Logo
राजनीति

झलनाथलाई हराएर संसद् छिरेका बस्नेतको एक वर्षे अनुभव: वर्ष बित्यो तर संसद्लाई प्रभावकारी बनाउन ठोस काम भएन

-मधेश प्रदेश/संवाददाता

काठमाडौँ, ११ पुस ।। नेकपा एमालेका नेता एवं इलाम क्षेत्र नं १ बाट विजयी प्रतिनिधिसभा सदस्य महेश बस्नेत एक वर्षअघि सङ्घीय सांसदको जिम्मेवारी पाउँदा निकै उत्साहित थिए । जनता र राष्ट्रका लागि केही योगदान गर्न सकिन्छ कि भन्ने आफूले साँचेको त्यो उमङ्ग एकवर्षे संसदीय अभ्यासले खल्लो बनाएको प्रतिक्रिया दिएका छन् । प्रतिनिधिसभा विकास पूर्वाधार समितिका सदस्यसमेत रहेका सांसद बस्नेतले सङ्घीय...

विस्तृत पढ्नुहोस
कांग्रेसीहरुले जसपालाई धोका दिए, जय नेपाल भन्दै सूर्यमा भोट हालेः उपेन्द्र यादव

काठमाडौं, १ कात्तिक । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेसँगको तालमेलले मधेस प्रदेशलाई फाइदा भएको बताएका छन् । ‘एमालेसँगको तालमेलले मधेस प्रदेशलाई घाटा भएको भन्नु बेकार हो । यसले कांग्रेस र माओवादी केन्द्रको धोका, जालझेल, षड्यन्त्र आदि प्रपन्चलाई असफल तुल्याएको छ । मधेसको शक्ति बलियो भएको छ । हामी मधेसमा सरकार बनाउन सक्ने स्थितिमा पुगेका छौं,’ रिपोर्टर्स नेपाल डट कम, प्राइम टाइम्स टेलिभिजन, दिव्यदर्शन टेलिभिजन र...

आर्मी ६१ स्वर्णसहित शीर्ष स्थानमा

काठमाडौं, कात्तिक १ ।  नेपाली सेनाको त्रिभुवन आर्मी क्लब गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुदमा पदक तालिकाको शीर्ष स्थानमा रहेको छ । कुल एक सय ३९ स्वर्ण पदकको टुङ्गो लाग्दा आर्मीले ६१ स्वर्ण आफ्नो पोल्टामा पारेको छ । आर्मीले ३९ रजत र २८ कास्यसहित कुल एक सय २८ पदक प्राप्त गरेको छ । विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब दोस्रो तथा नेपाल प्रहरीको पुलिस क्लब पदक तालिकाको तेस्रो स्थानमा...

समावेशी प्रतिनिधित्व ठूला दललाई समस्या

काठमाडौं, कात्तिक १ । आगामी निर्वाचनका लागि उम्मेदवार छनोटमा ठूला राजनीतिक दलहरूले नै युवाको र समावेशी प्रतिनिधित्वको एजेन्डामा दयनीय बनेका छन् । राजनीतिक परिवर्तनसँगै समानुपातिक, समावेशीता र युवा प्रतिनिधित्वको एजेन्डा स्थापित गराउन लागेका ठूला दलहरू नै उक्त विषय कार्यान्वयनमा कमजोर बनेका हुन् । प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत ठूला दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादीलगायत दलहरूले टिकट वितरणमा पुरानै अनुहारलाई निरन्तरता दिएका छन् । अघिल्लोपटक...

काठमाडौंमा दूतावास, दिल्लीबाट भिसा

काठमाडौं, कात्तिक १ । विदेशमा दूतावास राख्ने मुलुकले दूतावास राखिएको मुलुकका नागरिकलाई आफ्नो देशको प्रवेशाज्ञा (भिसा) उपलब्ध गराउनुपर्ने हो तर नेपालमा आवासीय दूतावास रहेका पाँच मुलुकले काठमाडौंबाट भिसा जारी गर्दैनन् । ती देशको भिसा लिनका लागि कि नेपाली स्वयं त कि उनीहरूका राहदानी (पासपोर्ट)ले दिल्लीको यात्रा तय गर्नुपर्छ । संयोग नै मान्नुपर्छ नेपालीका लागि दिल्ली जान भने भिसा चाहिँदैन । कूटनीतिक सम्बन्धसम्बन्धी भियना महासन्धि १९६१ र कन्सुलर सम्बन्धसम्बन्धी भियना महासन्धि...

प्रकाशमानको प्रतिवद्धतापत्र– निशुल्क वाइफाईदेखि फ्लाइओभरसम्म

काठमाडौं, कार्तिक १ । काठमाडौं निर्वाचन क्षेत्र नं१ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले आफ्नो चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् ।प्रतिवद्धतापत्रमा सिंहले आफ्नो निर्वाचन क्षेत्रमा निशुल्क वाइफाई जोनदेखि फ्लाईओभर र अण्डरपासम्म निर्माण गर्ने उल्लेख गरेका छन् ।‘निर्वाचन क्षेत्रबासीलाई डिजिटल प्रविधिसँग जोडिन निशुल्क तालिम र सूचना प्रविधिको पहुँच बढाउन निशुल्क वाइफाई जोनको व्यवस्था गर्ने,’ प्रतिवद्धतापत्रमा भनिएको छ, ‘उच्च सवारी चाप हुने क्षेत्रमा अनिवार्य ओभरहेड पुल निर्माण, मुख्य सडकमा सम्भाव्यता अध्ययन गरी...

‘जोशीलाई एमालेको भर पौडेललाई एमालेकै डर’

काठमाडौं, कात्तिक १। आ–आफ्ना खर्कबाट पानीघाटमा जाँदा भेटिएका चौंरीजस्तै केही वर्षअघिसम्म केन्द्रीय समिति र एउटै कार्यक्रममा भेटिन्थे रामचन्द्र पौडेल र गोविन्दराज जोशी । नेपाली कांग्रेसका बैठक तथा कार्यक्रमका साथै तनहुँमा एकैसाथ देखिँदा केही वर्षअघिसम्म बोलेजस्तो गरे पनि उनीहरूमा आत्मीय सम्बन्ध भने थिएन । भेटिएका बखत छिनभरमै उनीहरू दुवै आआफ्ना बाटो लाग्थे । बाहिर एउटै पार्टीका नेता भए पनि दुवैको व्यवहार र सम्बन्ध प्रतिस्पर्धी दलको जस्तै थियो । समसामयिक राजनीतिलाई हेर्ने...

शेरबहादुर देउवा छोटो र अप्ठ्यारो समयमा प्रधानमन्त्री बन्नुभयो, यसपालि पूर्ण बहुमतका साथ सरकार चलाउने अवसर छः ज्ञानेन्द्रबहादुर कार्की

काठमाडौं, १ कात्तिक । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पाँच दलीय गठबन्धनमा प्रधानमन्त्रीका निम्ति कुनै झगडा नहुने दाबी गरेका छन् ।‘जनताले पाँच दलीय गठबन्धनलाई दुई तिहाइ बहुमत त म भन्दिनँ, त्यसको नजिकको सिट दिन्छन् । यो गठबन्धन सत्तामा पुग्नका लागि मात्र होइन, मुलुकको विकास, समृद्धि र राजनीतिक स्थिरताका निम्ति हो । त्यसैले गठबन्धनका नेताहरुबीच प्रधानमन्त्री पदमा कुनै झगडा हुँदैन । मुलुकको हितका निम्ति प्रधानमन्त्री पद गौण हो,’...

स्वतन्त्र छाडेर दल बनाएका रवि र सुमनको महत्वाकांक्षा पूरा होला

काठमाडौं, १ कात्तिक । टेलिभिजन प्रस्तोताका रुपमा चर्चा कमाएका रवि लामिछानेले राजनीतिमा आउने घोषणा पहिल्यै गरेका थिए । तर, उनी राजनीतिक दल नै दर्ता गरेर आउने कमैले विश्वास गरेका थिए । रवि राप्रपा या अन्य कुनै दलमा आवद्ध हुने चर्चा थियो । तर, उनले जोखिम मोलेर महत्वाकांक्षी कदम चाले । रविले नेपाल स्वतन्त्र पार्टी दर्ता गरे । स्वतन्त्र नाम राजनीतिक दलले प्रयोग गरेकोमा प्रश्न उठ्यो । अझै पनि उक्त दलको...

खरेलले सुनाए आफ्नो उम्मेदवारीको कारण

काठमाडौं, ३१ असोज । आगामी मंसिर ४ गतेको निर्वाचनमा काठमाडौं–१ मा प्रतिनिधिसभातर्फ प्रत्यक्ष उम्मेदवारी दिएका रमेश प्रसाद खरेलले आफ्नो उम्मेदवारी किन भन्नेबारे कारण खुलाएका छन् ।उनले राष्ट्र एवम् राष्ट्रियताको अक्षुण्णता, गौरव, गरिमा, प्रवलताको सम्मान र सम्र्वद्धन गर्दै अन्तर्राष्ट्रियस्तरमा समेत राष्ट्रको छवि, गौरव र सम्मान अभिवृति गर्न आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।उनी स्वतन्त्र राजनीतिक शक्ति नेपालको तर्फबाट आमा चिन्ह लिएर चुनावी मैदानमा छन् । उनले नेपालको अन्तर्राष्ट्रिय सिमाना नियमित र...

म्याग्दी–बागलुङ जोड्ने झोलुङ्गे पुल निर्माणकार्य अन्तिम चरणमा

म्याग्दी, ३१ असोज । म्याग्दीको बेनीनगरपालिका–१ रत्नेचौरबाट छिमेकी बागलुङ जिल्लाको बागलुङ नगरपालिका–४ कुडुले जोड्ने तीन सय ८८ मिटर लामो झोलुङ्गे पुलको निर्माण कार्यअन्तिम चरणमा पुगेको छ । नेपाल सरकारको ‘सस्पेन्सनब्रिज’ डिभिजनले दुई जिल्ला जोड्ने तीन सय ८८ मिटर लामो र एक सय ७० मिटर अग्लो झोलुङ्गे पुलको निर्माण सुरु गरेको हो ।एक घण्टाको बाटो पाँच मिनेटमा छोटिने भएको छ । तीन करोडलागतमा बन्ने सो पुल निर्माणको लागि भानीहिमशिखर जेभीले १०...