Logo
राजनीति

झलनाथलाई हराएर संसद् छिरेका बस्नेतको एक वर्षे अनुभव: वर्ष बित्यो तर संसद्लाई प्रभावकारी बनाउन ठोस काम भएन

-मधेश प्रदेश/संवाददाता

काठमाडौँ, ११ पुस ।। नेकपा एमालेका नेता एवं इलाम क्षेत्र नं १ बाट विजयी प्रतिनिधिसभा सदस्य महेश बस्नेत एक वर्षअघि सङ्घीय सांसदको जिम्मेवारी पाउँदा निकै उत्साहित थिए । जनता र राष्ट्रका लागि केही योगदान गर्न सकिन्छ कि भन्ने आफूले साँचेको त्यो उमङ्ग एकवर्षे संसदीय अभ्यासले खल्लो बनाएको प्रतिक्रिया दिएका छन् । प्रतिनिधिसभा विकास पूर्वाधार समितिका सदस्यसमेत रहेका सांसद बस्नेतले सङ्घीय...

विस्तृत पढ्नुहोस
चुनावी प्रचारप्रसारलाई तीव्रता दिँदै कांग्रेस नेता पौडेल

काठमाडौं, ३१ असोज । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल काठमाडौं–५ मा चुनावी प्रचारप्रसारलाई तीव्रता दिँदै गएका छन्। पार्टीले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारका रुपमा अघि सारेपछि उनी चुनावी प्रचारप्रसारलाई तीव्र रुपमा अघि बढाउन थालेका हुन्।काठमाडौं जिल्लामा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभातर्फ उम्मेदवारी दिएका अन्य नेताहरुले चुनावी अभियान थाल्दै पौडेलले काठमाडौं–५ मा घरदैलो सुरु गरिसकेका छन्। घरदैलो अभियानका क्रममा सोमबार उनले काठमाडौं महानगरपालिका–४ मा पर्नेे रिङरोड बाहिरको क्षेत्रमा घरदैलो गरेका छन्। नेता...

संविधानको रक्षा र देशको समृद्धिको नेतृत्व गठबन्धनले गर्ने : उपसभापति खड्का

सुर्खेत, ३१ असोज । संविधानको रक्षा र देशको समृद्धिको नेतृत्व वाम लोकतान्त्रिक गठबन्धनले गर्ने नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बताएका छन् । निर्वाचन केन्द्रित कार्यक्रमका लागि आज सुर्खेत आएका उनले सुर्खेत विमानस्थलमा पत्रकारसँगको कुराकानीमा अथक प्रयासपछि ल्याइएको नेपालको संविधान रक्षा र देशको समृद्धिका लागि अहिले बनेको वाम लोकतान्त्रिक गठबन्धनले मात्रै नेतृत्व गर्ने बताएका हुन्। उपसभापति खड्काले भने, “विगतमा दुई/दुई पटक संसद् विघटन गरेर संविधान र व्यवस्थालाई नै असर पार्ने प्रयासलाई...

आफूलाई रुपान्तरण गरी नागरिकका पक्षमा काम गर्नुपर्छ : मुख्यमन्त्री भट्ट

सुदुरपश्चिम, ३१ असोज । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आपराधिक गतिविधि रोकथाम गर्दै सभ्यसमाज निर्माणमा सबैले योगदान गर्न जरुरी रहेको बताएका छन् ।सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा आज आयोजित ६७औँ प्रहरी दिवस कार्यक्रमा मुख्यमन्त्री भट्टले सङ्घीय व्यवस्थाको प्राप्तिपछि बनेका नजिकका सरकारबाट जनताले छिटो र सर्वसुलभ सेवा प्रवाहको अपेक्षा राखेकाले जनइच्छा पूरा गर्नमा कमीकमजोरी हुन दिन नहुने बताए। उनले भने, “प्राप्त सङ्घीय व्यवस्था संस्थागत भइरहँदा सबैले आफूलाई रुपान्तरण गरी आम नागरिकका...

प्रदेश प्रमुख शर्माद्वारा दुई अध्यादेश जारी

काठमाडौं, ३१ असोज । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले आइतबार दुई अध्यादेश जारी गरेका छन् । प्रदेश प्रमुख शर्माले जारी गरेको अध्यादेशमा प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा २०२ को उपधार १ बमोजिम बागमती प्रदेश सरकारले सिफारिस गरेको उक्त अध्यादेश जारी गरेका हुन्।

मन्त्री कार्कीको खुलासा : चुनावपछि प्रचण्डको प्रस्तावमा देउवा पाँच वर्ष नै प्रधानमन्त्री बन्नुहुन्छ

काठमाडौं, ३१ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी मंसिर ४ गतेको निर्वाचनपछि पनि आफ्नो पार्टीका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन। आज (सोमबार) राति ८ः०० बजे प्राइम टिभीबाट प्रसारण हुने ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो खुलासा गरेका छन् ।कार्की आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि सुनसरी–४ बाट प्रतिनिधिसभाको लागि प्रत्यक्षमा उम्मेदवारी दिएर चुनावी प्रचारप्रसारमा होमिएका छन् । उनले...

माओवादीले बागी उम्मेदवारसहित प्रस्तावक र समर्थकलाई समेत निष्कासन गर्ने

नेकपा माओवादी केन्द्रले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनमा बागी उम्मेदवारी दिने पार्टीका नेता कार्यकर्तालाई कारबाही गर्ने निर्णय गरेको छ । पार्टी नीतिविपरीत गठबन्धन दलका आधिकारिक उम्मेदवारको विरुद्धमा बागी उम्मेदवारी दिइ उम्मेदवारी फिर्ता नलिएका उम्मेदवार, तिनका प्रस्तावक र समर्थकलाई सम्पूर्ण जिम्मेवारीसहित पार्टीबाट निस्कासनको कारबाही गरिएको पार्टी कार्यालय सचिव श्रीराम ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । माओवादीले निर्धारित मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता...

शान्ति प्रक्रियालाई पूर्णता दिन गठबन्धनको विजयी आवश्यक छ : उपसभापति खड्का

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सत्ता गठबन्धन संविधानको रक्षा गर्नका लागि बनेको बनाएका छन्। संविधान माथि प्रहार भइरहेको संविधानको रक्षा, स्थिरता र नविन अभियानलाई स्थापित गर्न गठबन्धनको विजय आवश्यक रहेको बताएका हुन्।खड्काले छोटो समयमा भएपनि गठबन्धनको सरकारले नवीनतम कार्य भएको बताए । सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले भने– ‘हामी निर्वाचनको महाअभियानमा प्रवेश गरिसकेका छौँ। अधुरो शान्ति प्रक्रियालाई पूर्णता दिनका लागि पनि गठबन्धनले जित्नुपर्ने छ।’खड्काले अहिलेसम्म आफु राष्ट्रिय राजनीतिमा समन्वयकारी...

तीर्थ थापाको प्रश्न : कांग्रेसमा अन्याय हुँदा गगन र विश्व किन बोलेनन् ?

नेपाली कांग्रेस निकट नेपाल सांस्कृतिक संघका सभापति तीर्थ थापाले कांग्रेसको टिकट वितरणप्रति असन्तुष्टि पोखेका छन् । आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले टिकट दिँदा सांकृतिकर्मीलाई समेट्न नसकेकामा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि प्रश्न उठाएका हुन् ।‘नेपाली कांग्रेस जस्तो समावेशी र समानुपाति सिद्धान्त मजबुद बनाउन जन्मिएको पार्टीले मंसिर ४ को निर्वाचनमा सांस्कृतिक क्षेत्रबाट प्रतिनिधित्व हुने गरेर कसैलाई पनि समेट्न सकेन, त्यो सक्नुपथ्र्यो,’ थापाले भने ‘सबैको प्रतिनिधित्व भएको...

रोल्पाबाट शान्ति र सहकार्यको सन्देश दिन चाहन्छौँ : पुन

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सशस्त्र माओवादी जनयुद्धको उद्गम थलो रोल्पाबाट काँग्रेस र माओवादी सहकार्यको सन्देश दिन चाहेको बताएका छन् । पुनले रोल्पामा माओवादी एक्लैले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन जित्न सक्ने बलियो आधार हुँदाहुँदै राष्ट्रिय स्तरमै दुई दलबीचको सहकार्यको विश्वासिलो वातावरण बनाउन मिलेर उम्मेदवारी दिइएको बताएका हुन् । विगतमा दुई फरक ध्रुवमा रहेर भिडेका शक्ति काँग्रेस र माओवादी मिल्दा मात्र समाजमा शान्ति स्थापना हुने तथा मेलमिलापको वातावरण बन्न सक्ने उनको...

मकवानपुरमा ६७औँ प्रहरी दिवस

काठमाडौँ,३१ असोज । बागमती प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको ६७औँ प्रहरी दिवसका अवसरमा प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गरे । त्यसअवसरमा उपस्थित सबैले अमर प्रहरी स्मारकमा माल्यार्पण गरेका थिए ।मुलुकमा शान्तिसुरक्षा तथा सुव्यवस्था कायम राख्न प्रहरी प्रशासनको भूमिका अत्यन्तै महत्वपूर्ण भएको छ भन्दै मुख्यमन्त्री पाण्डेले नेपाली जनताको त्याग तपस्या र बलिदानीबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र तथा संविधानको रक्षा गर्दै अघि बढ्नु सबैको दायित्व भएको बताए ।...