Logo

झापा गोल्ड कपको अन्तिम क्वार्टरफाइनलमा झापा–११ र एन्फा मकवानपुर खेल्दै



काठमाण्डाै, २४ फागुन ।। छैटौँ झापा गोल्ड कपको अन्तिम क्वार्टरफाइनलमा आज झापा–११ फुटबल क्लब र एन्फा मकवानपुर खेल्दैछन् । खेल दिउँसो २ बजेपछि बिर्तामोडको डोमालाल राजवंशी मैदानमा शुरु हुनेछ ।

यो खेलसँगै सेमिफाइनमा समीकरण पूरा हुनेछ । यसअघि त्रिभुवन आर्मी क्लब, चर्च ब्वाइज युनाइटेड क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लब अन्तिम चारमा पुगिसकेका छन् ।

प्रतियोगिताको पहिलो सेमिफाइनल भोलि शुक्रवार र दोस्रो सेमिफाइनल पर्सि शनिवार हुनेछ । फाइनल खेल आउँदो सोमवार हुनेछ । १० वटा टोली सहभागी प्रतियोगिताको विजेताले १३ लाख र उपविजेताले सात लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...