Logo
दुर्घटना / सुरक्षा

महोत्तरीमा घाँस काट्न जंगल गएकी महिला बलात्कृत

-मधेश प्रदेश/संवाददाता

महोत्तरी, १२ पुस ।। महोत्तरीको गौशालामा घास काट्न गएकी एक महिला बलात्कृत भएकी छिन् । गौशाला नगरपालिका वडा नं. १ रामनगर घर भएकी एक ३५ बर्षिया महिलामाथि बलात्कार भएको हो । ईलाका प्रहरी कार्यालय गौशालाले दिएको जानकारी अनुसार शनिवार रामनगर जंगलमा घाँस काट्न गएको समयमा सुनसान मौका छोपी स्थानिय ४३ बर्षिय विरेन्द्र यादवले बलात्कार गरेको हो ।पिडित महिलाका परिवारले ईलाका...

विस्तृत पढ्नुहोस
एक भारतीय महिलाको मिथिला माध्यमिकी परिक्रमामा बेहोस भएर मृत्यु

जनकपुरधाम २३ फागुन ।। एक भारतीय महिलाको मिथिला माध्यमिकी परिक्रमामा गर्ने क्रममा बेहोस भएर मृत्यु भएको छ । मृत्यु हुनेमा भारत बाट नेपालको १५ दिने मिथिला मध्यमा परिक्रमामा सहभागी भारत बिहारको मधुवनी जिल्ला भाईसपट्टी थाना बासुपट्टी बस्ने राजेन्द्र साहकी श्रीमती ५० वर्षीया प्रमीला देवी साह रहेकी छिन् । महोत्तरीको मठिहानी पडाव स्थलबाट जलेश्वरको लागि निस्केको परिक्रमा अन्तर्गत अज बिहान ९ बजेर १० मिनेटमा जलेश्वर नगरपालिका २ साउजीपटी नजिक पोखरीमा नुहाउने...

रौतहटमा शैलक्रिया पस्चात सुत्केरी महिलाको पेटमै चिकित्सकले छाडे स्टिच निडिल सुई

रौतहट २३ फगुन ।। रौतहटमा सुत्केरी महिलाको शैलक्रिया पस्चात पेटमै सरकारी चिकित्सकले स्टिच निडिल सुई छाडेको ठुलो लापरवाही बाहिरीएको छ । दुर्गा भगवती गाउँपालिका १ छतवनाका जितेन्द्र महतोकी १९ वर्षीय श्रीमती अम्बिका महतोको शैलक्रिया गर्ने क्रममा डाक्टरहरुले पेटमा दुईवटा स्टिच निडिल सुई छुटाएको घटना बाहिरिएको हो । रौतहटको गंगा पिपरामा रहेको सरकारी अस्पतालमा प्रसूति पीडा भएपछि अम्बिकालाई भर्ना गरिएको थियो । उनको शैलक्रियामा डा. संजितकुमार साह नेतृत्वको टोली खटिएको थियो...

ललितपुरमा ४ जना मृत फेला, थप १ जनाको उपचारको क्रममा मृत्यु

ललितपुर २३ फागुन ।। ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–वडा नम्बर ४ मा एकै घरका ४ जना मृत फेला परेका छन् । महानगरीय अपराध महाशाखाका एसएसपी बसन्त कुँवरले ४ जनाको घटनास्थल र थप एक जनाको उपचारको क्रममा मृत्यु भएको जानकारी दिए । उनका अनुसार सोमबार बिहान ४ जना घरमै शंकास्पद अवस्थामा मृत फेला परेका थिए भने थप एक जनालाई उपचारका लागि पाटन अस्पताल लगिएकामा उपचारकै क्रममा मृत्यु भएको हो । प्रहरीले घटनास्थलमा विषको...

बारामा मोटरसाइकलको ठक्करबाट वृद्धाको ज्यान गयो

बारा, फागुन १८ गते । बारामा मोटरसाइकलको ठक्करबाट एम वृद्धाको ज्यान गएको छ । ज्यान जानेमा बाराको कोल्हबी नगरपालिका ६ अधन्वा बस्ने ८३ वर्षीया भोलिया देवी थरुनी छन् । मंगलबार साँझ ७ बजे पैदल हिँडिरहेको बेलामा ना ६४प ७२४ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो । उनको उपचारको क्रममा वीरगञ्जस्थित सुर्या अस्पतालमा राति १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।...

सप्तरीमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु

सप्तरी १२ फागुन ।। करेन्ट लागेर सप्तरीमा एकजनाको ज्यानको मृत्यु भएको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढामा गए राति करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । स्थानीय ४२ वर्षीय महादेव साहको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । घर नजिककै रहेको पोखरीबाट मोटर जडान गरी नयाँ घरमा पानी पठाउने क्रममा अचानक उनलाई करेन्ट लालेको थियो । करेन्ट लागेर घाइते भएका उनलाई तत्कालै उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल ल्याउँदै...

रौतहटमा झुन्डिएर एक महिलाले गरिन आत्मा हत्या

रौतहट ०७ फागुन ।। रौतहट जिल्लाको गौरमा झुन्डिएर एक महिलाले आत्मा हत्या गरेकी छिन । दिनानुदिन युवा पिढीमा बढ्दै गएको आत्मा हत्या क्रममा महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा न.११ भरतपुर घर भएकी संजु कुमारी महतो रौतहटको गौरमा झुन्डिएर आत्मा हत्या गरेकी छिन । गौर नर्सिङ क्याम्प फार्मेसी संकायमा अध्ययनरत रहेकी महतोले गौर नपा वडा नं.५ गौरी शंकर यादव रौतहट क्याम्पसको पश्चिमपट्टि छेउमा एक घर भाडामा लिएर बस्दै आएका थिईन ।...

टुक्राटुक्रा पारेर काटिएको अवस्थामा पुरुषको शव फेला

सुनसरी, फागुन ६ गते । सुनसरीमा टुक्राटुक्रा पारेर काटिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । मान्छेको टाउको र खुट्टा झोलामा र बाँकी शरीर अन्यत्रै फेला परेको हो । धरान उपमहानगरपालिका–४ स्थित नौकिलोमा जेब्रा झोलाभित्र काटिएको टाउको र खुट्टाको भाग भेटिएको सुनसरी प्रहरीले जनाएको छ । बुधबार भेटिएको शवको अझै पहिचान हुन सकेको छैन । टाउको र खुट्टा भेटिएको स्थानभन्दा एक किलोमिटर टाढा जंगलमा शरीरका अरु भाग र भेटिएको...

रौतहटमा ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु

रौतहट ०६ फागुन ।। रौतहत जिल्लाको दुर्गा भगवती गाँउपालिकामा सवारी दुर्घटनामा ट्याक्टरको ठक्करबाट मोटरसाइकल सवार एकजनाको मृत्यु भएको छ । जिल्लाको दुर्गा भगवती गाँउपालिका वडा नं. २ कर्बोलमा बिहीबार बेलुकी भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । मृतकको अहिले सनाखत हुन सकेको छैन् । पिप्राबाट सुकदेवचोकतर्फ जाँदै गरेको ना २ त ८६०५ नम्बरको ट्रयाक्टरले बिपरित दिशाबाट आउँदै गरेको भारतीय नम्बरको मोटरसाईकललाई ठक्कर दिएको...

मुलुकभर ७ सय ८० ठाउँमा नयाँ चौकी स्थापना गर्न माग, १० हजार दरबन्दी थप्न प्रस्ताव

काठमाडौं ०५ फागुन ।। दिनहुँ अपराधका घट्ना बढेसँगै देशभरबाट नयाँ चौकी स्थापनाका गरि १० हजार दरबन्दी थप्न प्रस्ताव लागि प्रहरी प्रधान कार्यालयलाई दबाव बढेको छ । गएको साता सिन्धुलीबाट आएको एउटा समूहले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई भेटेको थियो । उनीहरु नयाँ चौकी स्थापनाको प्रस्ताव राखेर फर्किए । नयाँ चौकी स्थापनाका लागी दिनहुँ माग आउने गरेको बताउँछन् प्रहरी प्रवक्ता एसएसपी विष्णु केसी । उनी भन्छन्– ‘दिनहुँ माग आउने गरेको छ...

स्कुटर दुर्घटना हुँदा सर्लाहीमा धनुषाका एकजनाको ज्यान गयो

सर्लाही ०४ फागु ।। सर्लाहीमा स्कुटर दुर्घटना हुँदा धनुषाको कजनाको ज्यान गएको छ । ज्यान जानेमा धनुषाको मिथिला नगरपालिका–६, ढल्केवर बस्ने ६० वर्षीय रामलाल पाख्रिन छन् । पाख्रिन सवार ज १२ प ३८०३ नम्बरको स्कुटर लालबन्दी नगपालिका–९, स्थित भित्री सडक खण्डमा दुर्घटना भएको इलाका प्रहरी लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए । प्रहरीका अनुसार स्कुटर दुर्घटनामा परेर गम्भीर घाइते भएका पाख्रिनको उपचारका क्रममा विराटनगर अस्पतालमा मृत्यु भएको हो ।...