Logo
राजनीति

सांसद पटेलद्वारा भारतीय सिमानासम्म सडक ढलानको शिलान्यास ।

-मधेश प्रदेश/संवाददाता

रौतहट, २१ बैशाख । रौतहटको परोहा नगरपालिका वडा ७ र ८ नरकटिया टोल देखि भारतीय सीमावर्ती क्षेत्र सम्म पक्की सडक ढलान कार्य सुरु भएको छ । नरकटिया गाउँ देखि पश्चिम हुदै भारतीय सीमावर्ती क्षेत्र सम्म जाने बाटोको ढलान कार्यको शुभारम्भ नेकपा (एकीकृत समाजवादी ) मधेस प्रदेश संसदीय दलका प्रमुख सचेतक एवं रौतहट निर्वाचन क्षेत्र नं २(ख) निर्वाचित प्रदेशसभा सदस्य माननीय...

विस्तृत पढ्नुहोस
गृहमन्त्रीमाथि छानबिनका लागि समिति बनाउनुपर्ने कांग्रेसको अडान कायमै

काठमाण्डौ, ०७ चैत ।। नेपाली कांग्रेसले सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि समिति गठन गर्नुपर्ने अडान दोहोर्याएको छ । प्रतिनिधि सभाको बैठक शुरु हुनेबित्तिकै कांग्रेस सांसदले उभिएर विरोध जनाएपछि बोल्न समय पाउनुभएकी कांग्रेस सांसद ईश्वरी न्यौपानेले गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न समिति गठनको माग गर्नुभयो । उहाँले अर्को बैठकसम्म समिति गठन नभएमा संसद बैठक अबरुद्ध गर्ने चेतावनी पनि दिनुभयो । पोखराको सूर्यदर्शन सहकारी संस्थाका बचतकर्ताले लामिछानेविरुद्ध पनि जिल्ला...

सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिने

काठमाडौं, ०६ चैत ।। सत्तारुढ दलहरूले आगामी आर्थिक वर्षका निम्ति तयार पारेका साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बिहान १० बजे सत्ता साझेदार दलहरूले तयार पारेका न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का दुई–दुई जना नेता...

विश्वासको मत पाएपछि प्रधानमन्त्री प्रचण्डको प्रतिक्रिया : नयाँ उर्जाका समृद्धिको मार्गचित्रमा पूर्णरुप खर्चिनेछु

काठमाडौं, ३० फागुन ।। प्रधानमन्त्री पुष्पकमल दाहालले तेस्रोपटक विश्वासको मत प्राप्त गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मत प्राप्त गरेपछि प्रधानमन्त्री दाहालले आफूले गरेको वाचाअनुसार नयाँ उर्जाका साथ सुशासन, सामाजिक न्याय, समृद्धि र विकासको मार्गचित्रमा पूर्णरुप खर्चिने प्रतिबद्धता व्यक्त गरेका छन् । विश्वासको मत प्राप्त गरेपछि प्रधानमन्त्री दाहालले फेशबुकमार्फत लेखेका छन्– प्रतिनिधिसभाबाट विश्वासको मत दिनुहुने सत्ता सहयात्री दल लगायत सम्पूर्ण राजनीतिक दलमा आवद्ध र स्वतन्त्र रूपमा क्रियाशील माननीय सांसदज्यूहरूमा हार्दिक...

मन्त्रिपरिषद् विस्तारको तयारीः स्वास्थ्यमा राजकिशोर र वनमा दीपक कार्की

काठमाडौं, २४ फागुन ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । जनता समाजवादी पार्टीलाई सरकारमा सहभागी गराउन प्रचण्डले दुई मन्त्रालय खाली राखेका थिए । जसपा सरकारमा सहभागी हुन सहमत भएपछि मन्त्रिपरिषद् विस्तार हुने भएको हो । जसपाले राजकिशोर यादव र दीपक कार्कीलाई मन्त्री बनाउन लागेको छ । स्वास्थ्य तथा जनसंख्यामा यादव र वन मन्त्रालयमा कार्कीलाई जिम्मेवारी दिने तयारी रहेको बताइएको छ ।

सरकारमा सहभागी हुने जसपाको अन्तिम तयारी

काठमाडौं, २३ फागुन ।। जनता समाजवादी पार्टी (जसपा) सरकारमा सहभागी हुने भएको छ । एमाले–माओवादी गठबन्धन बनेपछि बुधबार भएको मन्त्रिपरिषद् विस्तारमा जसपा सरकारमा सहभागी भएको थिएन । जसपा सरकारमा सहभागी नभएपछि राजनीतिक बृत्तमा अनेक आशंका उब्जिएको थियो । अन्ततः सजपा सरकारमा जान तयार भएको हो । जसपाले दुई वटा मन्त्रालय पाउने बताइएको छ । जसपाले स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा राजकिशोर यादव र वन मन्त्रीमा दीपक कार्कीलाई पठाउने तयारी गरेको छ...

प्रधानमन्त्री प्रचण्डद्वारा मन्त्रिपरिषद् विस्तार, नवनियुक्त मन्त्रीहरुले लिए शपथ

काठमाडौं, २३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार गरेका छन् । आज (बुधबार) प्रधानमन्त्री प्रचण्डले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी) लाई साथमा लिएर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले एमालेका ८, रास्वपाका ४, माओवादीका ५, र एकीकृत समाजवादीका २ मन्त्रीजना गरी १९ जना मन्त्री नियुक्त गरेका हुन् । योसँगै मन्त्रिपरिषद्को संख्या २० पुगेको छ । नेपाल कम्युनिष्ट पार्टी...

कवाडी माथिको ज्यादती नरोकिए काठमाडौं छोड्ने दिन आउला मेयर बालेनलाई सांसद साहको चेतावनी

रौतहट, २० फाल्गुन। संघीय संसद किरण साहले काठमाडौ‌ महानगर प्रमुख बालेन्द्र साह (बालेन)ले कवाडीहरुमाथि गरिरहेको ज्यादती नरोकिएमा काठमाडौँ नै छोड्न सक्ने अवस्था आउने चेतावनी दिएका छन्। काठमाडौंस्थित कवाड व्यवसायीहरुको प्रदर्शनमा सहभागी हुँदै सांसद साहले आन्दोलनलाई सिंगाे नेकपा एमाले पार्टीले साथ सहयोग समर्थन गर्ने प्रतिवद्धता जनाएका छन्। महानगरपालिकाले कवाडीहरुमाथि गरेका ज्यादती विरुद्ध आइतबार कवाड व्यवसायीहरुले दोश्रो दिन सड़क प्रदर्शन गरेका छन्। महानगरको हस्तक्षेविरुद्ध गरिएको प्रदर्शनलाई सम्बोधन गर्दै सांसद साहले देशमा हरेक...

एमाले समाजवादी मोर्चामा आउने सम्भावनालाई इन्कार गर्नुहुन्नः विप्लव

काठमाडौं, १६ फागुन ।। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेकपा (एमाले) समाजवादी मोर्चामा आउने सम्भावना प्रवल रहेको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले वामपन्थी धारहरुलाई एक ठाउँमा ल्याउने पहल भइरहेको बताएका हुन् । उनले अहिले मोहन विक्रम सिंह नेतृत्वको मसालसँग समाजवादी मोर्चामा आउनेबारेमा छलफल भइरहेको र छिट्टै एमालेसँग पनि छलफल हुने बताए । उनले केही...

माओवादी बैठक : को–को बन्दैछन् इन्चार्ज ?

काठमाडौँ, १५ फागुन ।। नेकपा माओवादी केन्द्रमा विभिन्न प्रदेश र कमिटीहरूको कार्यविभाजन गर्ने विषयमा सहमति नजिक पुगेको छ । मंगलबार बसेको पार्टीको स्थायी समिति बैठकमा जनप्रतिनिधिहरूले स्थानीय पालिका, प्रदेश सांसदहरूले प्रदेश तथा संघीय सांसदहरू सभा तथा ऐन कानुन निर्माणमा बढी केन्द्रित हुने गरी कार्यविभाजन गर्ने विषयमा सहमति नजिक पुगेको हो । यसअनुसार कोशी प्रदेशको इन्चार्जमा हरिबोल गजुरेल, मधेस प्रदेशमा लीलामणि पोखरेल, बागमतीमा अग्नि सापकोटा, गण्डकीमा दीनानाथ शर्मा, लुम्बिनीमा चन्द्रप्रकाश खनाल,...

राप्रपाले प्रधानमन्त्रीलाई बुझाएको ४० बुँदे मागपत्रमा के छ? (पूर्णपाठ)

काठमाडौं, ९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुधबार दिउँसो भेटेर ४० बुँदे माग पत्र बुझाएको छ। बुधबार दिउँसो राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको केन्द्रीय प्रतिनिधिमण्डलले प्रधानमन्त्री प्रचण्डलाई भेटेर ४० बुँदे मागपत्र बुझाएको हो। २०५२ फागुन १ गतेदेखि जनयुद्ध सुरु गर्दा पनि तत्कालीन माओवादीले प्रधानमन्त्री शेरबहादुर देउवालाई ४० बुँदे नै ज्ञापन पत्र बुझाएको थियो। भेटमा राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई आफ्नो पार्टीका धारणासहितको ज्ञापनपत्र बुझाएको हो।...