित्तिकै राति उठेर खाने दर र रातो पहिरनको निकै याद आउँछ”, उहाँ भन्नुहुन्छ । अभिनेत्री शाहले प्राय परिवारसँगै घरमै बसेर अघिल्लो दिन दर खाने, भोलिपल्ट स्नान गरी व्रत बस्ने र नाचगान गरेर तीज बनाउँदै आउनुभएको छ । हाल क्यानडामा रहनुभकी...

फिल्म ‘राजकुमारी’ निर्माण हुने

काठमाडौं १३ भदौ ।। फिल्म ‘राजकुमारी’ निर्माण हुने भएको छ । अभिनेता पुष्प खड्का र अभिनेत्री पूजा शर्माको जोडी फिल्ममा देख्न पाइनेछ । रूपेश तामाङको निर्देशन रहने फिल्ममा पुष्प हालै अनुबन्धित भएका हुन् भने पूजा केही अगाडि छनौटमा भएकी थिइन् । लभस्टोरी र एक्सन जनरामा निर्माण हुने फिल्म भदौ अन्तिमबाट छायांकन जाने तयारी हुँदैछ । अहिले फिल्मको लेखन अन्तिम चरणमा छ । भारतको कालिम्पोङमा छायांकन हुने फिल्म मार्फत पूजा र...

राजेश हमालले किन भेटे सद्‌गुरु ?

काठमाडौं १२ भदौ ।। अभिनेता राजेश हमालले भारतीय प्रख्यात योगगुरु सद्‌गुरुसँग भेट गरेका छन् । उनले सद्‌गुरुसँग हालै बेंगलोरमा भेट गरेका हुन् । भेटमा हमालले सद्‌गुरुसँग अन्तर्वार्ता समेत लिएको फिल्म निर्देशक तथा कलाकार दिनेश डिसीले सामाजिक संजाल मार्फत जानकारी दिएका छन् । राजेशले के बिषयमा कुराकानी गरेर भनेर अहिले सार्वजनिक गरिएको छैन । सद्‌गुरु १९ भदौमा नेपाल समेत आउन लागेका छन् । कैलाश दर्शनका लागि उनी नेपाल आउन लागेका हुन्...