काठमाडौं, माघ ३ । नेपाल विद्युत प्राधिकरणले आज उपत्यकाका विभिन्न २१ ठाउँमा विद्युत भार कटौती हुने जनाएको छ। प्राधिकरणले सटडाउन तालिका सार्वजनिक गर्दै विद्युत कटौती क्षेत्र र समयबारे जानकारी गराएको छ । प्राधिकरणले बुढानिलकण्ठ सवस्टेशन, महाराजगञ्ज तथा पुल्चोक वितरण केन्द्रबाट करिब २१ ठाउँमा आज अवरुद्ध हुने जनाएको छ। मर्मतको काम समय अघि नै सकिएमा पूर्ववतरुपमै विद्युत आपूर्ति हुने पनि प्राधिकरणले...
काठमाडौं, २ माघ । सरकारले आफ्नो सेवा छिटोछरितो र प्रभावकारी बनाउन भन्दै ’नागरिक एप’ सार्वजनिक गरेको छ । सिंहदरबारमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नागरिक एप शुभारम्भ गर्नुभएको हो । सरकारको डिजिटल नेपाल फ्रेमवर्कअन्तर्गत यो महत्वपूर्ण कार्यक्रम भएको मन्त्री गुरुङले बताउनुभयो । नागरिकले नागरिक एपबाट प्यान कार्डसम्बन्धी आवेदन गरी प्यान नम्बर प्राप्त गर्ने र सरकारलाई तिरेको करको विवरणसमेत मोबाइल सेटमार्फत नै जानकारी लिन सकिने सञ्चार...
२५ साउन, काठमाडौं । अंगरक्षक (पीसएओ) लाई कोरोना संक्रमण पुष्टि भएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल आइतबारदेखि आइसोलेसनमा बसेका छन् । शुक्रबार दिइएको स्वाबको रिपोर्ट आइतबार आउँदा पौडेलका पीएसओमा संक्रमण पुष्टि भएको हो । सोही दिन गरिएको परीक्षणको शनिबार प्राप्त रिपोर्ट अनुसार महासचिव पौडेलसहित अन्य सबैको नेगेटिभ आएको स्रोतले जनाएको छ । पीएसओलाई संक्रमण पुष्टि भएपछि महासचिव पौडेल आइतबारदेखिनै आफ्नै निवासमा एकान्तबास (आइसोलेसन) मा बसेका छन्...