Logo
स्वास्थ्य / शिक्षा

गौशालाको विद्यालयपनि माघ १५ गतेसम्म बन्द हुने

-Abhimanyu Patel/संवाददाता

महोत्तरी, माघ ६ गते । महोत्तरीको गौशाला नगरपालिकाले समेत नगरमा रहेका विद्यालयहरु बन्द गर्ने भएको छ । कोरोना संक्रमण बढ्दै गएपछि नेपाल सरकारले माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द गर्न भनेपनि गौशाला नगरपालिकाले माघ ५ गते देखि स्कुल खोल्न आग्रह गरेका थिए । तर अहिले आएर माघ १५ गते सम्मका लागि समुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेको छ । शितलहर...

विस्तृत पढ्नुहोस
माघ १५ गतेसम्म विद्यालय बन्द निर्णय गर्न आज शिक्षा मन्त्रालयको बैठक बस्दै

काठमाडौं, पुस २६ गते । कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्रले आधारभूत र माध्यमिक तहका विद्यालयमा १५ माघसम्म बिदा दिन गरेको सिफारिस विषयमा आज सरकारले निर्णय गर्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई कोभिडबारे बिफ्रिङको तेस्रो दिन बसेको सिसिएमसिसीको बैठकको १३ बुँदे निर्णयअनुसार थप निर्णय गर्न आज सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बैठक बस्दैछ । जनस्वास्वास्थ्यविदहरूको राय अनुसार आइतबार मात्र कोभिड(१९ संकट व्यवस्थापन समन्वय केन्द्रले आधारभूत र माध्यमिक तहका विद्यालयमा...

विद्यालयलाई कार्यकर्ता भर्ति केन्द्र बनाउन खोज्दै मौलापुर नपाकी नगर प्रमुख साह –

रौतहट, १४ पुस । रौतहट जिल्लाको मौलापुर नगरपालिका वडा नम्बर ६ पथराबुधराममा संचालित माध्यमिक विद्यालयमा रिक्त रहेको शिक्षक पदपूर्तिमा नगरपालिकाले अनावश्यक हस्तक्षेप गर्दा शिक्षक भर्नामा समस्या उत्पन्न भएको छ । विद्यालयमा प्राविधिक तर्फ शिक्षक नभएकोले भई रहेको अध्ययन अध्यापनको समस्यालाई समाधान गर्ने उदेश्यले शिक्षक भर्नाको लागि विद्यालयले प्रक्रिया पुर्याएर विज्ञापन गर्दा नगरपालिकाका नगर प्रमुख रिना साहले अवरोध गर्दा उक्त समस्या उत्पन्न भएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम एकवाल...

सबैठवा युवा समितीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

वीरगञ्ज, ११ पुष । वीरगञ्ज महानगरपालिका वडा नम्बर २३ स्थित रामजानकी मठ परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सबैठवा यूवा समितिको आयोजनामा शनिबार सम्पन्न कार्यक्रममा ४ महिला सहित ६१ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डेले जानकारी दिए । श्रीराम हास्पिटल विर्ताकी महिला रोग विशेषज्ञ डा. प्रिती यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा श्रीराम हास्पिटल विर्ताका कन्सलटेन्ट फिजिसियन डा मनिष खन्ना, सामाजिक अभियन्ता प्रकाश थारू, समाजसेवी तथा यूवा...

इलाम नगरपालिकाले सञ्चालनमा ल्याए आँखा अस्पताल

मङ्गलबारे, ८ पुस: इलाम नगरपालिकाले आँखा अस्पताल सञ्चालनमा ल्याएको छ । स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गरेर नगरपालिकाले सामुदायिक आँखा अस्पताल सञ्चालन र व्यवस्थापनका लागि छुट्टै कार्यविधि जारी गरी आँखा अस्पताल सञ्चालनमा ल्याएको हो । स्थानीय तहले सञ्चालनमा ल्याएको सामुदायिक आँखा अस्पताल देशकै पहिलो अस्पताल भएको बताइएको छ । सामुदायिक आँखा अस्पताल निर्माणका लागि अघिल्लो आर्थिक वर्षमा इलाम नगरपालिकाले रकमान्तर गरेर रु ५० लाख जुटाएको थियो । चालु...

अल्का अस्पतालमा दुई आइभिएफ विज्ञद्धारा सेवा सुरु

ललितपुर, ८ पुस । ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल प्रालिद्धारा संचालित अल्का आइभिएफ एण्ड फर्टिलिटी सेन्टरमा २ जना विशेषज्ञहरुले सेवा सुरु गरेका छन् । आइभिएफ विशेषज्ञद्धय डाक्टर स्वेता सिंह र डाक्टर नेहा हुमागाइँले अल्कामा सेवा शुरु गरेका हुन। उनीहरु दुबै जना आइभिएफसम्बन्धि विशेषज्ञ हुन् । केयु बाट एमबीबीएस र एमडी गरेकी गुमागाइँ चेन्नइबाट आइभिएफ र ल्याव्रोस्कोपीमा फेलोसिप गरेकी डाक्टर हुन् । उनीसँग राजधानीका विभिन्न अस्पतालहरुसँग काम गरेको अनुभव छ। केयुबाट...

कन्ट्राक्टका शिक्षकद्वारा राजर्षि जनक विश्वविद्यालयको सेवा आयोगमा तालाबन्दी

जनकपुरधाम, पुस ५ गते । राजर्षि जनक विश्वविद्यालयको सेवा आयोगमा कन्ट्राक्टका शिक्षकहरुले तालाबन्दी गरेका छन् । सोमबार कन्ट्राक्टका शिक्षकहरुले सेवा आयोगका अध्यक्ष प्रा.डा. शैलेन्द्र लाभको कार्यकक्ष, सदस्य र लेखाशाखामा तालाबन्दी गरेका छन् । पेपर कोर्स कन्ट्रक्ट संघका सभापति दीलिप यादवले आफुहरु स्थापना कालदेखि नै विश्वविद्यालयमा काम गर्दै आएको र कतिपय शिक्षकहरुको उमेर समेत पार भइसकेकोमा त्यसलाई ख्याल नगरि सेवा आयोगले विज्ञापन आह्वान गरेको आरोप लगाएका छन् । विश्वविद्यालयमा उपप्राध्यापक पदका...

प्रदेश २ मा खोप भण्डारण गृह स्थापना, ४ लाख डोज खोप भण्डारण

जनकपुरधाम, पुस २ गते । प्रदेश नम्बर २ मा खोप भण्डारण गृह स्थापना भएको छ। यसअघि प्रदेश २ मा खोप भण्डारण गृहको अभाव थियो। नेपाल सरकारको आर्थिक लगानी तथा कोभ्याक्स सुविधाअन्तर्गत युनिसेफले मेसिनरी सहयोगमा जनकपुरधाममा खोप भण्डारण गृहको स्थापना गरिएको हो। पहिलो चरणमा खोप भण्डारण गर्ने दुईवटा युनिटको निर्माण भएको प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख डा. प्रमोद यादवले जानकारी दिए। चालिस हजार लिटर क्षमताका दुईवटा युनिटको निर्माण गरिएको छ। त्यसमा...

रौतहटको कटहरियामा १५ बेडको अस्पताल भवन निर्माण सुरु

रौतहट, पुस १ गते । रौतहटको एक स्थानीय तहमा १५ बेडको अस्पताल भवन निर्माणको काम सुरु भएको छ । जिल्लाको कटहरिया नगरपालिकामा नगर प्रमुख सियाराम कुश्वाहाले हिन्दु परम्परा अनुसार विधिवतरुपमा ब्राह्मणद्वारा मन्त्रोचारण पश्चात् जग हालेसँगै अस्पताल भवन निर्माणको काम सुरु भएको हो । संघीय सरकारको १९.७५ करोड रुपैयाँ लगानीमा भवन निर्माणका लागि कटहरिया नगरपालिकाले आह्वान गरेको टेण्डर घटाघट प्रक्रियामार्फत महालक्ष्मी धनन्जय चौधरी जेभीले ११ करोडमा सकार गरेको थियो । २...

सामुदायिक सेवा केन्द्र श्रीपुर-मुर्लीद्वारा वीरगञ्जमा नि:शुल्क आँखा तथा दाँत जाँच शिविरको आयोजना

वीरगञ्ज २० मंसिर । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर-मुर्लीद्वारा वीरगञ्जमा नि:शुल्क आँखा तथा दाँत जाँच शिविरको आयोजना गरिएको छ । वीरगञ्ज सामुदायिक आँखा तथा दाँत अस्पतालसँगको सहकार्यमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर-मुर्लीको आयोजनामा नि:शुल्क आँखा तथा दाँत जाँच शिविरको आयोजनाग गरिएको हो । सामुदायिक सेवा केन्द्रका अध्यक्ष राम कुमार सर्राफको सभापतित्व तथा पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवको...

शिक्षा क्षेत्रलाई सबै किसिमको प्रभावबाट मुक्त बनाउनु पर्दछ : सांसद् यादव

वीरगञ्ज, १९ मंसिर । हरिखेतान बहुमुखी क्याम्पस वीरगञ्जद्वारा विविएस प्रथम वर्षका विद्यार्थीका लागि आयोजित स्वागत कार्यक्रम सम्पन्न भएको छ । १२ कक्षा सकाएर विविएस प्रथम वर्षमा प्रवेश गरेका विद्यार्थीहरुलाई विभिन्न अतिथिहरुको उपस्थितिमा स्वागत गरिएको थियो । स्वागत कार्यक्रममा बोल्दै प्रमुख अतिथि पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवले विद्यार्थी देशका कर्णधार भएको बताउँदै शिक्षित समाजले मात्र देशमा परिवर्तन ल्याउन सक्ने बताए । सांसद् यादवले शिक्षामा रहेका अझै...