Logo

आफ्नो करोडौंको जग्गा दान गरि एकैदिन दुईवटा भवन शिलान्यास मेयर यादवले गरे



रौतहट, ०४ बैशाख। रौतहटको माधवनारायण नगरपालिकाकामा सोमबार एकै दिन दुईवटा भवनको शिलान्यास गरिएको छ । नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि नगरप्रमुख बैजनाथ प्रसाद यादवले निःशुल्क दिएको १२ कट्ठा जग्गामा निर्माण हुन लागेको नगरपालिकाको प्रशासकीय भवन र रामजानकी मन्दिरको जग्गामा निर्माण हुने विवाह भवनको शिलान्यास साेही नगरपालिकाका नगरप्रमुख यादव र उपप्रमुख निर्मला रमनले संयुक्त रुपमा गरेका हुन् ।

दोस्रो स्थानीय तहको निर्वाचनमा नगरप्रमुखमा निर्वाचित भएमा आफ्नो निजी जग्गा नगरपालिकाको स्थायी भवन निर्माणको लागि दिने भनी जनतासँग गरेको वाचा अनुसार माधवनारायण नगरपालिका– ६ माधोपुरमा मुख्य सडकखण्डसँग जोडिएको करोडौँ मूल्य बराबरको जग्गा नगरप्रमुख यादवले गत वर्ष नगरपालिकाको नाममा पास गरेका थिए ।

 

आफूले दिएको जग्गामा नगरपालिकाको भवन निर्माणको शिलान्यास गर्न पाउँदा हर्षित भएको नग प्रमुख यादवले बताए । आगामी निर्वाचन आउनुभन्दा पहिला नगरपालिका भवनको उद्घाटन गर्ने लक्ष्यसमेत रहेको उनले बताए ।

साढे तीन तला निर्माण हुने प्रशासकीय भवनको निर्माण गर्न एवं एस चाँदी देवी श्रीराम जेवी विदुर नुवाकोट निर्माण कम्पनीले ११ करोड ८८ लाख ९२ हजार २९४ रुपैयाँ ६३ पैसा करसहित २०८२–१२–२६ सम्म निर्माण गर्ने गरी स्वीकार गरेको छ ।

निर्धारित समयमा निर्माण कार्य सम्पन्न गरी जसरी भए पनि नगरपालिकालाई भवन हस्तान्तरण गर्नुपर्ने नगरप्रमुख यादवले बताए । उनले भवन निर्माण कार्यसँगै विवाह भवनको निर्माण कार्य निर्धारित समयमा सक्नुपर्ने निर्माण व्यवसायिलाई निर्देशन समेत दिएका छन् ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...