Logo

यो सरकारलाई असफल हुने छुट छैन : एमाले



काठमाडौं, २४ फागुन ।। नेकपा एमालेका सांसद महेश बर्तौलाले यो सरकारलाई असफल हुने छुट नभएको बताएका छन् । मन्त्रिपरिषद पुनर्गठन पछि बसेको पहिलो प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै एमाले प्रमुख सचेतक बर्तौलाले नेकपा एमालेसहितको सहभागीतामा सरकार बनेको भन्दै देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताए ।

एमाले नेता तथा प्रमुख सचेतक पदम गिरी मन्त्री बनेपछि अध्यक्ष ओलीले बर्तौलालाई प्रमुख सचेतक बनाएका हुन्। उनी पहिले सचेतक थिए ।

उनले सरकार फेरिए पनि आफ्ना भूमिका र देशप्रतिको जवाफदेहीता नफेरिएको उल्लेख गरे । ‘हाम्रा आसनहरू फेरिएका छन् । हाम्रा भूमिकाहरू फेरिएका छन् । देशप्रतिको जवाफदेहिता फेरिएको छैन। जनताप्रतिको कर्तव्य बदलाव आएको छैन । यसकारण यो सरकारले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ । सरकारले विकास, समृद्धि, सुशासन र सामाजिक न्यायलाई ध्येय बनाएर काम गर्नुपर्छ,’उनले भने,’ यो सरकारलाई लुलाउने छुट छैन । असफल हुने छुट छैन। कमजोर हुने छुट छ‌ैन । सरकारले समग्र देशको हितको पक्षमा काम गर्ने सामर्थ्य राख्नुपर्छ ।

उनले थपे,’हिँड्दा हिँड्दै काँध गल्यो भने पनि काँध फेर्ने छुट यो सरकारलाई छैन । हिँड्दाहिँड्दै आफ्नै भारीले थिचिने अवस्थाको वातावरण बनाउने पनि सरकारलाई छुट छैन ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...