रौतहट , जेठ १३ ।  विप्लव समुहको नेपाल बन्दका दिन आज बिहानै बम आतंकले रौतहटको चन्द्रनिगाहपुर बजार पूरै ठप्प भएको छ ।महेन्द्र राजमार्ग अन्र्तरगत चन्द्रनिगाहपुरको मेनचोकमा राखिएको बमले चन्द्रनिगाहपुर ठप्प भएको हो ।

सो बम इन्द्र बक्स गण चन्द्रनिगाहपुरको टोलीले करिब ९ बजे डिष्पोज गरेको थियो । प्रेसर कुकरमा राखिएको उक्त समान बम हो या होइन परिक्षणबाट मात्रै थाहा हुने जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए । बरामद सामान सेनाले परिक्षणका लागि लगेको छ ।

यता महेन्द्र राजमार्ग बन्द भएपछि करिब २ घण्टा राजमार्ग अवरुद्ध भएको थियो ।

अहिले चन्द्रनिगाहपुर बजार क्षेत्र पूरै बन्द रहेको छ । बन्दले रौतहटका सरकारी तथा निजी बिद्यालयहरु बन्द रहेका छन् । छोटाे दुरीका सवारी साधन चलेका छन् भने लामाे दुरीका सवारी साधनहरु प्रहरीको स्कर्टिङमा मात्र चलाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here