राधेश्याम कुशवाहा- सर्लाही, २० माघ । सर्लाहीका बलरा नगरपालिकामा भारत सरकारको आर्थिक सहयोगमा ५ करोडको लागतमा निर्मित विद्यालयको भवनको एक कार्यक्रम बिच उदघाटन गरिएको छ । बलरा नगरपालिका वार्ड न.४ स्थित रामसखी मोहित सिंह माध्यमिक विद्यालयको नवनिर्मित भवनलाई भारतीय महावाणिज्य दुतावास, वीरगन्जका महावाणिज्यदूत नितेश कुमार, जिल्ला समन्वय समिति, सर्लाहीका सभापति कौशलकिशोर सिंह, बलरा नगरपालिकाको मेयर रामाशंकर कुशवाहाले एक कार्यक्रम बिच...
सामाजिक सञ्जालमा भिडियो खिच्ने क्रममा चलिरहेको कारमा यात्रु सिटमा बसेको बेला सिट बेल्ट नलगाएको भन्दै बेलायतका प्रधानमन्त्री ऋषि सुनकलाई जरिवाना गरिएको छ । लन्काशायर प्रहरीले लन्डनका ४२ वर्षीय पुरुष सुनकलाई निश्चित जरिवाना अर्थात् फिक्स्ड पेनाल्टीको सशर्त प्रस्ताव जारी गरेको बताएको छ। सुनकले यो गल्ती भएको पूर्ण रूपमा स्वीकार गर्दै माफी मागेका छन् । साथै उनले जरिवाना तिर्ने बताएका छन् । फिक्स्ड पेनाल्टी टिकट २८ दिन भित्र तिर्नु पर्छ वा त्यसको...
काठमाडौँ १५, पुस — कम्बोडिया र थाइल्यान्डको सिमानानजिकै रहेको पोइपेटस्थित एक क्यासिनोमा भएको भीषण आगलागीमा परी झापाका ४० वर्षीय निराकार पाण्डेको मृत्यु भएको छ । कम्बोडियामा पर्ने ग्रान्ड डायमन्ड सिटीको भवनमा आगलागी हुँदा उनीसहित २४ जनाको मृत्यु भएको छ । उक्त घटनापछि एनआरएन कम्बोडियाका अध्यक्ष लालसिंह खड्का घटनास्थलमा पुगेका छन् । अहिले पाण्डेको शव थाइल्यान्डस्थित नेपाली राजदूतावासमार्फत नेपाल पठाउने तयारी भइरहेको अध्यक्ष खड्काले कान्तिपुरलाई बताए । उक्त क्यासिनोमा केही नेपालीहरू...
काठमाडौं, १५ पुष । चिनियाँ प्रधानमन्त्री लि खछ्याङले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाललाई सफल कार्यकालको लागि शुभकामना दिएका छन् । नेपालस्थित् चिनियाँ दूतावासका कार्यवाहक राजदूतले भेटेर आज प्रधानमन्त्री दाहाललाई चिनियाँ प्रधानमन्त्रीको लिखित शुभकामना सन्देश प्रदान गरेका हुन् । शुभकामना सन्देशमा चिनियाँ प्रधानमन्त्री लीले प्रचण्ड नेतृत्वको सरकारलाई चीनको पूर्ण साथ रहने कुरा उल्लेख गरिएको छ । लिले नेपालको स्थायीत्व, विकास र समृद्धी चीन सँधै साथमा रहने पनि प्रतिबद्धना जनाएका छन् ।
काठमाडौं, ४ पुष । नाइजेरियामा पछिल्ला केही महिनायता हैजाको प्रकोप बढेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । हैजाको प्रकोपमा परी यहाँका कम्तीमा पनि २० जनाको ज्यान गएको बताइएको छ । नाइजेरियाको दक्षिणी क्रस रिभर राज्यमा बढी मात्रामा हैजाको प्रकोप बढेको देखिएको र ज्यान जानेमा सोही राज्यका नागरिक बढी रहेका अधिकारीले बताएका छन्. । यहाँको स्थानीय अबि क्षेत्रमा हैजाको प्रकोप बढी फैलिएकोले के कारणले यहाँ प्रकोप फैलियो भन्ने विषयमा सरकारले अनुसन्धान थालेको...
वीरगञ्ज २७ कार्तिक । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि नेपाल–भारत सीमा ७२ घण्टा अगाडि बन्द हुने भएको छ । जिल्लास्तरीय सीमा सुरक्षा समन्वय समितिको बैठकले ७२ घण्टा अघि सीमा बन्द गर्ने निर्णय गरेको हो । शनिबार बसेको बैठकले सो निर्णय गरेको पर्साका प्रमुख जिल्ला अधिकारीले जानकारी दिए । उनका अनुसार बैठकमा दुबै देशका सुरक्षा अधिकारी सहभागी थिए । उनीहरुले दुबै देशको सीमा भएर हुने अपराध, अवैध हातहतियार, चोरी पैठारी, लागूऔषध...
काठमाडौं, कात्तिक ११ । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले युरोपा लिग फुटबलमा सहज जित निकालेको छ।बिहीबार राति सम्पन्न भएको समूह चरण अन्तर्गतको खेलमा युनाईटेडले सेरिफलाई ३-० गोल अन्तरले हराएको हो। युनाईटेडको जितमा डिओगो डालोट, मार्कस राष्फोर्ड र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरे। खेलको ४४ औं मिनेटमा डालोटले गोल गर्दै युनाईटेडलाई सुरुवाती अग्रता दिलाएका थिए।राष्फोर्डले ६५ औं मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। त्यसपछि खेलको ८१ औं मिनेटमा रोनाल्डोले गोल...
एजेन्सी, ८ कात्तिक । बलिउडका धेरै सेलिब्रेटीहरूले आफ्नो घरमा प्रि–दिवाली पार्टी आयोजना गर्दै आएका छन् । यस अवसरमा धेरै दिग्गज स्टारहरू पार्टीमा सामेल हुने गर्छन् । जतिसुकै स्टार्सले पार्टी आयोजना गरेपनि बी टाउनमा मन्नत र जलसाको दिवाली पार्टी सबैभन्दा विशेष मानिन्छ । तर, यस वर्ष अमिताभ र शाहरुख खानको घरमा दिवाली पार्टी नहुने खबर आएको छ । मिडिया रिपोर्टका अनुसार यो दिवालीमा शाहरुख आफ्नो आगामी फिल्मको सुटिङमा निकै व्यस्त छन्...
एजेन्सी, ८ कात्तिक । दुई ठूला स्टार राम सेथु र थ्याङ्कगडका दुई ठूला फिल्महरू दीपावलीमा रिलिज भएको कोरोना अवधिपछि पछिल्लो दुई वर्षमा यो पहिलो पटक हो । दुवै ठूला स्टारका फिल्म हुन् जसको बक्स अफिसमा टक्कर हेर्न पक्कै पनि रोचक हुनेछ । यसअघि १२ वर्षअघि सन् २०१० मा एक्शन रिप्ले र गोलमाल ३ सँगै रिलिज हुँदा उनीहरुको फिल्म टक्कर भएको थियो । गोलमाल ३ ले ६१ करोड कमाएको थियो भने...
एजेन्सी, ८ कात्तिक । दीपावलीको विशेष अवसरमा बलिउड अभिनेत्री करिना कपुरले आफ्ना फ्यानहरूलाई दिपावलीको धेरै धेरै शुभकामना दिएकी छिन् । यससँगै उनका धेरै पारिवारिक तस्बिरहरू पनि बाहिर आएका छन्, जसमा उनको दीपावलीको झलक देख्न सकिन्छ। करीनाले आफ्नो सामाजिक सञ्जाल अकाउन्टबाट दीपावलीको एक झलक सेयर गरेकी हुन् । करीनाले तस्विरसँगै लेखेकी छिन्,‘मेरो परिवारको तर्फबाट तपाईको परिवारलाई दीपावलीको धेरै धेरै शुभकामना । आशीर्वाद तपाईंमा रहोस्।’ करिनाले शेयर गरेको पारिवारिक तस्विरले सामाजिक सञ्जालमा...
काठमाडौ, कात्तिक ८ । अमेरिकी राष्ट्रपति जो बाइडेनले दिपावली मनाएका छन । बाइडेनले सोमबार राती सरकारी निवास ह्वाइटहाउसमा दीपावली मनाएका हुन् । दीपावलीको अवसरमा राष्ट्रपति जो बाइडेनका साथमा उपराष्ट्रपति कमला ह्यारिस, प्रथम महिला जिल बाइडेनलगायतको उपस्थिति रहेको थियो । बाइडेनको ट्विटरमा दिपावली मनाएको फोटो राख्दै दीपावलीको दियोले अन्धकारलाई हटाउने उल्लेख गरेका छन् । दीपावलीको अवसरमा न्यूर्योकस्थित संयुक्त राष्ट्रसंघको मुख्यालय पनि विशेषरुपमा सजाइएको थियो । दिपावली मनाउन मुख्यालयको भवनमा समेत झिलीमिलि...