धनुषा २१ साउन ।। नदीमा तटबन्ध निर्माणको लागि कतैबाट चासो नदेखाएका कारण नदी किनारका बस्तीका स्थानीयलाई डुबानको चिन्ताले पिरोलेको छ । गत वर्ष बस्तीमा पसेको बाढीबाट त्रसित स्थानीयले पक्की तटबन्ध निर्माण हुने आश गरेका भए पनि यो वर्ष निर्माण हुन सकेन । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१७ र १८ को भोइल, ओसरासहित देउरी, परवाह, पुनरदहिया, भराक, कपटोल, विकमपुर, गौरदाह, झौजीकटैया, धनौजीलगायतका बस्तीमा...
जनकपुरधाम ०५ साउन ।। सरकारले जयनगर–जनकपुर कुर्था रेल सेवा सञ्चालनमा आएपछि थप सेवा विस्तारको तयारी सुरु गरेको छ । सम्भवतः साउन ३० गतेदेखि रेलको थप सेवा विस्तारको सुरुवात गर्ने गरी तयारी थालिएको जनाएको छ । राष्ट्रिय गौरवको आयोजनामध्येको रेल सेवा जयनगर–जनकपुर कुर्थासम्म सञ्चालन भइरहेको रेल सेवा अब बिजलपुरासम्म थप सेवा विस्तारको तयारीमा लागेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झाले जानकारी दिए । कुर्थादेखि १७.५ किलोमिटर रेल सञ्चालनको लागि लिक (पटरी)...
रौतहट २३ जेठ ।। निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न योग्यता पुगेका नेपाली नागरिकका लागि नामावली दर्ता खुलाउँदै छ । आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै नाम दर्ता खुला गर्ने तयारी गरेको हो । स्थानीय तह निर्वाचन घोषणा भएपछि मतदाता नामावली दर्ताको कार्य रोकेको निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सकिएलगत्तै नामावली दर्ता खुलाउने तयारी गरेको हो । असार १ गते बाट नामावली दर्ता खुला गर्ने विषयमा...
बारा १५ जेठ ।। जबरजस्ती करणी गर्न खोज्ने एक पुरुषको ह-त्या आरोपमा पक्राउ परेकी नाबालिकालाई प्रहरीले यातना दिएको घटना सार्वजनिक भएको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–६, नगौल टोलकी १६ वर्षीया नाबालिका निरुता केसीलाई स्थानीय राकेशभक्त पौडेलको हत्या आरोपमा पक्राउ गरी इलाका प्रहरी कार्यालय सिमरा र जिल्ला प्रहरी कार्यालय बाराको अपराध अनुसन्धान टोलीले थुनामा राखेर यातना दिएको पीडितकी आमा दुर्गादेवी क्षेत्रीको आरोप छ । वैशाख ३० गते बिहानै राकेशको हत्या गरेको...
काठमाडौँ २६ चैत ।। मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन मङ्गलबार हुने भएको छ । मङ्गलबार सुन्दरीजलमा पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको सालिक अनावरणसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन गर्नुहुनेछ । खानेपानीमन्त्री उमाकान्त चौधरीले गोरखापत्र दैनिकसँग कुरा गर्दै खानेपानी आयोजनाको सम्पूर्ण सफाइ पूरा भएको र यही चैत २९ गते मङ्गलबार प्रधानमन्त्रीबाट उद्घाटन हुने जानकारी दिनुभयो । उहाँले उपत्यकावासीलाई मेलम्चीको पानी सहज वितरण गर्न सम्पूर्ण तयारी पूरा भएको समेत जानकारी...
सप्तरी, भदौ २९ गते । सप्तरीको कञ्चनरुप नगरपालिकाले चारवटा ल्यापटप चारजना पत्रकारलाई वितरण गरेको खुलेको छ । महालेखापरीक्षकले सार्वजनिक गरेको ५८ औं प्रतिवेदनमा सो रहस्य खुलेको हो । नगरपालिका कार्यालयले आर्थिक वर्ष २०७६।०७७ मा जानकी ट्रेडर्सबाट चार थान एच.पी. कम्पनीको ल्यापटप २ लाख ४३ हजार ८ सयमा खरिद गरि वितरण गरेको प्रतिवेदनमा उल्लेख छ । वितरण गरेको ल्यापटप पालिकाको सम्पति रहेकाले बाहिर उपयोग गर्न नमिल्ने भन्दै महालेखापरीक्षकले चारै ल्यापटप फिर्ता...
काठमाडौं, २ माघ । सरकारले आफ्नो सेवा छिटोछरितो र प्रभावकारी बनाउन भन्दै ’नागरिक एप’ सार्वजनिक गरेको छ । सिंहदरबारमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नागरिक एप शुभारम्भ गर्नुभएको हो । सरकारको डिजिटल नेपाल फ्रेमवर्कअन्तर्गत यो महत्वपूर्ण कार्यक्रम भएको मन्त्री गुरुङले बताउनुभयो । नागरिकले नागरिक एपबाट प्यान कार्डसम्बन्धी आवेदन गरी प्यान नम्बर प्राप्त गर्ने र सरकारलाई तिरेको करको विवरणसमेत मोबाइल सेटमार्फत नै जानकारी लिन सकिने सञ्चार...
२५ साउन, काठमाडौं । अंगरक्षक (पीसएओ) लाई कोरोना संक्रमण पुष्टि भएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल आइतबारदेखि आइसोलेसनमा बसेका छन् । शुक्रबार दिइएको स्वाबको रिपोर्ट आइतबार आउँदा पौडेलका पीएसओमा संक्रमण पुष्टि भएको हो । सोही दिन गरिएको परीक्षणको शनिबार प्राप्त रिपोर्ट अनुसार महासचिव पौडेलसहित अन्य सबैको नेगेटिभ आएको स्रोतले जनाएको छ । पीएसओलाई संक्रमण पुष्टि भएपछि महासचिव पौडेल आइतबारदेखिनै आफ्नै निवासमा एकान्तबास (आइसोलेसन) मा बसेका छन्...