Logo
राजनीति

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

-मधेश प्रदेश/संवाददाता

काठमाडौं,२५ मंसिर ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सत्तारुढ दलहरुको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको हो । एनसेल प्रकरण,राष्ट्रिय सभामा भागबण्डा, सुन प्रकरण, टिआरसी विधेयक लगायत विषयमा छलफल गर्न बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । माघ ११ गते हुने १९ सदस्य राष्ट्रियसभा निर्वाचनका लागि दलीय भागबण्डा नजिक पुगे पनि कसले कति पाउनेमा निष्कर्षमा पुगेको...

विस्तृत पढ्नुहोस
गठबन्धनबाट उपेन्द्र यादव बाहिरिने भएपछि प्रचण्डको सचिवालयको यस्तो टिप्पणी

काठमाडौं, २१ असोज । जनता समाजवादी पार्टी, नेपाल सत्ता गठबन्धनबाट बाहिरिने भएको छ । आजको बैठकमा जसपा अनुपस्थित् छ । जसपा गठबन्धनबाट बाहिरिने भएपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले आक्रोश पोखेको छ ।दाहालकी स्वकिय सचिव गंगा दाहालले फेशबुकमार्फत प्रतिगमन पूरै परास्त नहुँदासम्म गठबन्धन कायमै राख्नुपर्नेमा जोड दिएकी छिन् । उनले लेखेकी छिन्-गठबन्धन कुनै राजनीतिक लाभहानी भन्दा पनि प्रतिगमनविरुद्ध संविधानको रक्षा र अग्रगमनका पक्षमाआम नेपाली जनताको मतको सम्मान...

जसपा गठबन्धनबाट बाहिरियो, अब चार दलबीच मात्रै सिट बाँडफाँटमा सहमति हुने

काठमाडौं, २१ असोज । सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएको छ । अहिले बालुवाटारमा जारी सत्ता गठबन्धनको बैठकमा जसपाका नेताहरु सहभागी छैनन् । जसपाका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुलाई फोन गरेर आफ्नो पार्टी गठबन्धनबाट बाहिरिएको जानकारी गराएका थिए । प्रचण्डकी स्वकिय सचिव गंगा दाहालले जनाएअनुसार आज सत्ता गठबन्धनमा जसपाबाहेक चार दलबीच मात्रै सिट बाँडफाँट हुनेछ । जसपाले गठबन्धनमा २५ सिटमा दाबी गरेको थियो । तर,...

एकीकृत समाजवादीका नेता-कार्यकर्ता एमालेमा प्रवेश

नेकपा (एकीकृत समाजवादी)का युवा नेता केशव चौधरी एमालेमा प्रवेश गरेका छन । उनीसँगै एकीकृत समाजवादीका ६ जना वडा अध्यक्षका प्रत्यासीसहितका नेता कार्यकर्ता पनि एमालेमा प्रवेश गरेका हुन । एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चौधरी लगायत नेताहरूलाई बिहीबार साँझ बालकोटमा  माला र टीका लगाई पार्टी प्रवेश गराएका थिए ।  एमाले स्थायी समिति सदस्य तथा पूर्व मन्त्री  प्रभु साहको पहलमा चौधरीलगायत नेताहरू एमाले प्रवेश गरेका हुन । गत स्थानीय निर्वाचनमा...

मानुषीका लागि प्रचण्ड-बाबुरामको अडान, राजेन्द्रले नपाए उपेन्द्र यादव गठबन्धनबाट अलग

काठमाडौं, २१ असोज । सत्ता गठबन्धनमा सिट संख्याभन्दा पनि आफूनिकटस्थलाई निश्चित निर्वाचत क्षेत्रमा टिकट दिलाउने विषयले विवाद बढेको छ । जनता समाजवादी पार्टीले गठबन्धन छाडेर जाने तयारी समेत गरेको छ ।काठमाडौं क्षेत्र नं ७ मा डा. बाबुराम भट्टराईले छोरी मानुषी भट्टराईका लागि अडान लिएपछि माओवादी अध्यक्ष प्रचण्डले पनि जोडबल गरिरहेका छन् । तर, जनता समाजवादी पार्टीका नेता समेत रहेका मन्त्री राजेन्द्र श्रेष्ठ त्यहाँबाट चुनावी प्रतिष्पर्धामा बढ्न चाहन्छन् । श्रेष्ठ कुनै...

दल र गठबन्धन अदलबदलले नेपाली राजनीतिमा चमत्कारिक घटना विकास हुँदै

काठमाडौं, २१ असोज । प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फ उम्मेदवार मनोनयन गर्ने दिनको अघिल्लो रातिसम्म चमत्कारिक राजनीतिक घटना विकास हुने संकेत देखिएको छ । सत्ता गठबन्धन फुट्न लागेको छ । अर्कोतर्फ, एक्लै चुनाव लड्ने प्रचार गर्दै आएको नेकपा एमाले गठबन्धन बनाएर जाने गरी बढेको छ । सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी अलग हुन लागेको छ । उसले दाबी गरेको सिट नपाएपछि बार्गेनिङ्ग गरेको छ । कम्तिमा २० सिट नपाए...

एमालेसँग सहमतिबारे केही भन्न नसक्दिन: उपेन्द्र यादव

बिहीबारदेखि नेकपा एमालेसँग चुनावी गठबन्धनबारे छलफल गरिरहेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सहमति हुने टुंगो नभएको बताएका छन्। शुक्रबार बिहान सेतोपाटीसँग कुरा गर्दै यादवले कुराकानीमात्र चलिरहेको बताएका हुन्।  'कुराकानी हुँदैछ सहमतिबारे मैले अहिल्यै केही भन्न सक्दिँन,' उनले भने। यादव बिहीबार गठबन्धनको बैठकमा  केही समय मात्र सहभागी भएर एमालेसँग कुराकानी गर्न हिँडेका थिए। यादव बालुवाटारबाट बाहिरिएपछि बिहीबारको बैठकले कुनै निष्कर्ष निकालेको थिएन। जसपाका नेताहरू भने जसले धेरै सिट दिन्छ त्यतै...

प्रदिप ज्ञवाली भन्छन्- जसपासँग आजै हुन्छ सहमति

एमाले उपमहासचिव प्रदिप ज्ञवालीले जनता समाजवादी पार्टी (जसपा) सँग आजै सहमति हुने दावी गरेका छन्। बिहीबार सेतोपाटीसँग संक्षिप्त कुराकानी गर्दै एमाले उपमहासचिव ज्ञवालीले मिलाउन बाँकी विषयलाई आजै टुंगो लगाउने गरी शीर्ष तहमा छलफल हुने बताए। ‘हामीले धेरै विषय मिलाएका छौं। आजै शीर्ष नेताहरू बीचमा लिखित सहमति हुन्छ होला,’ उनले भने, ‘सिट संख्यामा पनि हामी धेरै अघि बढेका छौं। मिल्न बाँकी कतिपय क्षेत्रमा मित्रवत प्रतिस्पर्धा गर्ने समझदारी समेत भएको छ।’ गठबन्धनमा...

निर्वाचन क्षेत्र बाँडफाँट गर्न सत्ता गठबन्धनको बैठक सुरू

निर्वाचन क्षेत्र बाँडफाँटका लागि सत्ता गठबन्धनको बैठक सुरू भएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा जनता समाजवादी पार्टी (जसपा) सहभागी भएको छैन।जसपा अध्यक्ष उपेन्द्र यादव बिहीबारको बैठकमा पनि केही समय मात्र सहभागी भएका थिए। यादवले दोश्रो तहका नेतालाई बैठकमा छोडेर एमाले नेताहरूसँग छलफल गरेका थिए। यादव बालुवाटारबाट बाहिरिएपछि बिहीबारको बैठकले कुनै निष्कर्ष निकालेको थिएन। एमाले नेताहरू र जसपा नेताहरूको शुक्रबार बिहानसम्म बैठक भएको भए पनि औपचारिक सहमति हुन सकेको छैन।...

जसपा नेता चेम्जोङ भन्छन्- जता तालमेल गर्दा धेरै सिट पाइन्छ उतै गर्ने हो

जनता समाजवादी पार्टी(जसपा)का कार्यकारिणी सदस्य रकम चेम्जोङले सत्ता गठबन्धन र एमालेमध्ये जसले धेरै सिट दिन्छ उसैसँग तालमेल गर्ने बताएका छन्। बिहीबार बिहान सेतोपाटीसँग संक्षिप्त कुराकानी गर्दै जसपा कार्यकारिणी सदस्य चेम्जोङले एमाले र लोसपा दुवैसँग निर्वाचन क्षेत्र तालमेलका लागि छलफल भइरहेको बताए। ‘हामीले लोसपा र एमालेसँग कुरा गरिरहेका छौं। एमालेसँगको छलफल सकारात्मक छ। केही मिल्न बाँकी छ,’ उनले भने, ‘हामी आज पनि बस्छौं। सत्ता गठबन्धनमा रहेका दलहरूले अफर गर्छु भन्नुभएको छ।...

प्रत्यक्षतर्फ उम्मेदवारी दिन दुई दिन बाँकी

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयन पत्र दर्ता गर्न दुई दिन मात्र बाँकी छ । तर राजनीति दलहरु भने भागबण्डामै व्यस्त देखिएका छन् । निर्वाचन आयोगले तय गरेको निर्वाचन कार्यक्रमअनुसार यही असोज २३ गते उम्मेदवारको मनोनयन पत्र दर्ता र मनोनयन पत्रको सूची प्रकाशन गर्ने कार्यक्रम छ । असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने तथा असोज २४ देखि २५ गतेसम्म मनोनयन पत्र...