Logo
राजनीति

अफताब आलमको मुद्दामा साक्षी झिकाउन आदेश

-मधेश प्रदेश/संवाददाता

रौतहट, २८ माघ । रौतहट जिल्ला अदालतले राजपुर बम काण्डका आरोपी मोहम्मद अफताब आलमको मुद्दामा साक्षी झिकाउन आदेश दिएको छ। आइतबार न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमको मुद्दामा साक्षी झिकाउन आदेश दिएको हो । यो मुद्दामा आइतबार आलमका तर्फबाट अधिवक्ता लालबाबु राय, महम्मद साबिर हुसेन, मजरुल हक लगायत चार जनाले बहस गरेका थिए । त्यस्तै बादी नेपाल सरकारको तर्फबाट जिल्ला न्यायधिवक्ता...

विस्तृत पढ्नुहोस
माधव नेपालले किन गरे नेकपा व्युँताउने प्रस्ताव ?

काठमाडौं, २९ जेठ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी कोहीसँग पनि नगाभिने बताउँदै आएका छन् । उनले आफ्नो दल नेपालको कम्युनिष्ट आन्दोलनको विरासत बोकेर आएको भन्दै वैकिल्प शक्ति बनेर उदाउने दाबी गर्दै आएका छन् । तर, अध्यक्ष नेपालले पछिल्लो समय नेकपा व्यँुताउने प्रस्ताव पनि गरिरहेका छन् । उनले सार्वजनिक रूपमै नेकपा व्युँताउनको लागि आफू तयार भएको भन्दै यसको लागि एमाले अध्यक्ष केपी शर्मा ओली तयार हो...

विपक्षी दलका नेताले २ घण्टा टिप्पणी गरेपछि बजेट महत्वपूर्ण भएको महसुस गरें : अर्थमन्त्री महत

काठमाडौं,२९ जेठ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमाथि सांसदहरुको टिप्पणीले आफु उत्साहित भएको बताएका छन् । सोमबार प्रतिनिधि सभामा बजेटमाथि सांसदहरुले उठाएको विभिन्न विषयमा जवाफ दिँदै महतले विपक्षी दलको नेता केपी शर्मा आलीले बजेटमाथि २ घण्टा लगाएर टिप्पणी गरेपछि आफु झनै उत्साहित भएको बताए । ‘विपक्षी दलका नेता केपी शर्मा ओलीले मैले प्रस्तुत गरेको तीन घण्टाको प्रस्तुतिमा उहाँले दुई घण्टा आफ्नो कुराहरू राख्नुभयो। यसबाट मैले के महसुस गरेको छु भने...

बजेटको विरोध गरेपछि माधव नेपाललाई बालुवाटार बोलाएर गरे प्रधानमन्त्री दाहालले छलफल

काठमाडौं, २९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई बजेटको विरोध नगर्न आग्रह गरेका छन् । केही दिन पहिले अध्यक्ष नेपालले यथास्थितिमा बजेट पास हुन नदिने चेतावनी दिएका थिए । सोलगत्तै प्रधानमन्त्री दाहालले आज (सोमबार) बिहान अध्यक्ष माधव नेपालसहितका सांसदहरूलाई बालुवाटार बोलाएर छलफल गरेका हुन् । सो भेटवार्तामा प्रधानमन्त्री दाहालले सरकारमा बसेर सरकारले ल्याएको बजेटको विरोध गर्नु शोभनीय नहुने भन्दै विरोध नगर्न आग्रह गरेका थिए...

‘करिब ३ घण्टाको बजेट प्रस्तुतिमा ओलीले २ घण्टा लामो टिप्पणी गरे’

काठमाडौं, २९ जेठ । अर्थमन्त्री डा प्रकाशशरण महतले आफूले करिब ३ घण्टाको समयमा बजेट प्रस्तुती सकेको तर प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले टिप्पणीमै २ घण्टा समय बिताएको बताए सोमबार प्रतिनिधिसभा बैठकमा सरकारको आगामी वर्षको बजेटबारे सांसद्‍हरूले उठाएको प्रश्न गर्दै उनले बजेटको टिप्पणीमै ओलीले २ घण्टाको समय लगाएको बताए। ‘स्वयम् विपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीज्यूले मैले प्रस्तुत गरेको करिब ३ घण्टाको प्रस्तुतिमा उहाँले २ घण्टाको टिप्पणी राख्नुभयो,’...

प्रधानमन्त्रीसँग रेशम र मन्त्री रञ्जिताको भेटवार्ता : सुदूरपश्चिम सरकारबारे छलफल

धनगढी । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी र उनकी पत्नी समेत रहेकी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । गणतन्त्र दिवसको अवसरमा आममाफी पाएर रिहा भएपछि पहिलोपटक चौधरी र मन्त्री श्रेष्ठले सुदूरपश्चिम सरकार लगायतका विषयमा प्रधानमन्त्री दाहालसँग छलफल गरेका हुन् । प्रधानमन्त्रीसँगको भेटवार्तामा उनीहरुले पूर्व सहमतिअनुसार सुदूरपश्चिम सरकारमा दुईमन्त्री र एक राज्यमन्त्री दिन माग गरेको श्रोतले बताएको...

कृषि र पशु विकासमा निजी क्षेत्रको लगानी आवश्यक

कर्णाली, २९ जेठ । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले कर्णाली कृषि र पशु विकासमा निजी क्षेत्रको लगानी आवश्यक रहेको बताएका छन्। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन प्रशिक्षण केन्द्र वीरेन्द्रनगर सुर्खेतद्वारा आइतवार आयोजित ‘पशुपन्छी औषधि व्यवसायीको लागि ३५ दिने औषधि व्यवस्थापनसम्बन्धी तालिम’ शुभारम्भ गर्दै उनले भने–यहाँको कृषि र पशु क्षेत्रको विकासमा निजी क्षेत्रको लगानी जरुरी छ । मन्त्री शर्माले भने,...

के हो उपेन्द्र यादव मुछिएको ‘गौर नरसंहार’

काठमाडौं, २९ जेठ । ‘गौर नरसंहार’ सम्बन्धी रिटमा आज (सोमबार) सर्वोच्च अदालतमा पेशी तोकिएको छ । रौतहटको गौरमा भएको नरसंहारकारी हत्याकाण्डविरुद्धको उक्त मुद्दा सुनुवाईका लागि न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा परेको छ । गत जेठ २१ गते त्रिभुवन साहले जिल्ला प्रहरी कार्यालय रौतहट गौर तथा जिल्ला सरकारी वकिलको कार्यालय गौर रौतहटलाई विपक्षी बनाइ मुद्दा दायर गरेका थिए । १८ हजार मारिने गरी भएको माओवादी सशस्त्र गतिविधिपछि देशले शान्तिको स्वास फेर्दै...

माओवादी नेतालाई धमलाको प्रश्नः ‘प्रचण्ड तीन–तीन पटक प्रधानमन्त्री बन्दा पनि शान्ति प्रक्रिया किन निष्कर्षमा पुगेन ?’

काठमाडौं, २९ जेठ । उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री शक्तिबहादुर बस्नेतले सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी विधेयकले छिट्टै कानुनको रुपम ग्रहण गर्ने बताए । हिजो (आईतबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उनले दीगो शान्ति आम जनताको चाहना भएकाले विधेयकले कानुनको रुप लिएपछि द्वन्द्वकालीन सबै समस्या समाधान हुने बताएका हुन् । ‘हामीसँग अहिले सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक अहिले संसद्मा दर्ता भएको...

संसदीय सुनुवाइ समितिको बैठक : प्रस्तावित प्रधानन्यायाधीशको उजुरीबारे छलफल हुने

काठमाडौँ । संसदीय सुनुवाइ समितिको बैठक सोमबार बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रस्तावित प्रधानन्यायाधीश उपर प्राप्त उजुरी खोली वितरण गर्ने, प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइसम्बन्धी कार्यतालिकामाथि छलफल तथा निर्णय गर्ने बारेमा छलफल हुनेछ । कार्कीविरुद्ध संसदीय सुनुवाइ समितिमा २९ वटा उजुरी परेको छ ।  कार्कीविरुद्ध एक जना बहालवाला न्यायाधीशको उजुरी परेको छ भने ७ जना अधिवक्ता, ३ जना अधिकारकर्मी लगायतले उजुरी गरेका छन् । जिल्ला न्यायाधीश श्रीकृष्ण...

टेकनारायण पाण्डेको तर्फबाट रमण श्रेष्ठको बहस सुरु, बालकृष्ण खाणको पनि आजै थुनथेक

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्व गृहसचिव टेकनारायण पाण्डेको पक्षमा आज पनि बहस जारी रहेको छ । पाण्डेको तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस सुरु गरेका हुन् । जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आइतबार पनि दिनभर पाण्डेको तर्फबाट बहस भएको थियो । उनको तर्फबाट अधिवक्ताहरू राम घिमिरे, शरद कोइराला, डा.गणेश रेग्मी र जगतप्रकाश जोशीले बहस गरेका थिए । आजै पूर्वगृहमन्त्री बालकृष्ण खाणको पनि आजै थुनथेक हुने...