काठमाडौं, ५ माघ । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले राष्ट्रिय एकता अभियान घोषणा गरिसकेका छन् । त्यसमा उनी आफै संयोजक बनेका छन् । अभियानमा उनले देशभरका नेताहरुलाई पनि समेटेर पत्रकार सम्मेलन गरेरै कमिटीको घोषणा गर्न लागेका छन् । वामदेवको एकता अभियानको कमिटीको घोषणा यसै हप्ता हुने भएको छ । गौतम निकट स्रोतका अनुसार अभियानमा २५१ केन्द्रीय कमिटी समेत रहनेछ...
काठमाडौं, ४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमा पूर्व उद्योग राज्यमन्त्री मोतिलाल दुगड नियुक्त भएका छन् । पुस २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले दुगडलाई मन्त्री सरहको मर्यादामा विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको हो । दुगड ओली सरकारमा उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीको जिम्मेवारीमा थिए । फाईल तस्विर
माघ ४ गते । भारतको जयनगरबाट धनुषाको कुर्थासम्म चल्ने भनिएको रेल अझै सञ्चालन हुन सकेको छैन। रेल सञ्चालनका लागि दुई देशको अन्तरदेशीय रेलमार्गमा दुवै देशको स्वीकृति, कर्मचारी र कानुनको अभावले तत्काल रेल्वे सञ्चालनको छाँटकाँट छैन। नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले माघ मसान्तमा रेल आउने दाबी गरे पनि रेल विभागका महानिर्देशक प्रमिलादेवी शाक्य वज्राचार्यले रेल चल्ने समय नतोकिएको बताइन्। ‘रेल चलाउने तयारी हामीले गरिराछौं, तर रेल ठ्याक्कै यही मितिमा चल्छ...
काठमाडौं, २ माघ । सरकारले आफ्नो सेवा छिटोछरितो र प्रभावकारी बनाउन भन्दै ’नागरिक एप’ सार्वजनिक गरेको छ । सिंहदरबारमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नागरिक एप शुभारम्भ गर्नुभएको हो । सरकारको डिजिटल नेपाल फ्रेमवर्कअन्तर्गत यो महत्वपूर्ण कार्यक्रम भएको मन्त्री गुरुङले बताउनुभयो । नागरिकले नागरिक एपबाट प्यान कार्डसम्बन्धी आवेदन गरी प्यान नम्बर प्राप्त गर्ने र सरकारलाई तिरेको करको विवरणसमेत मोबाइल सेटमार्फत नै जानकारी लिन सकिने सञ्चार...
काठमाडौं, २ माघ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई शर्तसहित प्रधानमन्त्रीको प्रस्ताव पुगेको छ । उनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै क्षेत्रबाट प्रधानमन्त्रीको प्रस्ताव पुगेको हो । विश्वस्त स्रोतका अनुसार देउवा संसद पुनःस्थापनाको पक्षमा उभिएमा प्रधानमन्त्री बन्न सहयोग गर्ने प्रचण्ड, माधवकुमार नेपालका अलावा अन्य शक्तिशाली नेताहरुले पनि गरेका छन् । यसै हप्ता देउवालाई भेटेका प्रचण्ड र नेपालले संसद पुनःस्थापनाको पक्षमा उभिएमा प्रधानमन्त्री बन्न सघाउने प्रस्ताव गरेका हुन् । देउवा प्रधानमन्त्री केपी...
काठमाडौं : सगरमाथामा भारतले दाबी गर्नुपर्छ भन्ने आफ्नो अभिव्यक्तिलाई लिएर नेपालमा चर्को विरोध भएपछि भारतको टेलिभिजन च्यानल जी न्यूजले अन्ततः माफी मागेको छ । बुधबार रातीको टेलिभिजन कार्यक्रम डीएनएमा च्यानलका प्रधानसम्पादक एवं होस्ट सुधीर चौधरीले नेपालीको भावनामा ठेस पु¥याउनु आफ्नो आशय नरहेको भन्दै आफ्नो अभिव्यक्तिले भारत र नेपालको नागरिकबीचको सम्बन्धमा असर नपु¥याउने बताए । ‘माउन्ट एभरेस्ट नेपालकै हो र नेपालबाट कसैले छिन्न सक्दैन’ उनले भने, ‘सरकार त आउँछन् जान्छन् तर, दुई...
काठमाडौं, १ माघ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वैशाखमा चुनाव नभए प्रधानमन्त्री केपी शर्मा ओलीलाई देशमा बस्नै नसक्ने बनाइदिने चेतावनी दिएका छन् । उनले अदालतले संसद पुनःस्थापना नगरेमा वैशाखमा चुनावको विकल्प नभएको बताए । वैशाखमा चुनाव गराउन नसके ओलीलाई देशमै बस्न नसक्ने गरी काँग्रेसले धक्का दिन्छ, पर्वतमा शहीद हरिदत्त तिवारीको १८ औं स्मृति सभामा सहभागी हुन पुगेका देउवाले भने । उनले अदालतको फैसला पर्खेको र त्यसपछि काँग्रेसले थप निर्णय...
काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीमाथि अनुशासनको थप कारबाही गर्नुपर्ने अवस्था आएको बताएका छन् । प्रतिनिधिसभा विघटन गरेर वैशाख १७ र २७ मा मध्यावधि घोषणा गरेपछि सत्तारुढ नेकपा दुई समूहमा विभाजित भएको छ । विघटनलाई असंवैधानिक भनेको प्रचण्ड–माधव समूहले बहुमत केन्द्रीय सदस्यहरुको बैठक राखेर ओलीलाई अध्यक्षबाट हटाएर नेपाललाई अध्यक्ष बनाएको छ । यस्तै संसदीय दलको नेताबाट ओलीलाई हटाएर पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ । ...
काठमाडौं, पुस २९ गते । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेची महाकाली रेलमार्गअन्तर्गत बाराको निजगढमा विद्युतीय रेलमार्गका लागि निजी जमीनमा पिलर गाडेपछि स्थानीयवासीले अवरोध खडा गरेका छन् । सो विद्युतीय रेलमार्गअन्तर्गत निजगढ–हेटौँडा–भरतपुर खण्डको डिपिआर तयारीको लागि सर्भे गर्ने भनेर निजगढ आएको टोलीलाई स्थानीयवासीले बस्तीबीचबाट सर्भे नगर्ने भनी अवरोध खडा गरेका छन् । सर्भे टोलीका प्रमुख सवइञ्जिनीयर सुरज पौडेलले भने, “गाडीएको पिलरदेखि २५० मिटर पश्चिम र ५० मिटर पूर्वतर्फको बाटो भएर...
काठमाडौँ, २८ पुस: सरकराले माघ १ गते माघे सङ्क्रान्ति तथा माघी पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ । गृहमन्त्रालयले आज एक विज्ञप्ति जारी गरी नेपाल सरकार मन्त्रिपरिषद्को यही पुस २६ को निर्णयअनुसार आगामी माघ १ गते मुलुकभर लागू हुने गरी सार्वजनिक बिदा दिइएको जानकारी गराएको छ । सरकारले उक्त दिन नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, सङ्घसंस्था र विदेशस्थित नेपाली नियोगमा सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा...
काठमाडौं, २८ पौष । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको १ माघबाट हुने तीन दिने भारत भ्रमणका क्रममा छलफल हुने मुद्दामा नेपालले सीमाको एजेन्डालाई राखेपनि भारतीय पक्षले त्यसबारे कुरा नगर्ने भएको छ । भारतले यसपटकको भ्रमणमा कोभिड १९ विरुद्धको खोपबारे कुराकानी बढी केन्द्रित हुने बुझिएको छ । विश्वस्त स्रोतका अनुसार भारतले यसपटक सीमा विवादका विषयमा कुनै छलफल नगर्ने भएको हो । परराष्ट्र मन्त्रालयले आज विज्ञप्तिमार्फत् छलफलको एजेन्डामा व्यापार, पारवहन, ऊर्जा, पूर्वाधार, कनेक्टिभिटी, लगानी,...