गत साता अफगानिस्तानको सर्वोच्च अदालतका दुई जना महिला न्यायाधीशहरुको हत्या भएको छ । यो घटनाले संसारभरिकै अदालतका न्यायाधीशहरुमा आतंक मच्चिएको हुन सक्छ । न्यायाधीश भनेको एक पक्षलाई मुद्दा जिताउने र अर्को पक्षलाई मुद्दा हराउने जिम्मेवारी बहन गर्ने व्यक्ति हो । त्यसैले न्यायाधीशप्रति मुद्दा हार्ने पक्ष असन्तुष्ट बन्नु स्वाभाविक हुन्छ । अझ हार्ने पक्ष अपराधिक मनोवृत्तिको रहेछ भने अफगानिस्तानकै जस्तो घटना...
मस्को — रुसले विपक्षी नेता नाभाल्नीको रिहाइका लागि अन्तर्राष्ट्रिय समुदायले गरेको आग्रह अस्वीकार गरेको छ । मस्कोले नाभाल्नीले विशाल विरोधका लागि गरेको आह्वान राष्ट्रको हितमा नभएको भन्दै उनलाई तत्काल रिहा गर्न नसकिने बताएकोहिरासतमा लिइनुअघि शेरेमेत्येवो विमानस्थलमा एलेक्सी नाभाल्नी तस्बिर : रोयटर्सरुसी राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभले मस्कोमा सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘हामीले आन्दोलनका लागि विपक्षी नेताले गरेका आह्वानहरूलाई सुनेका छौं । यसलाई बेवास्ता गर्न सक्दैनौं ।’करिब ५ महिना लामो उपचारपछि नाभाल्नी...
प्रीति रमण- जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले नेपालको कृषि क्षेत्रमा विदेशी लगानीलाई भित्र्याउन खोज्नु गम्भीर खालको राष्ट्रघाती काम हो भनेर आफ्नो धारणा सार्वजनिक गरिसक्नु भएको छ । हरेक क्षेत्रमा गैरजिम्मेवार काम गर्दै गइरहेको केपी ओली नेतृत्वको सरकारले नेपालको कृषि क्षेत्रमा विदेशी लगानीलाई प्रोत्साहित गर्ने तयारी गरेको छ भन्ने कुरा विशेष चर्चामा आइरहेको छ । नेपाल कृषि प्रधान देश हो । नेपालको कृषि क्षेत्रलाई उत्पादनशील बनाउन र...
आफ्नै नेतृत्वमा संविधान निर्माण गरेको नेपाली कांग्रेस यतिबेला त्यही संविधानको संरक्षणबाट चुकिरहेको छ । मुलुकमा विकसित राजनीतिक घटनाक्रममा पुरानो पार्टी कांग्रेस अहिले मझधारमा देखिएको छ । उसको आगामी कार्यदिशा के हो भन्नेमा ऊ आफैं अलमलमा देखिन्छ । सरकारले संसद विघटन गरेसँगै आन्दोलनमा जाने कि निर्वाचनको तयारी गर्ने भन्नेमा नेताहरुबीच नै अन्योल देखिन्छ । त्यसमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनःस्थापना भइहालेमा पनि कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रुपमा अघि सार्दै सरकार...
जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले केपी ओलीले प्रतिगमनको सुरुवात संविधान निमार्ण देखी नै सुरु गरेको आरोप लगाएका छन । ओली भनेको प्रतिगमन हुन्छ बुझ्दा पनि हुने उनले बताए । धनुषाको देवडीहामा आइतवार डा.लक्ष्मीनारायण सामुदायीक भवन उदघाटन कार्यक्रममा सम्वोधन गर्दै नेता महतोले केपी ओलीको टोली रक्तरञ्जीत संविधान निर्माण गरेर प्रतिगमन माथि प्रतिगमन गरेको आरोप लगाए । उनले संविधानमा उल्लेख समेत नभएका कुरालाई टेकेर ‘कु’ गरेको टिप्पणी गरे । प्रधानमन्त्रीलाई...
काठमाडौँ — नेकपा फुट्ला फुट्लाजस्तो थियो, स्थायी कमिटी बैठकमा घमासान बहस भयो, प्रधानमन्त्री केपी शर्मा ओली चेपुवामा पर्दै गए । त्यही बेला फ्याट्टै दर्ता भयो नेकपा एमाले । त्यतिखेर बैठकमा उपाध्यक्ष वामदेव गौतमले भनेका थिए, ‘प्रधानमन्त्रीलाई बा भन्नेहरूले एमाले दर्ता गराए ।’ ओली अप्ठ्यारोमा परेका बेला पार्टी फुट्छ भनेर अर्को पक्षलाई दबाबमा पार्ने यो ‘भरपर्दो’ अस्त्र थियो र कुरा हो गत भदौ ३ गतेको । नेकपा ओली समूहका नेता महेश बस्नेतले गत पुस १३...
२५ साउन, काठमाडौं । अंगरक्षक (पीसएओ) लाई कोरोना संक्रमण पुष्टि भएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल आइतबारदेखि आइसोलेसनमा बसेका छन् । शुक्रबार दिइएको स्वाबको रिपोर्ट आइतबार आउँदा पौडेलका पीएसओमा संक्रमण पुष्टि भएको हो । सोही दिन गरिएको परीक्षणको शनिबार प्राप्त रिपोर्ट अनुसार महासचिव पौडेलसहित अन्य सबैको नेगेटिभ आएको स्रोतले जनाएको छ । पीएसओलाई संक्रमण पुष्टि भएपछि महासचिव पौडेल आइतबारदेखिनै आफ्नै निवासमा एकान्तबास (आइसोलेसन) मा बसेका छन्...