रौतहट, २७ माघ : मधेश प्रदेशका भूमि व्यवस्था कृषि सहकारी मन्त्री बसन्त कुशवाहाले संघीय सरकारसँग तत्काल आवश्यक परिमाणमा मल आपूर्ति व्यवस्थापनका लागि अनुरोध गरेका छन । मन्त्री कुशवाहाले संघीय कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई एक पत्र लेख्दै मधेश प्रदेशका ८ जिल्लालाई आवश्यक पर्ने मल आपूर्ति व्यवस्थापनका लागि आग्रह गरेका हुन । मधेश प्रदेशको ८ जिल्लामा युरिया ५ लाख १५ हजार...
अभिमनु पटेल- रौतहट, १३ गते पुस । परोहा नगरपालिकाले मधेश प्रदेशमा पहिलो स्थानीय तहको रूपमा अगाडि बढ्दै नि:शुल्क रगत, नि:शुल्क घरेलु र कृषि मिटर उपलब्ध गराउने योजना आजबाट सुरु गरेको छ । रौतहट जिल्लाको परोहा नगरपालिकाका नगर प्रमुख शेख वकिलले वडा नं ८ स्थित "खुल्ला रक्तदान कार्यक्रम" केही महिनाअघि अब यस नपाबाट उपचारको लागि प्रादेशिक अस्पताल गौर वा अन्य निजी अस्पतालमा जादा उपचारको क्रममा रगतको आवश्यकता पर्दा सिधै नेपाल रेडक्रस...
रौतहट १९ भदौ ।। हनुमत कु.यादव ।। रौतहट जिल्लाको गरुडा नगरपालिका करेन्ट लागेर एक जना बालिकाको मृत्यु भएको छ । गरुडा न .पा. वार्ड नं.२ गेडीगुठि टोलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आईतबार करिब २ बजेको समयमा नुहाउने क्रममा जडान भएको मोटरबाट हैंण्डपम्ममा करेन्ट प्रवाह भई दिनेश सहनीको अन्दाजी १४ बर्षिय छोरी अम्बिका कुमारी सहनीको मृत्यु भएको छ । मृत्क शरीर लाई पोसमार्टमको लागि प्रादेशिक अस्पताल गौर...
रौतहट १९ भदौ ।। हनुमत कु. यादव ।। नेपाल रेडक्रस सोसाइटी रौतहट जिल्ला शाखाले ६० औँ स्थापना दिवस भव्य एवं सभ्य रुपमा मनाइएको छ । जिल्ला शाखा सभापति राजकिशोर प्रसाद यादवको अध्यक्षतामा जिल्ला शाखामा ६० औँ स्थापना दिवस भव्य रुपमा सम्पन्न भएको छ । जिल्ला शाखामा आयोजित ६० औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ । कार्यक्रममा रक्तदानमा सुधार गर्नुपर्नेमा विशेष जोड दिएको थियो भने ब्लड बैंकको समुचित बेवस्था...
राैतहट १४ भदौ ।। राैतहट जिल्लाको सदरमुकाम गौरमा चामलको कालो बजारी गर्ने १ जना पक्राउ परेका छन् । दैनिक उपभोग्य समाग्री मध्ये एक रहेको चामलमा कालो बजारी गरिरहेको प्रहरी फेला परेका छन् । पक्राउ पर्नेमा भारत विहार राज्य सितामढी जिल्ला बैरगनिया घर भएका अन्दाजी वर्ष ४४ को राजेन्द्र प्रसाद गुप्ता रहेका छन् । प्रहरीले सूचनाको आधारमा साेमबार अन्दाजी करिब ०९:५५ बजेको समयमा जिल्लाकाे गौर नगरपालिका १ रामजानकी धर्मशाला स्थित चामल...
रौतहट १४ भदौ ।। रौतहट जिल्लाको गरुडामा चट्याङ लागेर एकै गाउँमा तीन महिलाको ज्यान गएको छ । जिल्लाको मध्यभाग गरुडा नगरपालिका ३ मलाहिटोल गाउँ छेउमा खेतमा कामगर्ने क्रममा बिहान ८ बजे चट्याङ लागेर तिनजनाको मृत्यु भएको हो । चट्याङ लागेर मृत्यु हुनेहरुमा मलाही गाउँकै ३९ बर्षिया सुदनिया देवि,७० बर्षिया जगिया कुमारी र १८ बर्षिया मनिषा कुमारी रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी बरूण कुमार सिंहले बताएका छन । मृतक...
रौतहट १३ भदौ ।। रौतहट जिल्लाका अधिकांश पालिकाले आफ्नो नगर क्षेत्रमा पर्ने सडक बत्तीको महसुल तिर्न आलटाल गर्दै आएका छन् । विद्युत् प्राधिकरणले ५ वर्षदेखि बक्यौता तिर्न लिखित र मौखिक ताकेता गर्दै आए पनि पालिकाहरूले अटेर गरेका हुन् । जिल्लाका चन्द्रपुर, गरुडा, गुजरा र वृन्दावन नगरपालिकाले पोल बत्तीको ५ करोड २६ लाख रकम तिर्न बाँकी रहेकोे विद्युत् प्राधिकरण चन्द्रनिगाहपुर वितरण केन्द्रले जनाएको छ । प्राधिकरणले बक्यौता रकम तिर्न पालिकालाई पटकपटक ताकेता गर्दै...
रौतहट १३ भदौं ।। रौतहटको सदरमुकाम गौर–बैरगनिया सीमा नाकामा सार्वजनिक सवारी साधन आवत गर्न रोकनै रहेको छ । विश्वभरी महामारीको रुपमा फैलिएको करोना भाइरस कोभिड–१९ को समय देखि बन्द भएको नेपाल–सीमा क्षेत्रमा चल्ने सवारी बाहक अटोरिक्सा , टंगा , टेम्पुहरु संचालन नहुँदा स्थानीय बासिन्दाहरु निकै सास्ती खेप्दै आएका छन् । मधेश प्रदेशकै मुख्य नाका मध्ये एक रहेको गौर गौर–बैरगनिया सीमा नाकामा यहाका जनताहरु दुख खेप्दै रहेको छ । नेपाल–भारत सीमा...
रौतहट १३ भदौ ।। हनुमत कु . यादव ।। रौतहट प्रहरीले जिल्लाको सदरमुकाम गौर नगरपालिका वडा नं.२ बाट वेवारीसे अवस्थामा रहेको २०४ किलो लागु औषध गाँजा हात परेका छन् । आज बिहान विशेष सूचनाको आधारमा खटिएको अस्थायी प्रहरी पोष्ट महादेवपट्टी र सशस्त्र प्रहरी बल नेपाल वेस क्याम्प गौरको संयुक्त गस्ती टोलीले लागु औषधी बरामद गरेको जिल्ला प्रहरीले जनाएका छन् । जिल्लाको गौर नगरपालिका वडा नं.२ बकैया खोलाको किनारमा नेपालबाट लागु...
रौतहट १० भदौ ।। हनुमत कु. यादव ।। समयमा पानी नपर्दा किसान चिन्तित बनेका छन् । रौतहट सहित तराई–मधेशका जिल्लामा पानी नपर्दा धान बाली सुक्न थाले पछि किसान चिन्तित बनेका छन् । जिल्लाको उत्री केहि भागमा नहरको सुबिधा भएपनि द्क्षानी भेगमा चाही सिँचाइको अभावमा किसानले लगाएको धानबाली सुक्न थालेको छ । हालै केहि समय पहिले रोपिएको धान खेतमा धाँजा फाटेको छ । खडेरीको मार मै जेनतेन रोपाइँ गरेका किसानको खेतमा...
रौतहट २५ साउन ।। रौतहट जिल्ला लगायत मधेश प्रदेशमा बिगतको समय भन्दा आहिले विद्युत् चुहावट नियन्त्रण भएको छ । आर्थिक वर्ष २०७८/७९ मा दुई दशमलव ६९ प्रतिशत विद्युत् चुहावट घटेको छ । विद्युत् चुहावट नियन्त्रण अभियान अन्तर्गत हुकिङ नियन्त्रण, ग्राहकको विलिङमा सुधार, लामो समयदेखि बन्द रहेको मिटर परिवर्तन र विद्युत् रिडिङमा सुधारलगायत प्राधिकरणको प्रणाली सुदृढिकरण भएसँगै निरन्तर विद्युत् चुहावट घट्दै गएको हो । आर्थिक वर्ष २०७७/७८ मा १६ दशमलव ५४...