मलेसिया(जोहर), असार ३० गते : गैरआवासिय नेपाली संघ मलेशियाको जोहोर क्षेत्रीय शाखाको दुई बर्षे २०१९-२०२१ कार्यकालका निम्ती यहि आउदो जुलाई २१ तारिखको अधिवेशन हुने भएको छ ।

क्षेत्रीय कमिटीको २०१७-२०१९ अध्यक्षमा रविलाल अधिकारी, वरिष्ट उपाध्यक्षमा माधव श्रेष्ठ, महिला उपाध्यक्षमा संगिता राई,उपाध्यक्षमा हरिबहादुर बस्नेत, सचिवमा अर्जुनबहादुर सिंह,सहसचिवमा युवराज ज्योति र कोषाध्यक्षमा खेमबहादुर थापा रहेका थिए भने आगामि कार्यकालका निम्ती कस्ता व्यक्त्ती आउलान भन्ने बिषयमा यतिबेला जोहोर क्षेत्रमा चुनावी माहोल तातिएको छ ।

जोहोर क्षेत्रीय शाखा गैरआवासिय नेपाली संघ मलेशियाको पहिलो शाखा रहेता पनि यस शाखाले मेलेशियामा समस्यामा परेका नेपालीहरुका निम्ती धेरै राम्रा काम हरु गरेका छन् । २०१७-२०१९ को कार्यसमितीले गत साता एक कार्यक्रमको आयोजना गर्दै कार्यकालको समिक्षा गर्दै पारिवारिक भेटघाट समेत गरेको छ । उक्त भेटघाटमा , एनआरएनएका मलेसिया अध्यक्ष खगेन्द्र न्यौपाने , एनआरएन मलेसियाका महासचिव सुन्दर आले , लगायत एन आरएन संरक्षक , नेपाली व्यवसायी साथै एनआरएनका अन्य प्रतिनिधि हरुको समेत उपस्थित रहेको थियो ।

रविलाल अधिकारीको अध्यक्षतामा रहेको जोहोर क्षेत्रीय शाखाले नेपालीका लागी नेपाली जोहोर क्षेत्रमा रहेका नेपाली व्यवशायी , नेपाली श्रमिक बिचमा पुगेर समस्याको पहिचान गर्दै समन्धित निकाय सँग पुगेर सम्स्याको हल गर्न नेपाली राजदुतावासको कन्सुलर शिविर हरुको समेत आयोजना गरेको छ । त्यस्तै मलेशियाका जेलमा रहेका केही नेपाली हरुलाई हवाई टिकट समेत प्रदान गरेको छ ।

मलेसिया जोहोरवारु क्षेत्रमा कुनै नेपाली समस्यामा परे एनआरएनए जोहोर सँग सम्पर्कमा आउन र NRNA मलेसिया जोहोर राज्य समिती को दोस्रो अधिवेशन 1/7/2019 तारिख आइतबार सप्पन्न हुदैछ त्यसैले सम्पुर्ण बुद्धिजीवी ब्यापारी श्रमिक अगुवा तथा विभिन्न क्षेत्रमा कार्यरत श्रमजीवी श्रमिक साथीहरू उपस्थिति भइ सबै सग सहकार्य गरेर मलेसिया भरी दुखमा परेका नेपाली दाजुभाइ दिदीबहिनीको बारेमा केही सोच्न सक्ने असल र राम्रो नेतृत्व छान्नका लागि भरपुर सहयोग गर्न सचीव अर्जुन सिहं अनुरागी ले अपिल गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here