Logo
अन्तराष्ट्रिय

गाजामा रहेको राष्ट्रसङ्घको सहायता शिविरमा फेरि इजरायलकाे आक्रमण

-मधेश प्रदेश/संवाददाता

एजेन्सी, ०१ चैत ।। इजरायलले गाजामा रहेको संयुक्त राष्ट्रसङ्घको सहायता शिविरमा फेरि आक्रमण गरेको छ । प्यालेस्टिनी शरणार्थी एजेन्सीले गाजापट्टीको दक्षिणी भागमा रहेको रफाहमा इजरायली सेनाले खाद्य वितरण केन्द्रमा आक्रमण गर्दा एक कर्मचारीको ज्यान गएको र २२ जना घाइते भएको बताएको छ । संयुक्त राष्ट्रसङ्घको सहायता एजेन्सी युएनआरडब्लुएका प्रमुख फिलिप लाजारिनीले इजरायलले सारा अन्तर्राष्ट्रिय मानवीय कानूनको अवहेलना गर्दै सहायता एजेन्सीमाथि...

विस्तृत पढ्नुहोस
युद्ध शुरु भएयता गाजामा २० हजार मानिस मारिएका हमासको दाबी

एजेन्सी, ०५ पुस ।। हमास र इजरायलबीच युद्ध शुरु भएयता गाजामा २० हजार मानिस मारिएका हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । गएको अक्टोबर ७ तारिखमा युद्ध शुरु भएयता उनीहरु मारिएको उल्लेख छ । हमासले इजरायलमा आक्रमण शुरु गरेपछि इजरायलले पनि जवाफी कारबाही थालेको थियो । त्यसबेला एक हजार २ सय व्यक्तिको ज्यान गएको थियो । २ सय ४० जना बन्धक थिए । जसमध्ये केहीलाई मुक्त गरिएको थियो । बाँकी...

युद्धविराम र बन्धक रिहाइका विषयमा वार्ता गर्न हमास प्रमुख इजिप्टमा

एजेन्सी, ०४ पुस ।। इजरायल र प्यालेस्टिनी लडाकु समूह गाजा युद्धमा अर्को युद्धविराम र बन्धक मुक्त सम्झौताको दिशामा अघि बढ्न सक्ने आशा बढेपछि हमासका नेता आज बुधवार इजिप्ट आइपुग्नुभएको छ । कतारमा रहेका हमासका प्रमुख इस्माइल हनियाह गाजा पट्टीमा भएको आक्रमण र अन्य विषयमा छलफल गर्न कायरो आइपुग्नुभएको समूहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उहाँले इजिप्टका गुप्तचर प्रमुखसँग ‘आक्रमण र युद्ध रोक्न र कैदीहरूको रिहाइका लागि सम्झौता तयार गर्न’...

चीनमा भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या एक सय ३१ पुग्यो, सात सय भन्दा धेरै घाइते

एजेन्सी, ०४ पुस ।। चीनमा हिजो बिहान गएको ६ दशमलव २ म्याग्नेच्यूडको भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या एक सय ३१ जना पुगेको छ । गान्सु प्राप्तमा १ सय १३ र छिङहाइमा १८ जनाको ज्यान गएको स्थानीय अधिकारीहरुलाई उद्धृत गर्दै चीनको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ । भूकम्पमा परी सात सय जना भन्दा धेरै घाइते भएका छन् । भूकम्पले गान्सुमा १ लाख ५५ हजार ३ सय ९३ घरमा क्षति पुगेको...

चीनमा ६ दशमलव २ रेक्टरस्केलको भूकम्प : एक सय जनाभन्दा धेरैको ज्यान गयो

एजेन्सी, ०३ पुस ।। चीनमा भूकम्प जाँदा एक सय जनाभन्दा धेरैको ज्यान गएको छ । नेपाली समयअनुसार आज बिहान २ बजे कान्सु प्रान्तलाई केन्द्रबिन्दु बनाएर ६ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पले कान्सु र छिङ्हाइ प्रान्तमा क्षति पुगेको छ । अहिले उद्धारको काम भइरहेको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार कान्सुमा एक सय जनाको ज्यान गएको छ । त्यसैगरी छिङ्हाइमा ११ जनाको ज्यान गएको विवरण छ ।...

अर्जेन्टिनामा आँधीका कारण १४ जनाको ज्यान गयाे

एजेन्सी, ०२ पुस ।। अर्जेन्टिनामा आँधीका कारण कम्तीमा १४ जनाको ज्यान गएको छ । अरु १४ जनाभन्दा धेरै घाइते भएका छन् । यस्तै, छिमेकी देश उरुग्वेमा दुई जनाको ज्यान गएको छ । एक सय ५० किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधी र मुसलधारे वर्षाले रुखहरु ढाल्नुका साथै विभिन्न संरचना भत्काउँदा जनधनको क्षति भएको अजेन्टिनाका अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । आँधीका कारण पूर्वी अर्जेन्टिनाका धेरै ठाउँमा विद्युत् सेवा बन्द भएको छ...

भारतमा संसारकै ठूलो कार्यालय तथा व्यापारिक भवनको उद्घाटन हुँदै

एजेन्सी, ०१ पुस ।। भारतको गुजरातमा निर्माण भएको संसारकै ठूलो बहुउद्देश्यीय भवनको आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्नुहुने भएकाे छ । अमेरिकी सुरक्षा मुख्यालय पेन्टागनभन्दा ठूलो सुरत डायमण्ड बोर्स नामको भवन उद्घाटन समारोहमा विश्वका ७० हजार व्यवसायीहरूलाई निमन्त्रणा गरिएको बीबीसी हिन्दीले जनाएको छ । भवनमा चार हजार सात सयभन्दा बढी कार्यालयहरू रहन सक्नेछन् । ३५ अर्ब भारतीय रुपैयाँ लागत रहेको भवनको निर्माण सन् २०१५ को फेब्रुअरीमा शुरु भएर २०२२...

हिमपातका कारण पूर्वी चीनका विद्यालयमा अनलाइन पढाइ

एजेन्सी, २६ मंसिर ।। हिजो बिहानैदेखि शुरु भएको हिमपातका कारण चीनको पूर्वी क्षेत्र शानडोङ प्रान्तको राजधानी जिनानमा बालबालिकाहरुलाई अनलाइन माध्यमबाट पढाउन थालिएको छ । हिमपातसँगै हावाहुरी चल्न थालेपछि प्राथमिक र माध्यमिक विद्यालयका साथै शिशु कक्षाहरू अनलाइनमार्फत सञ्चालन गरिएको हो । जिनानको शिक्षा विभागले अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन जारी गर्दै विद्यालयको पठनपाठन अवरुद्ध हुन नहुने जनाएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् । विद्यार्थीहरूलाई सुरक्षित पठनपाठनका लागि शिक्षकहरूलाई तालिम दिँदै विद्यालयको...

इजरायल र हमासबीच फेरि युद्धविरामका लागि प्रयास भइरहेकाे छ : कतार

एजेन्सी, २५ मंसिर ।। कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले इजरायल र हमासबीच फेरि युद्धविरामका लागि प्रयास भइरहेकाे बताउनु भएकाे छ । उहाँले गाजा क्षेत्रमा नयाँ युद्धविराम र हमासको कब्जामा रहेका बन्धकहरूलाई मुक्त गर्न मध्यस्थताको प्रयास जारी रहेको बताउनु भएको हो । तर, लगातारको बमबारीको घटनाले जटिलता ल्याएको उहाँले बताउनु भएको छ । यसअघि कतारकै प्रयासमा इजरायल र हमासबीच सात दिनको अस्थायी युद्धविराम भएको थियो । गएको...

गाजामा युद्धविराम रोक्न राष्ट्रसङ्घको सुरक्षा परिषद्मा पेस भएको प्रस्तावमा अमेरिकाको भिटाे

एजेन्सी, २३ मंसिर ।। गाजा क्षेत्रमा भइरहेको युद्ध रोक्न संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा पेस भएको प्रस्तावमा अमेरिकाले भिटो प्रयोग गरेको छ । जसका कारण यो प्रस्ताव पारित हुन नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सुरक्षा परिषद्को हिजो भएको आपत्कालीन बैठकमा यूएईले गाजामा तत्काल एक मानवीय युद्धविराम लागू गर्न माग गर्दै प्रस्ताव पेस गरेको थियो । यो प्रस्तावमा १३ सदस्य देशले समर्थन गर्दै मत दिएका थिए भने अमेरिकाले भिटो प्रयोग गरेको...

गाजा युद्धमा इजरायली मन्त्रीका छाेरा मारिए

एजेन्सी, २२ मंसिर ।। गाजा क्षेत्रमा भइरहेको युद्धमा परेर इजरायलका एक मन्त्रीका छोराको ज्यान गएको छ । पूर्वसैन्य प्रमुखसमेत रहेका गाडी इसेनकोटका छोरा गाजा पट्टी क्षेत्रमा भएको लडाइँमा मारिएका बीबीसीले जनाएको छ । उत्तरी गाजा क्षेत्रको एक सुरुङमा बम बिस्फोट हुँदा २५ वर्षका मेजर गल इसेनकोट मारिएका इजरायलको रक्षा बल (आईडीएफ) ले जनाएको छ । विस्फोटमा परेर गम्भीर घाइते भएका इसेनकोटलाई अस्पताल लगिए पनि बचाउन नसकिएको खबरमा उल्लेख छ ।...