Logo
राजनीति

कार्यसम्पादन र क्षमताका आधारमा मन्त्री फेरबदल : नेता विश्वकर्मा

-मधेश प्रदेश/संवाददाता

काठमाडौं,१२ पुस ।। नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले कार्यसम्पादन र क्षमताका आधारमा केहि समयपछि मन्त्रीहरुले फेरबदल हुने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्व वाणिज्य मन्त्रीसमेत रहेका नेता विशवकर्माले गलत नियतले काम गर्नेहरुलाई निरुतसाहित गर्ने र निराशा बोकेकालाई आसा जगाउनु नै सरकारको अहिलेको मूख्य काम भएको जनाउँदै कांग्रेसबाट सरकारमा सहभागी नौ...

विस्तृत पढ्नुहोस
काठमाडौंमा ठूला दललाई स्वतन्त्रको टक्कर

काठमाडौं, कात्तिक २ । आसन्न निर्वाचनमा ठूला दललाई स्वतन्त्र उम्मेदवारले चुनौती दिएका छन् । काठमाडौं महानगर प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन साहले जित हासिल गरेपछि स्वतन्त्र उम्मेदवारको लहरै चलेको छ । सत्रारूढ गठबन्धन र एमालेबीच तीव्र प्रतिस्पर्धा हुने आंकलन गरिएको काठमाडौंमा ‘को हावी छ?’ भन्ने आंकलन गर्न सक्ने अवस्था छैन ।यद्यपि, स्वतन्त्र उम्मेदवार मुख्य प्रतिस्पर्धीका रूपमा मैदानमा छन् । १० निर्वाचन क्षेत्र रहेको काठमाडौंमा एमाले एक्लै चुनावी प्रतिस्पर्धामा छ भने सत्ता...

नुवाकोटमा सत्ता गठबन्धनको ‘जिल्ला निर्वाचन परिचालन समिति’गठन

आगामी आमनिर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन सत्तारुढ दलमा आबद्ध तीन राजनीतिक दलले नुवाकोटमा रुपमा निर्वाचन परिचालन समिति गठन गरेका छन् ।  नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीको संयुक्त प्रतिनिधिको सहभागितामा ‘बाम–लोकतान्त्रिक गठबन्धन जिल्ला निर्वाचन परिचालन समिति–२०७९’ गठन गरिएको हो । समितिको संयोजकमा कांग्रेसका राजकुमार थापा र सहसंयोजकमा माओवादी केन्द्रका कल्पना रिमाल रहेका छन् । सदस्यमा कांग्रेसबाट श्रीराम श्रेष्ठ, यादवप्रसाद नेपाल, नारायण अधिकारी, गोरेबहादुर मिजार र उद्धव मुडबरी...

प्राधिकरणको टोली जुम्लामा

सरकारले सङ्कटग्रस्त क्षेत्र घोषणा गरेका गाउँ तथा वडापालिकाको अध्ययनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली जुम्ला आइपुगेको छ । यही असोज १९–२४ गतेसम्मको अविरल वर्षापछिको बाढी तथा पहिरोजन्य विपद्ले क्षतिग्रस्त जुम्ला जिल्लाको कनकासुन्दरी, सिंजा, हिमा गाउँपालिका र तिला गाउँपालिका १, २, ३, ४, ६ र ७ वडालाई तीन दिन अघि सरकारले सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो । यसको अध्ययन गर्न उपसचिव इञ्जिनियर पवनबाबु बास्तोला संयोजकत्वको तीन सदस्यीय...

विप्लवको महाधिवेशन आज सकिँदै

नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपाको नौ महाधिवेशन आज बेलुकासम्म सक्ने तयारी गरिएको छ । गत असोज २५ गतेदेखि कपिलवस्तुको शिवगढीमा सुरु भएको महाधिवेशन हप्ता दिन लगाएर सकिन लागेको हो ।पार्टीबाट धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओली लगायत नेताहरू पार्टी विभाजन गरेर गएपछि पहिलो पटक महाधिवेशन भएको हो । विप्लव नेतृत्वको नेकपाले आगामी प्रदेश र प्रतिनिधि सभा चुनावमा भाग नलिने नीति अख्तियार गरेको महाधिवेशनमा सहभागी एक प्रतिनिधिले बताए । ‘चुनावमा भाग लिने/नलिने कार्यनीतिक...

एमालेकी समानुपातिक उम्मेदवार कांग्रेस प्रवेश

नेकपा एमालेबाट मधेस प्रदेशसभा सदस्यमा समानुपातिकतर्फ उम्मेदवार बनेकी नेतृ फूल कुमारी महतो नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । महतो अखिल महिला संघको सचिवालय सदस्यसमेत थिइन् । उनलाई नेपाली कांग्रेसका सहमहामन्त्री तथा धनुषा–४ मा सत्तागठबन्धनको तर्फबाट उम्मेदवार बनेका महेन्द्र यादवले पार्टीमा प्रवेश गराएका हुन् । सो अवसरमा महतोले एमालेभित्र तानाशाही प्रवृत्ति रहेको र मधेसी जनता तथा कार्यकर्तालाई भ्रममा राखेर नेताहरुले राजनीतिक स्वार्थ पूरा गरिरहेको कारण आफू असन्तुष्ट भएर एमाले परित्याग गरेको...

अछाम–१ का उम्मेदवार कुँवरलाई भीम रावलमाथि आश

अछाम क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनको साझा उम्मेदवार रहेका एकीकृत समाजवादी पार्टीका नेता तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले एमाले नेता भीम रावलले आफूलाई सहयोग गर्ने विश्वास गरेका छन् । रावल अछाम १ मा आफूले टिकट नपाएपछि एमालेसँग असन्तुष्ट छन् भने केही दिनअघि राजधानीमा पत्रकार सम्मेलन गरी अध्यक्ष केपी ओलीको कडा आलोचना गरेका थिए । यही क्रममा मंगलबार राजधानीको संवाद डबलीले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री कुँवरले भीम...

चुनावपछि पनि गठबन्धन रहन्छ : पर्यटनमन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावपछि पनि गठबन्धन कायम रहने बताएका छन् । बाम-लोकतान्त्रिक गठबन्धनबाट काठमाडौं-८ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका मन्त्री श्रेष्ठले प्रतिगमनको खतरा रहेसम्म सत्तारुढ दलहरुबीच रहेको गठबन्धन कायम रहने बताए । काठमाडौं निर्वाचन क्षेत्र नं ८(ख)को चुनाव प्रचारप्रसार कार्यालय उद्घाटन गर्दै मन्त्री श्रेष्ठले अहिलेको चुनावमा प्रतिगमन र अग्रगमनबीचको प्रतिस्पर्धा हुने बताए।  विगतको लोकतान्त्रिक आन्दोलनमा सामेल भएका दलहरुबीच...

ललितपुरका ३ वटै निर्वाचन क्षेत्रका सत्ता गठबन्धनका उम्मेदवारको यस्ता छन् प्रतिबद्धता

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री तथा गठबन्धनको तर्फबाट ललितपुर क्षेत्र नं. ३ की प्रतिनिधि सभा सदस्य उम्मेदवार पम्फा भुसालले कला, सम्पदा र संस्कृतिहरूको प्रवद्र्धन गर्न आफू उम्मेदवार बनेको बताएकी छन् । मंगलवार सत्तारुढ गठबन्धनले ललितपुर जिल्लामा आयोजना गरेको गठबन्धनका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री भुसालले ललितपुरको कला, सम्पदा, संस्कृति र परम्पराको प्रवद्र्धनका लागि प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएको बताएकी हुन् । उनले ललितपुरमा कृषि पर्यटनको अवधारणा लागु हुनुपर्ने भन्दै त्यसका...

स्थायी शान्ति र लोकतन्त्रका लागि सत्तागठबन्धनलाई बहुमत दिलाउन प्रधानमन्त्री देउवाद्वारा आह्वान

काठमाडौं, १ कात्तिक । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तागठबन्धनलाई प्रचुर मात्रामा बहुमत दिलाएर देशमा स्थायी शान्ति र लोकतन्त्र स्थापनामा सहयोग गर्न आह्वान गरेका छन् । ललितपुर जिल्लास्तरीय वाम–लोकतान्त्रिक गठबन्धनका अगुवा कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै उनले आगामी आमनिर्वाचनमा रुख भएको ठाउँमा रुखमा, हसिया हथौडा भएको ठाउँमा हँसिया हथौडामा र कलम भएको ठाउँमा कलम चिन्हमा मतदान गर्न सबैलाई आग्रह गरे । गठबन्धन दलका उम्मेदवारलाई कांग्रेसका सबै नेता कार्यकर्ता...

देउवा, दाहाल र नेपालको संयुक्त अपिल : आगामी निर्वाचनमा यो गठबन्धनलाई अत्यधिक बहुमतकासाथ विजयी गराउनुहोस

काठमाडौं, १ कार्तिक । सत्ता गठबन्धनका मुख्य दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का नेतृत्वकर्ताहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल र माधवकुमार नेपालले आगामी मंसिर ४ गते हुने निर्वाचनमा गठबन्धनलाई अत्यधिक बहुमतका साथ विजयी गराउन अपिल गरेका छन् ।आज तीन दलको तर्फबाट संयुक्त अपिल जारी गर्दै उनीहरुले यस्तो बताएका हुन् । उनीहरुद्धारा जारी अपिलमा भनिएको छ,‘यी सबै राष्ट्रिय यथार्थहरुको प्रकाशमा लोकतन्त्र, संविधान र विधिको शासनमार्पmत् सुशासन र...