राकेश यादव- चैत्र ८ रौतहट- जिल्ला कारागार कार्यालय रौतहट गौरमा बन्दी जीवन विताई रहेका विभिन्न मुद्दाका कैदी बन्दीहरुलाई सस्ती भोग्नु परिरहेको छ । कारागारमा क्षमता भन्दा बढ़ी कैदी भएको कारण उनीहरुलाई कस्टपूर्ण जीवन विताउनु पर्ने बाध्यता सृजना भएको हो । जिल्ला कारागारमा रहेका कैदी बन्दीहरुको साथ मानव अधिकारको उलंघनको कार्य भैरहदा सम्वन्धित निकायले जेलको व्यवस्थापनमा ध्यान दिन नसकेको गुनासो उनीहरुको...
रौतहट २७ फाल्गुन- जिल्ला कारागार कार्यालय रौतहटमा कैद भुकतान गरी रहेका एक जना कैदी जेलरको अनुमति बेगर घर जादै गर्दा मोटर साइकल दुर्घटनामा परी घाइते भएका छन । लागू औषध ब्राउन सुगर कारोबार मुद्दामा कसूरदार सावित भई रौतहट जिल्ला अदालतबाट १५ वर्ष कैद तथा ५ लाख नगद जरिवाना भएका कैदी बारा जिल्लाको भाटिनिया निवासी पवन यादव मोटर साइकल दुर्घटनामा घाइते भई उपचारको लागि परवानीपुर ५ मा रहेका एल एस न्यूरो...
रौतहट, २१ फाल्गुण । रौतहटको वृन्दावन नगरपालिकाले वडा कार्यालयहरुबाट नै सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको छ । ज्येष्ठ नागरिक तथा शारीरिक रुपमा अशक्तलाई बैंकसम्म आएर भत्ता बुझ्न निकै समस्या हुने भएपछि वृन्दावन नगरपालिकाले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता बाँड्न सुरु गरेको हो । नगरपालिकाभित्रका सबै वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण थालिएको नगर प्रमुख विनोद प्रसाद कुर्मीले बताएका छन् । बैंक टाढा रहेको कारण टाढाको वडाबाट बैंकमा भत्ता लिन...
रौतहट, १२ फाल्गुन । नेपाल विद्युत प्राधिकरण, मौलापुर वितरण केन्द्रले केन्द्र अन्तर्गतका सम्पूर्ण सेवा बन्द गरेको छ । गत (फागुन) ५ गते केन्द्रमा कार्यारत सहायक इन्जिनियर महेन्द्रप्रसाद चौधरीलाई कुटपिट गर्नेमाथि केही कारबाही नभएको भन्दै अत्यावश्यक बाहेक सबै सेवा बन्द गरेको हो । कार्यालयको परिसरभित्र त्रिभुवन शाह उर्फ अमरलाल साह र धिरज पाण्डेका नेतृत्वमा आएका २०/३० जनाका समूहले गैरकानूनी रुपमा डाइरेक्ट (हुकिङ) लाइन जडान नगरेको भन्दै इन्जिनियरमाथि कुटपिट गरेका थिए ।...
रौतहट, ०४ फागुन । रौतहट जिल्लाको सीमावर्ती क्षेत्रमा शान्ति सुरक्षाको लागि खटाइएको नेपाल प्रहरी र सशस्त्र प्रहरीले तस्करी गराउनमा व्यस्त रहेको देखिएको छ । जिल्लाको बंकुल र नरकटिया एरियाबाट व्यापक रूपमा विभिन्न सामाग्रीहरू ओसारपसार भइरहेको छ । जिल्लाकै दोस्रो छोटी भन्सारको रूपमा बंकुल स्थित रहेको छ । तर त्यहाँ भन्सार कार्यालय भएपनि नेपाल सरकारले कर्मचारी नखटाएकोले त्यसको दोहोरो फैदा सुरक्षाको जिम्मेवारी पाएका सशस्त्र प्रहरी बल नेपाल पोष्ट आउट सरमुजवाका प्रहरी...
रौतहट, ०२ फाल्गुन । विगत केही दिनदेखि रौतहटको वृन्दावन नगरपालिकाका विवाद सहमतिमा पुगेको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय गौरमा बृन्दावनका सबै दलका नेता तथा कार्यकर्ताहरु बसेर छलफल गरी सहमति तर्फ लागेको हो । विवादका कारण गत शुक्रबार नदी उत्खनन गर्ने बिषयलाई लिएर ठूलो आन्दोलन र झडप समेत भएको थियो । झडपमा ४ जना नगरपालिकाका कर्मचारी र २ जना काँग्रेसका कार्यकर्ता घाइते भएका थिए । सत्ता पक्षलाई मुख्य दोषी बनाएर...
बिमलेश कुमार झा, फागुन ०२ ,रौतहट— सरकारी गाडी दुरुपयोग भइरहेको जनगुनासो नयाँ होइन । उहिलेदेखि अहिलेसम्म पनि सरकारी कर्मचारी देखि जनप्रतिनिधिहरुले सरकारी गाडी दुरुपयोग गरिरहेका छन् । जनताको पसिनाबाट उठेको करबाट लाखौँ करोडौँ मूल्यको गाडी किनेर जनप्रतिनिधि र कर्मचारीहरू आफ्नो घरायसी प्रयोजनमा समेत प्रयोग गरिरहेका छन् । सरकारी कामकाजबाहेक अन्य काममा प्रयोग गर्न नपाइने सरकारी गाडीको मौलापुर नगरपालिकाले दुरुपयोग गरेको पाइएको छ। मौलापुर नगरपालिकाको नगरप्रमुख रिना साह चढ्ने गाडीलाई पूर्व...
बिमलेश कुमार झा- रौतहट, २६ माघ । रौतहट-बौधिमाई नगरपालिकाको छैटौ नगरसभा बिहिबार सम्पन्न भएको छ । नगरपालिकाले विभिन्न बाधा अवरोधले गर्दा असाढ १० मा हुने निति तथा कार्यक्रम बिहीबार सम्पन्न गरेको छ । रौतहटको बौधिमाई नगरपालिकाको नगरप्रमुख प्रदिप यादवले गत असाढ १० गतेका दिन गरेको नगर सभा गणपुरक संख्या अपुग भएकाले रद्द भएका थिए। तत्पश्चात विभिन्न जनप्रतिनिधिहरुको आपसी असन्तुष्टिका कारण अहिलेसम्म नगरसभामा ढिलाइ भएको उपस्थित जनप्रतिनिधिहरुले बताएका छन्। `ढिलो भयो...
जनकपुरधाम, माघ २० गते । यातायात व्यवस्था कार्यालय जनकपुरमा सेवाग्राहीसँग बार्गेनिङ्ग गर्दै गर्दा एकजना बिचौलिया पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको सोनमा गाउँपालिका ४ बस्ने ३० वर्षीय आदित्य यादव रहेकाृे जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । जनकपुरधाम उपमहानगरपालिका १४ स्थित रहेको यातायात कार्यालयमा आउने सेवाग्राहीहरुलाई काम छिटो छरिटो गराइदिन्छु भनि आर्थिक लाभ लिई बिचौलियाको काम गरि रहेको गोप्य सूचनाको अधारमा शुक्रबार दिउँसो करिब १ बजे सेवाग्राहीहरूसँग वार्गेनिङ गरिरहेको...
रौतहट, १७ माघ - गाई र भैँसीको बोसो प्रयोग गरी घ्यू बनाएर बिक्री गर्दै आएका दूध डेरी पसलमा रौतहट प्रहरीले मंगलवार छापामारी गरेको छ । रौतहट जिल्लाको गौर नगरपालिका– ५ स्थित विगत ४ वर्ष देखि सञ्चालनमा रहेको फूलतारा डेरी उद्योगमा नेपाल प्रहरी र जिल्ला प्रसाशन कार्यालयको टोलीले छापामारी गरेको हो । खाद्य वस्तुमा अखाद्य पदार्थ मिसावट गरी दूध ,दही , घ्यू , मिठाई बिक्री वितरण गरिरहेको प्राप्त भएको सूचनाको आधारमा...
रौतहट, ०४ माघ । रौतहटको एक गैरसरकारी संस्थाले विदेशी दातृ निकायको रकम अनियमितता गर्न हैण्डपाइपन (कल) जडानको नाममा सर्वसाधारणसंग अनाधिकृत रुपमा रकम असुली धन्दामा लागेको पाइएको छ । सन् १४४४ AH को लागि नेपालमा कुवा खन्ने परियोजना एक अल रेयान शैक्षिक तथा परोपकारी केन्द्र नेपाल नामक संस्थालाई नि:शुल्क रुपमा हैण्डपाइप जडान गर्नुपर्नेमा प्रतिबद्धता साथ ईनार/नविर मोहसेन अल महरीद्वारा गरिब, असहाय, मजदुर र अति विपन्न परिवारका लागि शुद्ध बिना आर्सेनिक भएको...