Logo
विशेष

चुनावअघि चीनबाट उच्च तहको भ्रमण हुँदै

-मधेश प्रदेश/संवाददाता

काठमाडौँ १७ भदौ ।। नेपालमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको चहलपहल भइरहेको बेलामा उत्तरी छिमेक चीनबाट उच्चतहको भ्रमण हुन लागेको छ । चीनका राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुले नेपालको तीन दिने भ्रमण गर्न लागेका हुन् । परराष्ट्र मन्त्रालय र संघीय संसद सचिवालयको स्रोत अनुसार सीले भदौ २७ देखि २९ सम्म तीन दिनेसम्म नेपालको भ्रमण गर्न लागेका हुन् । उनी प्रतिनिधिसभाका सभामुख...

विस्तृत पढ्नुहोस
तालाबन्दी र हड्तालले विश्वविद्यालय सुध्रिदैन, संवादबाट समाधान खोज्‍नुपर्छ : प्रधानमन्त्री

काठमाडौं १७ भदौ ।। प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालयमा तालाबन्दी र हड्ताल नगर्न आग्रह गरेका छन् । शुक्रबार शंकरदेव क्याम्पसको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले तालाबन्दी, हड्ताल गरी अध्ययन अध्यापनमा अनावश्यक हस्तक्षेप नगर्न सम्बद्ध पक्षलाई आग्रह गरेका हुन् । देउवाले भने, 'तालाबन्दी गर्ने, हड्ताल गर्ने, अध्ययन अध्यापनमा अनावश्यक हस्तक्षेप गर्ने जस्ता कार्यले विश्वविद्यालयलाई फाइदा पुग्दैन । सम्बन्धित पक्ष बसेर समस्याको समाधान निकालिनुपर्छ । गुणस्तरीय शिक्षाको विकासका लागि विश्वविद्यालयको भूमिका अग्रणी...

चोलेन्द्रले सीमाबाहिर गएर बोल्न खोज्नुभयो : विश्वकर्मा

काठमाडौं १५ भदौ ।। महाभियोग सिफारिस समितिका सदस्य तथा नेपाली काँग्रेसका सचेतक मिनबहादुर विश्वकर्माले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले उनीमाथि गरिएका प्रश्नहरुको जवाफ दिने क्रममा सीमबाहिर गएर बोल्न खोजेको आरोप लगाएका छन् । समितिमा बयानका क्रममा आफ्नो प्रतिरक्षा गर्दै राणाले राजनीतिक रूपले नियुक्ति भएका न्यायाधीशहरूका कारणले आफूले एकमतले निर्णय गर्न नसकेको कुरा राखेका थिए । राणाले आफ्नो दोष अरूको टाउकोमा पन्छाउन खोजेपछि आफूहरूले संविधानको धारा १३६ का अनुसार न्यायपालिकामा भएका...

किन नेपाल आउँदैछन् भारतीय सेनापति पाण्डे

काठमाडौं १४ भाद्र ।। भारतका स्थल सेनाका प्रधानसेनापति मनोज पाण्डे नेपाल आउनलाग्दा चासो बढेको छ । १९ भाद्र देखि २३ भाद्रसम्म नेपाल रहने पाण्डेले राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ सेनापतिको दर्जा प्राप्त गर्नेछन् । नेपाली सेना र भारतीय सेनाका प्रमुखहरु एक अर्का देशको सेनाको मानार्थ सेनापति रहने परम्परा रहँदै आएको छ । यसअघि प्रधानसेनापतिका रुपमा नेपाली सेनाको कमाण्ड सम्हालेपछि प्रभुराम शर्माले भारतका तत्कालीन राष्ट्रपति रामनाथ कोविन्दबाट मानार्थ सेनापतिको दर्जा...

संक्रमणकालीन न्यायलाई फौजदारी कानुनको आँखाले मात्र हेर्नु हुँदैन : कानुनमन्त्री शर्मा

काठमाडौं १३ भदौ ।। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले संक्रमणकालीन न्यायलाई फौजदारी कानुनको आँखाले मात्र हेर्न नहुनेमा जोड दिएका छन् । उनले विस्ततृ शान्ति सम्झौता, सर्वोच्च अदालतको आदेश र संविधान अनुसार संक्रमणकालीन न्याय टुङ्गो लगाउनुपर्ने बताए । सोमबार प्रतिनिधिसभा बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयकको सैद्धान्तिक पक्षमाथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले गम्भीर...

अनाथ तथा टुहुरा बालबालिका बिच पत्रकार पटेलले मनाए जन्मदिन

रौतहट, १३ भदौ ।। जिल्लाका चर्चित युवा पत्रकार अभिमनु कुमार पटेलले आफना जन्मदिन फरक किसिमले मनाएका छन् । उच्च ओहोदामा पुगेका व्यक्तिले खासगरी आफना वा आफन्तको जन्मदिन होटलमा ठुल ठुला व्यक्तिलाई आमन्त्रित गरी लाखौंको भोतभतेर गरेर मनाउने आजकाल चलन नै चलेको छ । समाजमा अलि नाम कमाएका व्यक्तिहरुले आफना जन्मदिन कर्मचारी, सुरक्षा निकायका प्रमुख, मेयर, सांसद, मन्त्री लगाएत ठुलठुला व्यक्तिहरुसँग मनाई लाखौं रुपैया फजुल खर्च गर्ने गरेका छन तर रौतहटमा...

कानून निर्माणमा संघीय सरकारले सहयोग नगरेको प्रदेश सभा सचिवहरूको गुनासो

काठमाडौं १२ भदौ ।। प्रदेश सभाका सचिवहरुले प्रदेशलाई अहिलेकै अवस्थामा सञ्चालन गर्दा संघीयता प्रभावकारी बन्न नसक्ने गुनासो गरेका छन् । उनीहरुले नयाँ अभ्यास भएकाले राजनीतिक, प्रशासनिक र वित्तिय संघीयताका विषयमा शुक्ष्म विश्लेषण गर्नुपर्ने आवश्यकता रहेको औँल्याए । दिगो विकासको मुख्य कडीको रुपमा रहेको सुशासन कायम गर्ने÷गराउने सवालमा कतिपयले संघीय संरचनालाई नै दोष दिने गरेको प्रशंगमा उनीहरुले तीनै तहका सरकारको कार्य सञ्चालन प्रक्रियामा नै समीक्षा आवश्यक रहेको बताएका हुन् । सर्वाङ्गिण...

एमाले केन्द्रीय कमिटीको बैठक : राजनीतिक प्रतिवेदनमाथि समूहगत सुझाव दिन सुरुएमाले केन्द्रीय कमिटीको बैठक : राजनीतिक प्रतिवेदनमाथि समूहगत सुझाव दिन सुरु

काठमाडौं ११ भदौ ।। नेकपा एमाले केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । शुक्रबारको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र उम्मेदवार चयनका लागि प्रस्तावित मापदण्डको बारेमा छलफल गर्न विभिन्न नौ समूह विभाजन गरिएको थियो । आजको बैठकमा ९ वटा समूहकातर्फबाट राजनीतिक प्रतिवेदनमाथि सुझावहरू राख्ने क्रम सुरु भएको एमाले प्रचारविभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । शुक्रबार अध्यक्षको राजनीतिक प्रतिवेदनका साथै सल्लाहकार परिषद्को प्रतिवेदन, अनुशासन आयोगको प्रतिवेदन, लेखा...

महाअभियोग सिफारिस समितिले माग्यो जबराविरुद्धका प्रमाण

काठमाडौ १० भदौ ।। संसदको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्धका आरोपका प्रमाणहरू माग गरेको छ । समितिको सचिवालयले शुक्रबार सार्वजनिक सूचना जारी गरि तीन दिनभित्र प्रमाण तथा कागजात उपलब्ध गराउन सरोकारवाला व्यक्ति र निकायलाई आग्रह गरेको हो । समितिको ८ भदौको बैठकले महाअभियोग लगाइएको आरोपसँग सम्बन्धित विषयमा सरोकारवालासँऊ प्रमाण, कागजात माग गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार समितिले प्रमाण र कागजात माग गरेको हो । समितिको...

मधेश प्रदेश प्रमुख मिश्रका छोरालाई जेल

न्युज डेस्क ०२ भदौ ।। मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्रका छोरा मनिष मिश्रलाई एक बर्ष कैद सजाय गरिएको छ । उनले जनकपुरधाम उप–महानगरपालिकाबाट बल्व खरिदमा सरकारी कर्मचारीलाई प्रभावमा पारेको भन्दै प्रदेश प्रमुख मिश्रका छोरा तथा सत्या इन्टरप्राइजेजका सञ्चालक मिश्रलाई भने एक वर्ष कैद सजाय तोकिएको छ । उनलाई भ्रष्टाचार निवारण ऐनको दफा ८(४) बमोजिमको कसूर गरेको विशेष अदालतको ठहर छ । जनकपुरधाम उपमहानगरपालिका नगर कार्यपालिकाले आर्थिक वर्ष ०७४/०७५ मा विद्युतीय...

के चीनले अनुदानमा केरुङ-काठमाडौं रेलमार्ग बनाइदेला

काठमाडौं २६ साउन ।। केरुङ-काठमाडौं रेलमार्ग फेरि चर्चामा पुगेको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काको चीन भ्रमणका बेला केरुङ काठमाडौं रेलमार्ग सम्भाव्य अध्ययनका लागि अनुदान सहयोगको प्रतिवद्धता आएको छ । विभिन्न शिर्षकमा अनुदानको प्रतिवद्धता भएकोमा १५ अर्ब रुपैयाँमध्ये अधिकांश रेलमार्ग अध्ययनका लागि छुट्याइने बुझिएको छ । नेपाल चीन सहमतिमा रेलमार्गबारे उल्लेख छ । रेलमार्गको अध्ययनका लागि चीनले अनुदान सहयोग दिएपनि निर्माणमा अनुदान सहयोग गर्छ कि गर्दैन ? चासो बनेको छ...