Logo

आज काठमाण्डाै उपत्यकाकाे न्यूनतम तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियस मापन



काठमाण्डाै, ०९ माघ ।। आज देशका पहाडी भेगको मौसम आंशिक बदली रही बाँकी क्षेत्रको मौसम मुख्यतया सफा रहेको छ । तराईका धेरैजसोको ठाउँमा आज पनि बाक्लो हुस्सु कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज बिहान पौने ९ बजे काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकामा हिजो यो वर्षको सबैभन्दा कम न्यूनतम तापक्रम ३ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको थियो ।

आज दिउँसो काठमाण्डौको अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियस पुग्न सक्ने महाशाखाको अनुमान छ। यस्तै, जुम्ला, जोमसोम र जिरीको न्यूनतम तापक्रम शून्यभन्दा पनि तल माइनसमा पुगेको छ ।

महाशाखाका अनुसार जुम्लाको न्यूनतम तापक्रम माइनस ४ दशमलव ८, जोमसोमको माइनस ३ दशमलव ५ र जिरीको माइनस ० दशमलव ८ डिग्री सेल्सियस रहेको छ । उच्च हिमाली तथा पहाडी क्षेत्रमा हिमपातका कारण देशभर चिसो बढेको महाशाखाले जनाएको छ ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...