Logo

धमौरामा करोडौंको मन्दिर निर्माण हुँदै, मेयर कुर्मीले गरे शिलान्यास ।



रौतहट, ९, फाल्गुन । रौतहटको बृन्दावन नगरपालिकाको एक विद्यालयको पोखरीमा करोडौंको लागतमा कलापतिमाइको विशाल मन्दिर निर्माण हुने भएको छ ।

वृन्दावन नगरपालिका वार्ड नं -६ स्थित श्री रूपा नेपाली पाल माध्यमिक विधालय सखुअबा धमौराको नाममा दर्ता रहेको शिशवा, कमलपटी र चमनपुरको बिचमा रहेको पोखरीमा कलापतीमाईको मन्दिर निर्माणका लागि आज शिलान्यास गरिएको छ ।

बृन्दावन नगर प्रमुख बिनोद प्रसाद कुर्मिले आज बुधबार एक कार्यक्रम बीच उक्त मन्दिरको शिलान्यास गरेका हुन ।

सो ठाउँमा देविको बास रहेको र पोखरीको डिल भित्र मन्दिरको स्वरुप पटक पटक देखा परेकोले कलापातिदेविको मन्दिर निर्माण गर्न लागिएको जनता समाजवादी पार्टी नेपालका युवा नेता राजकुमार दास तत्माले जानकारी दिएका छन ।

धार्मिक र सामाजिक काममा लगनशील रहेका युवा नेता दासकै पहलकदमिमा सो मन्दिर निर्माण हुन लागेको छ ।

करोडौंको लागतमा अत्याधुनिक सुबिधा सम्पन्न मन्दिर निर्माण हुने उनले बताए ।

मधेस प्रदेशका दलित बिकाश समितिका सदस्य समेत रहेका जसपा नेता राजकुमार दासका अनुसार उक्त कलापतीमाई देवीको मन्दिरको पुरानो इतिहास रहेको छ ।

नेता दासले भने, उक्त ठाउँमा पहिला बरगजको विशाल रुख थियो, त्यहाँ अहिले पनि असाढ महिनामा त्यस पोखरी नजिक रहेका किसानहरू अनिवार्य रुपमा पूजापाठ गरेपछि मात्र खेतिपाती गर्ने चलन छ ।,

उक्त देवीलाई नमानी अटेरि गर्नेलाइ नोक्सानी हुने गरेको उनले बताए । देवीलाई पुजा गर्ने पुजारी सुखाडी साहका अनुसार त्यस पोखरीको डिल भित्र मन्दिर रहेको स्वरुप पटक पटक देखेपछि उक्त ठाउँमा मन्दिर निर्माण गर्न शिलन्यास गरिएको हो ।

शिलान्यास कार्यक्रमको अवसरमा नगर प्रमुख बिनोद प्रसाद कुर्मी , समाजसेवी राजकुमार दास तत्मा , गजेन्द्र प्रसाद पाल, रामबाबु दास, संजय कुमार साह, पूर्व मुखिया तथा मेयर प्रत्याशी बैनाथ राउत भेडिहर, पूर्व वडा अध्यक्ष जयमंगल पण्डित,समाजसेवी रमज्ञा ठाकुर, तेजनारायण ठाकुर ,भूपेन्द्र दास, परशुराम ठाकुर लगायत सयौं ब्यक्तिहरुको उपस्थिति रहेको थिए।

मन्दिरको शिलान्यास धमौरा मठका पुजारी रामचन्द्र दासका उत्तराधिकारी महराजि विन्दा दासको कर कमलबाट सम्पन्न भएको नेता राजकुमार दासले जानकारी दिएका छन् ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...